२०८१ पुष १०

हेटौंडा अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा उपचारका क्रममा हेटौंडा अस्पतालमा थप ३ जनाको मृत्यु भएको छ । 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ जना महिला र एक जना पुरुषको मंगलबार विहान मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।


Advertisement


उनका अनुसार, मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१४ का ६० वर्षिय पुरुषको आज विहान ४ः४५ बजे, हेटौंडा–९ की ५२ वर्षकी महिलाको ९ः३० बजे र भीमफेदी गाउँपालिकाकी ८६ वर्षकी महिलाको विहान १०ः४५ बजे मृत्यु भएको हो ।

केही दिन अघि संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पतालको कोभिड–१९ उपचार कक्षको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको डा. काफ्लेले बताए ।

योसँगै हेटौंडा अस्पतालमा उपचारका क्रममा ५० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

मृत्यु हुनेमा १५ जना महिला रहेका छन् भने ३५ जना पुरुष रहेका छन् ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap