२०८१ कार्तिक ५

दाङमा छुट्टाछुट्टै घटनामा परेर २ जनाको मृत्यु

बुटवल । दाङमा आज भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार  अटोको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ  । घोराही उपमहानगरपालिका वडा नम्बर ६ चोर गाउँमा रा १ ह २८२४ नम्बरको अटोले ठक्कर दिँदा ३ वर्षीया बालिका आकांक्षा चौधरीको मृत्यु भएको हो । अटोको ठक्करबाट गम्भीर घाइते बालिकालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।


Advertisement


अटो चालक घोराही ६ बचाहका २७ वर्षीय कमल पुनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । यता, तुलसीपुरमा पानीमा डुबेर १७ बर्षीय किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बनहरी निवासी यमबहादुर बोहराकी १७ वर्षीय छोरी सृजना बोहरा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताए । घरबाट नुहाउन हिँडेकी बोहरा घर नजिकैको घट्टे कुलामा चिप्लिएर लडेपछि घाइते भएकी थिइन् । घाइते उनको उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा पुर्याए लगत्तै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap