२०८१ मंसिर ४

झा दम्पती प्रकरणमा ४ जनालाई प्रहरीले गरे सार्वजनिक

जनकपुर । झा दम्पती प्रकरणमा महोत्तरी प्रहरीले ४ जना अभियुक्तलाई सार्वजनिक गरेको छ । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवाबाट बेपत्ता पारिएका झा दम्पती घटनामा एक महिनापछि प्रहरीले ४ जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गर्दै झा दम्पतीको अपहरणमा संलग्न रहेको आरोपमा ४ जना अभियुक्तलाई सार्वजनिक गरेको छ ।


Advertisement


प्रहरीले झा दम्पती अपहरणमा संलग्न रहेको आरोपमा पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवा बस्ने ५२ वर्षीय रामबाबु यादव, उनका छोरा २६ वर्षीय सुरेन्द्र यादव, कान्छो छोरो २४ वर्षीय राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका ५० वर्षीय हरेन्द्र ठाकुरलाई प्रहरीले सार्वजनिक गरेको छ ।

महोत्तरी प्रहरीले झा दम्पति बेपत्ता भएको सार्वजनिक गर्न नसकेपछि सिआइबीले अनुसन्धान गरेको २ दिन नबित्दै ४  जनालाई सो घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरी सार्वजनिक गरेको छ ।

तर झा दम्पतीको अवस्था र उनीहरु जीवित रहेर/नरहेको विषयमा भने अहिलेसम्म केही स्पष्ट हुन नसकेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जनाए ।


गत फागुन १० गते सोहडवा बस्ने ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीता देवी झालाई घरमै सुतिरहेको अवस्थामा ओछयानसहित स-शरीर बेपत्ता भएका थिए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap