
स्याङ्जामा लापरवाही : थुनावालाई परीक्षण नगरी छोड्दा स्थानीयमा संक्रमण
२० साउन, पोखरा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा साउन ४ गते तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गर्यो । उनीहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान बढाउँदै थियो ।
यहीबीचमा केही प्रहरीमा रुघाखोकी जस्तो लक्षण देखिए । कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा साउन ६ गते ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भयो । प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि अनुसन्धान सकेर तास खेलेको आरोपमा पक्राउ परेका सबैलाई छाडियो ।
उनीहरु घर फर्किए । थप प्रहरी संक्रमित भएको पाइयो । जब उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी भयो, केही दिन प्रहरी थुनामा बसेर घर गएका उनीहरु पनि परीक्षणको दायरामा आए ।
मंगलबार थुनुमुक्त भएका एक जनासहित उनकोे सम्पर्कमा आएका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा थुनामुक्त भएकै व्यक्तिसहित परिवारकै ४ जना छन् भने बाँकी ४ जना सम्पर्कमा आएका उनका साथीहरु रहेको स्वास्थ्य ...