२०८१ पुष ११

ताप्लेजुङका विप्लव समूहका नेतालाई धरौटीमा छाड्न आदेश

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ताप्लेजुङ जिल्ला समिति सदस्य सागर लिम्बु ‘सक्कल’लाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ । बिहिबार राती उनलाई पक्राउ गरेर अदालतमा उपस्थित गराइएको ताप्लेजुङका डिएसपी बालनरसिंह राणाले रातोपाटीलाई बताए ।

सरकारले २१ फागुनमा चन्द नेतृत्वको पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्दै सवै मुद्दा खारेज गर्ने सहमति गरेको थियो । तर, ताप्लेजुङ प्रहरीले सो सहमती बिपरित विप्लवका नेतालाई पक्राउ गरेको छ । पुरानो मुद्दा बाँकी रहेको हुनाले उनलाई पक्राउ गरिएको डिएसपी राणाले बताएका छन् ।


Advertisement


विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा प्रतिवादी कायम गरिएका लिम्बुलाई जिल्ला अदालत ताप्लेजुङले धरौटीमा छाड्न आदेश गरेको छ । अदालतले १ लाख धरौटीमा उनलाई रिहा गर्न आदेश गरेको जिप्रका ताप्लेजुङका इन्स्पेक्टर मोहन पोखरेलले बताए । अदालतले वारेन्ट जारी गरेको हुनाले उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap