२०८१ पुष ११

वैकल्पिक सरकार गठनका लागि आधार पेश भइसकेको अवस्थामा संसद विघटन गर्नु अस्वभाविक र असंवैधानिक: अग्नि सापकोटा

विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले शुक्रबार मध्यराति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

प्रधानमन्त्रीको उक्त कदम यसअघि पुस ५ को प्रतिनिधि सभा विघटनविरूद्ध ६७ दिनसम्म गरिएको संवैधानिक कानुनी र राजनीतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको फागुन ११ गतेको फैसलाविपरित भएको उनले बताएका छन्।


Advertisement


संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि आधार पेश भइसकेको अवस्थामा प्रतिनिधि सभा विघटनको निष्कर्षमा पुग्नु अस्वभाविक र असंवैधानिक कदम भएको उनको ठहर छ।

शनिबार उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ- संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै सार्वभौम प्रतिनिधि सभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वभाविक र संवैधानिक कदम मान्न सकिने अवस्था रहँदैन।

Copy link
Powered by Social Snap