२०८१ पुष ७

पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञा

६ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले अत्यावश्यकबाहेकका काममा घरबाहिर निस्कन नपाइने गरी निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।

निषेधाज्ञामा अत्यावश्यक काममा बाहेक सवारी साधन पनि चलाउन पाइने छैन । खाद्यवस्तु, औषधि, स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसायबाहेकका अरु पसल व्यवसाय विहान ८ बजेसम्म मात्र खोल्न पाइनेछ ।


Advertisement


त्यस्तै इनर्वा नाकाबाहेक भारतबाट प्रवेश गर्ने अन्य नाका सीमा वारपार आवागमन प्रवेश गर्न पनि रोक लगाइएको छ । सरकारी र निजी सेवा कार्यालय र निकायले पनि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।

उद्योग, कलकारखानाहरुले कर्मचारी एवं श्रमिकहरुलाई उद्योग परिसरभित्रै आवासीय प्रबन्ध गरी उद्योग सञ्चालन गर्न सक्ने पनि प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

Credit: OnlineKhabar

Copy link