


चौतर्फी आलोचना भएपछि कोरोनाका नयाँ बिरामीलाई भर्ना नलिने भन्दै विज्ञप्ति निकालेको प्रदेश अस्पताल सुर्खेतले २४ घण्टा नबित्दै कोरोनाका जटिल खालका बिरामीलाई मात्र अस्पताल पठाउन अनुरोध गरेको छ । आजै एक विज्ञप्ति जारी गर्दै कोरोनाका जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न आग्रह गरेको हो ।
Advertisement



उक्त विज्ञप्तिमा लेखिएको छ, ‘यस अस्पतालमा संकटको घडिमा स्वास्थ्य संस्थाहरु र त्यहाँ कार्यरत सबै तहका स्वास्थ्यकर्मीहरु अत्यन्त जिम्मेवार र संवेदनशील भइ अझ मेहनतका साथ काम गर्नु पर्ने अवस्था रहेको साथै अस्पतालमा रहेका सीमित श्रोत साधनबाट अधिकतम तवरले स्वास्थ्य उपचारको काम भईरहेको वास्तविकतालाई मध्यनजर गरी स्थानीय स्वास्थ्य संस्थाहरूबाट सम्भव हुनेसम्मको उपचार त्यहीँबाट गर्न र सम्भव नहुने अवस्थामा मात्र यस अस्पतालमा रिफर गर्न अनुरोध गर्दछौँ ।’

प्रदेश अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट रहेका छन् । दुबै प्लान्टबाट उत्पादित अक्सिजनले पनि नपुग्ने र नेपालगन्जबाट आपूर्ति हुने अक्सिजन सिलिन्डर रोकिएपछि भर्ना नलिने बताएको थियो ।

साभार: रातोपाटी


