


२५ वैशाख, काठमाडौं । चाबहिलका चार अस्पतालले अक्सिजन अभावका कारण कोरोना संक्रमितलाई भर्ना गरी उपचार गर्न नसक्ने घोषणा गरेका छन् ।
Advertisement



मेडिकेयर, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु र हेल्पिङ ह्याण्ड्स अस्पतालले संयुक्त वक्तव्य जारी गर्दै अक्सिजन आपूर्ति सहज नभएकाले संक्रमितलाई भर्ना गरी उपचारलाई निरन्तरता दिन नसक्ने बताएका हुन् ।

उनीहरुले अक्सिजनको नियमित आपूर्ति नहुँदासम्म शनिबारदेखि सीमित शय्यामा मात्र सेवा प्रदान गर्ने घोषणा गरेका छन् ।
Credit: OnlineKhabar


