२०८१ मंसिर ३

यातायात क्षेत्रमा सुधार गर्नुपर्छ : मन्त्री चौधरी

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले यातायात क्षेत्रमा  थप सुधारको आवश्यकता रहेको बताएका छन् । पश्चिम नेपाल बस ब्यवसायी प्रालिको  आज बुटवलमा पद हस्तान्तरण कार्यक्रम मन्त्री चौधरीले यातायात क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि सरकारलाई व्यवसायीहरुले पनि साथ दिनुपर्ने बताए ।  

उनले ट्रक ब्यवसायीहरुमा पनि भारतीय ट्रकहरूको ओभर लोडको समस्यालाई  व्यवसायीहरुको सहयोगले समाधन भएको स्मरण गर्दै अब  सार्वजनिक यात्रुवाहक सवारीका समस्या समाधानमा पनि  व्यवसायीहरुले साथ दिनुपर्ने बताए ।


Advertisement


मन्त्री चौधरीले सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने मजदुरहरुको व्यवहारमा सुधार आवश्यक रहेको बताउँदै व्यवसायीहरुले नै यातायात क्षेत्र सुरक्षित र आरामदायी भएको बिश्वास दिलाउन सक्नुपर्ने बताए ।

यातायात क्षेत्रमा काम गर्ने चालक, सह-चालकहरूले यात्रुप्रति गर्ने व्यवहार र आचरणमा सुधार आवश्यक रहेको उनको भनाई रहेको थियो ।

कार्यक्रममा प्रालिका अध्यक्ष दधिराम खरेलले सरकारले व्यवसायीहरुलाई संकटको बेलामा समेत सहि ढंगले अभिभावकत्व दिन नसकेको गुनासो गरे । उनले  सरकारले सिन्डिकेटको गलत अर्थ लगाएर व्यवसायीहरु माथि अन्याय र विभेदपूर्ण व्यवहार गरेको बताए ।

यसैबीच यस क्षेत्रको यातायात क्षेत्रको सबैभन्दा ठूलो यातायात प्रालिको रुपमा रहेको पश्चिम नेपाल बस ब्यवसायी प्रालिको अध्यक्षमा दधिराम खरेल सर्वसम्मत निर्वाचित भएका छन् । प्रालिका सञ्चालकहरुको बैठकले खरेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्नुका साथै प्रालिको प्रवन्ध सन्चालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन पिएसलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

प्रालिको नियमावली अनुसार गत फागुन २९ गते ११ जना सञ्चालकहरुको निर्वाचन भएको थियो । सञ्चालकहरुको बैठकले पदाधिकारीहरूको चयन  गरेको हो ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap