प्रदेश १ : प्रदेशसभा अधिवेशन अन्त्यका लागि सिफारिस, नामकरणको विषय फेरि ओझेलमा
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभाको चालु अधिवेशनबाटै प्रदेशको नामकरण टुङ्ग्याउन प्रस्ताव राखे पनि अन्ततः त्यस सम्बन्धमा प्रक्रिया नै अघि नबढाइ प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको छ । प्रदेश १ सरकारले सोमबार मन्त्रिपरिषदको बैठकमार्फत प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन साउन ३२ गते राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । योसँगै प्रदेशको नामकरणको चर्चा पनि सेलाउन पुगेको छ ।
Advertisement
प्रदेश सरकारले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग प्रदेशको नामकरणको विषयमा एक पटक समान्य छलफल गरेको थियो । तर, त्यसपछिका दिनमा भने यसबारे थप छलफल हुन सकेन । मुख्यमन्त्री राईले दलहरूसँगको सहमतिमा यही अधिवेशनबाट नामकरणको विषय टुङ्ग्याइने बताउँदै आएका थिए । गत जेठ ३० गते उनले प्रदेशसभा बैठकमा अचानक प्रदेशको नामकरण यही अ...