
प्रधानमन्त्रीको चीन भ्रमण : हुन सक्छ कोरला नाका खुलाउने सम्झौता
५ असोज, काठमाडौं । मुस्ताङको कोरला नाका खोल्ने तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा कोरला नाका खोल्ने विषयमा दुवै पक्षबीच सम्झौता हुन सक्ने सम्भावना रहेको वाणिज्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको एजेण्डामा नेपाल–चीन नाका सहजीकरण पनि रहेको र सम्भवतः नाका खोल्ने सम्झौतामा हस्ताक्षर हुने छ । तर, नाका खुल्ने यकिन भने बेइजिङमा सम्झौता नभई भन्न नसकिने अधिकारीहरु बताउँछन् ।
यस अघि मौसमी रुपमा वर्षमा २ पटक मात्रै खुल्ने सो नाका कोरोना महामारीका कारण ४ वर्षदेखि बन्द अवस्थामा छ ।
मुस्ताङको सदमुकाम जोमसोमबाट ११२ किलोमिटर टाढा रहेको उक्त नाका खोल्न चिनियाँ पक्षले संकेत गरेपछि नेपालले नाकामा तयारी थालेको हो । नाका खोल्ने तयारीका लागि केही समय अघि चीनले परराष्ट्र मन्त्रालयमार्फत ...