भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ६२,२५८ नयाँ संक्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।
लगातार दोस्रो दिन साठी हजारभन्दा बढी नयाँ संक्रमित भेटिएको हो ।
शुक्रबार मन्त्रालयले भारतमा १६० दिनपछि कोरोनाका यति धेरै नयाँ संक्रमित भेटिएका हुन् ।
Advertisement
सरकारी अधिकारीका अनुसार महाराष्ट्र, पंजाब र गुजरातमा संक्रमण सबैभन्दा तीब्र गतिमा बढिरहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९१ को कोरोनाका कारण मृत्यु भएको छ ।
भारतमा यो महामारीका कारण ज्यान गुमाउनेको कुल संख्या अब एक लाख ६१ हजारभन्दा बढी भएको छ ।
भारत सरकारले हालसम्म पाँच करोड ८१ लाखभन्दा बढीलाई कोभिड भ्याक्सिनको डोज दिइसकेको बताइएको छ ।
यसैबीच, पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकर कोरोनाद्वारा संक्रमित भएका छन् ।
सचिनले ट्वीट गरेर यसबारे जानकारी दिएका हुन् । ४७ वर्षका सचिनले लेखेका छन्, ‘मैले कोरोनाको लगातार परीक्षण गराउँदै आएको छु । कोरोनाबाट बच्नका लागि मैले सबै आवश्यक कदम उठाएको थिएँ । यद्यपि, हल्का लक्षणसहित आज म कोरोना पोजेटिभ पाइएको छु । घरका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । मैले आफूलाई घरमा क्वारेन्टिनमा राखेको छु । डाक्टरको निर्देशन पालना गरिरहेको छु । ती सबै स्वास्थ्यकर्मीलाई धन्यवाद दिन चाहन्छु जसले मलाई साथ दिनुभयो । तपाईंहरु सबैले आफ्नो ध्यान राख्नुहोला ।’
साभार: रातोपाटी