२०८१ मंसिर ४

Author: Raunak

मकवानपुरबाट लागुऔषध नाईट्रोभेटसहित दुईजना पक्राउ

मकवानपुरबाट लागुऔषध नाईट्रोभेटसहित दुईजना पक्राउ

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० साउन, मकवानपुर। मकवानपुर प्रहरीले ११२५ ट्याब्लेट लागुऔषध नाईट्रोभेटसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका १३ का १९ वर्षीय सुवास गोले र सोही नगरपालिकाका १९ वर्षीय सरोज थिङ रहेका छन् । Advertisement लागुऔषध छ भन्‍ने विशेष सूचनाका आधारमा प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट खटिएको प्रहरी टोलिले मंगलबार साँझ ७ :३० बजे चेकजाँच गर्दा उनीहरुको साथबाट प्रहरीले ११२५ ट्याब्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवं प्रवक्ता देवेन्द्र दासले बताए । Credit: OnlineKhabar ...
प्रदेश १ मा ९४ प्रतिशत धान रोपाइँ सकियो

प्रदेश १ मा ९४ प्रतिशत धान रोपाइँ सकियो

देश, समाचार
२० साउन, विराटनगर । प्रदेश १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि निर्देशनालय विराटनगरका अनुसार गत वर्षमा यस अवधिमा ९३ दशमलव ९५ प्रतिशत रोपाइँ भएको थियो । १४ जिल्ला रहेको प्रदेश १ मा कुल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा धानखेती लगाउने गरिएको छ । यसमध्ये तीन लाख २२ हजार ५९७ हेक्टर जग्गामा रोपाइँ भएको निर्देशनालयकी प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिइन् । Advertisement निर्देशनालयबाट प्राप्त जानकारीअनुसार उच्च पहाडी जिल्ला ताप्लेजुङमा आठ हजार ५६२ हेक्टर, संखुवासभामा १३ हजार १५८ हेक्टर र सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर जग्गामा रोपाइँ भएको छ । यसैगरी मध्यपहाडी जिल्ला पाँचथरमा आठ हजार २८२ हेक्टर, इलाममा ११ हजार ८५२ हेक्टर, भोजपुरमा १६ हजार १०१ हेक्टर, तेह्रथुममा आठ हजार ९५४ हेक्टर र धनकुटामा ६ हजार ३६० हेक्टरमा धान रोपाइँ ग...
कुलमानबाहेकले प्राधिकरण हाँक्न सक्दैन भन्‍ने धारणाले संस्था र प्रणाली असफल हुन्छ : नवराज सिलवाल

कुलमानबाहेकले प्राधिकरण हाँक्न सक्दैन भन्‍ने धारणाले संस्था र प्रणाली असफल हुन्छ : नवराज सिलवाल

देश, राजनीति, समाचार
२० साउन, काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले कुलमान घिसिङबाहेक अरुले नेपाल विद्युत् प्राधिकरण हाँक्न सक्दैन भन्ने धारणा जबर्जस्त बनाउन खोजिएको बताएका छन् । यस्तो धारणाले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने उनको भनाइ छ । सिलवालले सामाजिक सन्जालमा लेखेका छन्, ‘कुलमान असल र व्यवसायिक व्यक्ति हुन् म उनको क्षमता माथि शंका गर्दिन तर जुन ढंगले कुलमानबाहेक देशमा अरु कसैले प्राधिकरण हाँक्न सक्दैन भन्ने खालको न्यारेटिभको जवर्जस्त प्रयोग गरिंदैछ, यसले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने छ ।’ Advertisement व्यक्तिभन्दा पनि संस्थाहरुको प्रणाली र संस्कारलाई समयानुकूल परिमार्जन गर्नुपर्ने उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जामन्त्री पम्फा भुसालले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई ल्याउने तया...
कैलालीमा ८ लाख असुलेर प्रहरीले जुवाडे भगाएको आरोप

कैलालीमा ८ लाख असुलेर प्रहरीले जुवाडे भगाएको आरोप

देश, समाचार, सामाजिक
१९ साउन, धनगढी । कैलालीमा प्रहरीले पैसा असुलेर जुवाडे भगाएको आरोप लागेको छ । सोमबार साँझ धनगढी उपमहानगरपालिका–३ मिलनचोकस्थित एक रेष्टुरेन्टमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआईटीबाट प्रहरीको टोली पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोली जुवाडेसँग भएको झण्डै ८ लाख रुपैयाँ बरामद गरेर उनीहरुलाई भगाएको आरोप लागेको हो । ‘हामी साथीभाइहरु सामान्य रमाइलोका लागि बसिरहेका थियौं,’ रेष्टुरेन्टमा उपस्थित एक जनाले अनलाइनखबरसँग भने, ‘त्यही बेला प्रहरी टोली आइपुग्यो । उहाँहरुले रेष्टुरेन्टको घर्रामा राखिएको ६ लाख, सबैको खल्तीमा भएको समेत गरेर थप दुई लाख रुपैयाँ खोसेर लग्नुभयो ।’ Advertisement प्रहरी स्रोतका अनुसार रकम बरामद गरेपछि जुवाडेहरुलाई पक्राउ गर्नुको साटो ...
स्वास्थ्य राज्यमन्त्रीको पहिलो सरुवामै प्रधानमन्त्रीको अंकुश

स्वास्थ्य राज्यमन्त्रीको पहिलो सरुवामै प्रधानमन्त्रीको अंकुश

देश, राजनीति, समाचार
१९ साउन, काठमाडौं । सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले युनिफाइड केन्द्रीय अस्पतालका प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई सरुवा गरेर उनको ठाउँमा ट्रमा सेन्टरका चिकित्सक डा. रुद्र मरासिनीलाई नियुक्त गरे । मरासिनीले स्वास्थ्य मन्त्रालयमा पुगेर युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिपत्र बुझे । नियुक्तिको समाचार सञ्चार माध्यममार्फत सार्वजनिक भएपछि उनलाई बधाईको ओइरो लाग्यो । Advertisement नियुक्ति पत्र हातमै भए पनि सोमबार साँझ नै उनले केही गडबडको संकेत भने पाइसकेका थिए । तर  मंगलबार विहान भने उनको नियुक्ति पत्र नै खोसियो । सोमबार राज्यमन्त्री उमेश श्रेष्ठले गरेको सरुवा निर्णयको मसी नसुक्दै प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसमा लगाम लगाए । स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार डा. मरासिनीलाई युनिफाइड अस्पत...
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त

देश, समाचार, सामाजिक, स्वास्थ्य
१९ साउन, काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त भएका छन् । Advertisement स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार डा. बिच्छालाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिइएको हो । डा. बिच्छा कान्ति बाल अस्पतालमा निर्देशक पदमा कार्यरत थिए । यसअघि सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको सरुवा गरेको थियो । डा. गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ भने युनिफाइड केन्द्रीय अस्पतालमा डा. भुपेन्द्र बस्नेतलाई पठाइएको छ । Credit: OnlineKhabar ...
४१ वटा राजनीतिक दलको दर्ता खारेज

४१ वटा राजनीतिक दलको दर्ता खारेज

देश, राजनीति, समाचार
१९ साउन, काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको उनले बताए । Advertisement आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ र त्यसलाई सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाएको छ । जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने प्रवक्ता श्रेष्ठले बताए । आयोगले दर्ता खारेज भएका दलका केन्द्रीय पदाधिकारी, सदस्यहरुको नामसहितको विवरण पनि सार्वजनिक गरेको छ । यी हुन् खारेजीमा परेका दल र तिनका पदाधिकारी ...
मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा पुनः एक साताका लागि स्थगित

मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा पुनः एक साताका लागि स्थगित

देश, शिक्षा, समाचार
१९ साउन, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका सम्पूर्ण परीक्षा पुनः एक साताका लागि स्थगित गरिएको छ । साउन १२ गतेदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा विश्वविद्यालयले सूचना जारी गर्दै एक साताका लागि स्थगित गरेको थियो । परीक्षा व्यवस्थापन कार्यालयले मंगलबार अर्को सूचना जारी गरी पुनः एक साताका लागि परीक्षा स्थगित गरिएको जनाएको छ । Advertisement संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलनमा रहेको र वार्ता टुंगोमा पुग्न नसक्दा परीक्षा स्थगित गरिएको हो ।  ‘परीक्षा व्यवस्थापन कार्यालयको ११ गतेको सूचना अनुसार एक हप्ता पछाडि सारिएको परीक्षा निर्धारित समयमा सम्पन्न गर्न तत्पर रहँदारहँदै पनि असमान्य परिस्थितिका कारण पूर्वनिर्धारित परीक्षाका कार्यक्रम पुनः एक हप्ताका लागि सारिएको छ,’ परीक्षा व्यवस्थापन सह–प्रमुख नरेन्द्रप्रकाश साउदद्व...
प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंका

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंका

देश, समाचार
१८ साउन, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी हुन जानुअघि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको आशंका गरिएको छ । शनिबार भएको प्रि–स्याट परीक्षाको प्रश्न पत्र बाहिरिएको आशंकामा छानविन सुरु भएको हो । यस विषयमा प्रहरी प्रधान कार्यालयको युएन शाखाले छानविन थालेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए । Advertisement ‘प्रश्न पत्र बाहिरिएको भन्ने प्रमाण त भेटिएको छैन तर आशंकामा छानविन भइरहेको छ’ उनले भने । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रश्न पत्र बाहिरिएको गुनासोपछि परीक्षा निर्धारित समयभन्दा एक घन्टा ढिलो गरी सुरु भएको थियो । एक प्रहरी अधिकृतको दाबी अनुसार परीक्षा हुनुअघि केही प्रहरीको म्यासेन्जरमा प्रश्न पत्र पुगेको थियो । ‘प्रश्न पत्र बनाउने तल्लो दर्जाका अधिकृतहरुले चिनजान...
दुर्घटनामा दुईको घटनास्थलमै मृत्यु, अन्य दुई घाइते

दुर्घटनामा दुईको घटनास्थलमै मृत्यु, अन्य दुई घाइते

देश, समाचार, सामाजिक
सप्तरीमा आज साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । Advertisement मृत्यु हुनेमा सिरहाको लहान नगरपालिका–१७ का २८ वर्षीय रामशङ्कर यादव र सप्तरीको शम्भुनाथ नगरपालिका–५ का २९ वर्षीय बुधसागर चौधरी रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । यादव प्रदेश नं २–०१–००१ प ९५५६ नंको मोटरसाइकल र चौधरी स.११ प ४०३८ नंको मोटरसाइकलमा सवार थिए । बसलाई ओभरटेक गर्ने क्रममा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ । चौधरीले चलाएको मोटरसाइकल पछाडि सवार सप्तरीको शम्भुनाथ–७ का २८ वर्षीय आनन्द चौधरी र यादवले चलाएको मोटरसाइकल पछाडि सवार सिरहाको लहान–२० की २३ वर्षीय सोनम चौधरी घाइते भएका छन् । उनीहरूको उ...