२०८१ मंसिर ५

Author: Raunak

ओलीको सोच र शैलीका कारण कोरोना महामारी टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौँ : गगन थापा

ओलीको सोच र शैलीका कारण कोरोना महामारी टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौँ : गगन थापा

देश, समाचार
साभार: रातोपाटी काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य शैलीका कारण कोरोना महामारी जटिल अवस्थामा पुगेको बताएका छन् । पछिल्लो समय कोरोना संक्रमितलाई जटिलता हुँदा आइसोलेसनमा राखेर उपचार गर्न र सघन उपचारका लागि कहीँ बेड उपलब्ध नभएको भन्दै उनले यसबारे प्रधानमन्त्रीले समयमै नसोचेको पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाको भनाइ छ । विहीबार ट्वीटरमा थापाले लेखेका छन्, 'एकातर्फ काठमाडौँ बाहिर परीक्षणको संख्या घट्दै गएको छ तर चाडबाडको सम्मुखमा देशव्यापी आवागमन बढिरहेको छ।अर्कोतर्फ काठमाडौँमा कोभिड संक्रमितलाई जटिलता हुँदा न त आइसोलेसनमा राखेर उपचार गर्ने बेड छ न त सघन उपचारका लागि कहीँ बेड उपलब्ध नै छ। केही समस्या भइहाले के गर्ने,सवैमा अलमल छ।'  Advertisement समय, स्रोत, सहयोग सबै हुँदा पनि प्रध...
नेपाल र साइप्रसबीच संसदीय मैत्री समूह गठनको प्रस्ताव

नेपाल र साइप्रसबीच संसदीय मैत्री समूह गठनको प्रस्ताव

देश, समाचार
साभार: रातोपाटी काठमाडौं । नेपाल र साइप्रसबीच कुटनीतिक सम्बन्ध कायम भएको ४० बर्ष पूरा भएको अवसरमासभामुख अग्निप्रसाद सापकोटा र साइप्रस प्रतिनिधिसभाका अध्यक्ष महामहिम डेमेट्रिस सिलौरिसबीच शुभकामना आदान प्रदान भएको छ । उनीहरुबीच टेलिफोन सम्वादमार्फत बिहीबार शुभकामना आदानप्रदान भएको हो । सो  क्रममा सभामुख सापकोटाले कुटनीतिक सम्बन्धको ४० औं वर्षगाँठका अवसरमा साइप्रसका समकक्षीलाई बधाई ज्ञापन गर्दै दुई देशबीच आपसी विश्वासका आधारमा सुमधुर सम्बन्ध रहेको बताए । उनले साइप्रसले युरोपियन युनियनको सदस्यका रुपमा विश्व मानचित्रमा महत्वपूर्ण उपस्थिति जनाएको उल्लेख समेत गरे । सभामुख सापकोटाले साइप्रसमा १० हजार बढि नेपाली कामदारहरु पुगिसकेको सम्बन्धमा सरकार–सरकारबीच समन्वय गरेर नेपाली कामदार पठाउँदा व्यबस्थापनमा सहज हुने धारणा राखेका छन् ।  साइप्रसले नेपाली विद्यार्थीहरुलाई अध्ययनको अवस...
जाजरकोट दुर्घटनाः पीडितका आफन्तले मुचुल्का गर्न नमानेपछि प्रजिअ र डिएसपी घटनास्थलमा

जाजरकोट दुर्घटनाः पीडितका आफन्तले मुचुल्का गर्न नमानेपछि प्रजिअ र डिएसपी घटनास्थलमा

देश, समाचार
साभार: रातोपाटी काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ औलखोलमा भएको जिप दुर्घटनामा परेका मृतकको शव मुचुल्का गर्न स्थानीयले अवरोध गरेका छन् । मृतकका आफन्तले क्षतिपूर्ति लगायतका माग राखेर मुचुल्का गर्न नदिएपछि जाजरकोटका प्रजिअ चेतराज बराल र डिएसपी किशोर श्रेष्ठ घट्नास्थलमा पुगेका छन् ।  मुचुल्का गरेर शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल जाजरकोट ल्याईने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।  बुधवार खलंगाबाट जुनीचाँदेका लागी छुटेको भे१ज ९३५ नम्बरको जिप सड्कबाट ५ सय मिलर तल खस्दा जुनीचाँदे–११ का वडा अध्यक्ष अमरबहादुर शाहीसहित ७ जनाको मृत्यु भएको छ । जिप चालक गोर्खबहादुर बस्नेत फरार छन् । जिपका साहु पनि बस्नेत नै हुन् । चालकको खोजी भइरहेको एसएसपी बास्तोलाले बताए ।  Advertisement पीडितका आफन्...
खतिवडालगायतको संसदीय सुनुवाइ प्रक्रिया सुरु, उजुरी आह्वान

खतिवडालगायतको संसदीय सुनुवाइ प्रक्रिया सुरु, उजुरी आह्वान

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । सरकारले विभिन्न ३ देशका लागि राजदूतको सिफरिस गरेपछि संसदीय सुनुवाइ समितिले सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।  जसअनुसार समितिले बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै उनीहरुलाई नियुक्ति दिन उपयुक्त नभए प्रमाणसहित उजुरी दिन आह्वान गरिएको छ।   उजुरी कात्तिक १ भित्र दिनुपर्ने समितिले जनाएको छ । सूचनामा भनिएको छ, ‘उक्त पदमा उहँहरुलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवमु सबुद प्रमाणसहित मिति २०७७ कात्तिक १ गते कार्यालय समयभित्र यस समिति समक्ष उजुरी दिन सकिने व्यहोरा सूचित गरिन्छ ।’ Advertisement सरकारले हालै  पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरेको थियो । संसदीय समितिले सुनु...
आन्तरिक राजस्व कार्यालयका सम्पूर्ण सेवा बन्द

आन्तरिक राजस्व कार्यालयका सम्पूर्ण सेवा बन्द

देश, समाचार
साभार: रातोपाटी आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द गरिएका छन् । कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि आजदेखि कार्यालयका सेवा बन्द गरिएका हुन् ।  सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कोरोनाको सङ्क्रमण भएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी परीक्षणको कार्यका लागि पठाइएको जनाएको छ । परीक्षणको नतिजा नआउँदासम्मका लागि कार्यालयका सम्पूर्ण कार्य बन्द गरिएका छन् ।  Advertisement यसैगरी, पुनर्वास नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण देखिएपछि आजदेखि अतिआवश्यकबाहेकका सेवा बन्द गरिएका छन् । अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाका सेवा बन्द गरिएका हुन् ।  नगरपालिकाको वडा नं २ ले भने असोज २६ गतेसम्मका लागि सेवा बन्द भएको जनाएको छ । अत्यावश्यक सेवा लिनका ल...
जिन एडिटिङ : महामानव ‘जन्माउने’ ढोका, जसले पायो नोबेल पुरस्कार

जिन एडिटिङ : महामानव ‘जन्माउने’ ढोका, जसले पायो नोबेल पुरस्कार

शिक्षा
साभार: रातोपाटी (सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ । रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार गरेको निर्णयअनुसार उक्त पुरस्कार जर्मनीको म्याक्स प्लान्ट युनिटसहित इमानुयल चारपेन्टियरलाई जीवाणु विज्ञानको अध्ययनसम्बन्धी अनुसन्धान र क्यालिफोर्निया विश्वविद्यालयका जेनिफर  डौडनालाई प्राणी जगतको डिएनए (जीन एडिटिङ) मा परिवर्तन गर्न सकिने विधिहरुको विकाससम्बन्धी अनुसन्धानका लागि दिइएको हो ।  रातोपाटीले  २०७५ पुस १२ मा ‘जिन एडिटिङः महामानव जन्माउने ढोका’ शीर्षकमा आलेख प्रकाशित गरेको थियो । जुन अहिले पुनः सान्दर्भिक लागेर  केही अध्यावधिक सहित पुनःप्रकाशित गरिएको छ– प्रधान सम्पादक)  हिन्दुहरूको अति सम्मानित धार्मिक ग्रन्थ महाभारतका एउटा प्रमुख पात्र अर्जुन, अङ्ग्रेजी भाषाका महान लेखक जर्ज वनार्ड सा र ...
सहकर्मी महिला शिक्षकलाई अश्लिल हर्कत गर्ने शिक्षक पक्राउ

सहकर्मी महिला शिक्षकलाई अश्लिल हर्कत गर्ने शिक्षक पक्राउ

देश, शिक्षा, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौँ । दाङमा सहकर्मी महिला शिक्षकलाई अश्लिल हर्कत गर्ने एक शिक्षक पक्राउ परेका छन् । घोराहीमा रहेको सिद्धार्थ एकाडेमीमा कार्यरत शिक्षक शिवकुमार राना विद्यालयमा कार्यरत सहकर्मी महिला शिक्षकलाई अश्लिल हर्कत गरेको आरोपमा पक्राउ परेका हुन् ।  आरोपित शिक्षकले पटक–पटक सहकर्मी महिला शिक्षकलाई गलत नियतले विभिन्न किसिमका अश्लिल क्रियाकलाप गर्ने गरेपछि ति शिक्षिकाले भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् ।  शिक्षिकालाई दुव्र्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा समेत भाइरल भएको छ । भिडिओ भाइरल भएपछि घटना सार्वजनिक भएको प्रहरीको दावी छ ।  पिडित शिक्षिकाको मौखिक उजुरीको आधारमा रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० तथा प्रवक्ता सुमित खड्काले जानकारी दिए ।  Advertisement ...
डा.केसीसँग वार्ता गर्न ३ सदस्यीय समिति गठन

डा.केसीसँग वार्ता गर्न ३ सदस्यीय समिति गठन

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । सरकारले अनशनरत चिकित्सक प्राडा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ  । शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको हो । प्राडा.केसी गत २४ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा रहेका छन् । मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उनले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि आज समिति गठन गरिएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका छन् । Advertisement सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मङ्गलबारको सच...
शेयर धनी श्रद्धेश आचार्य SYM Network का अध्यक्ष नियुक्त 

शेयर धनी श्रद्धेश आचार्य SYM Network का अध्यक्ष नियुक्त 

अन्तर्वार्ता, कभर स्टोरी, देश, नेपाली ब्रान्ड, समाचार
युवा व्यवसायी तथा यस SYM Network (सकारात्मक युथ मिडिया नेटवर्क) का प्रमोटर शेयर धनी श्रद्धेश आचार्य कार्यकारी समिति का अध्यक्ष नियुक्त भएका छन्। लामो समय देखि आबद्ध रहेको यस मीडिया कम्पनीमा उनी "निष्क्रिय शेयर धनी" का रूप मा स्थापित थिए। अहिले भने संस्था लाई नयाँ र थप उचाई प्रदान गर्न आफूले यो पद को जिम्वेवारी लिएको उनले बताउँछन्। "मैले संस्था लाई दिन सक्ने समय, दक्षता र जोश को परिणाम केही समय मा सबै सामु प्रष्ठा हुने छ।" आचार्य ले बताए।  Advertisement संस्था को यही मंगलबार बसेको बैठकले श्रद्धेश आचार्य ले आफ्नो ३५% शेयर मा थप २०% शेयर थपि संस्था को बहुमत शेयर उनको नाम मा सार्ने र उनी अध्यक्ष बन्ने घोषणा गरेको छ।  हामी सम्पूर्ण सकारात्मक युथ मिडिया नेटवर्क (SYM Network) को तर्फ बाट नव नियूक्त अध्यक्ष ज्यू लाई सफल कार्यकाल को बधाई ए...
अटो रिक्सा आपसमा ठोक्किँदा २० वर्षीया युवतीको मृत्यु

अटो रिक्सा आपसमा ठोक्किँदा २० वर्षीया युवतीको मृत्यु

देश, समाचार, सामाजिक
साभार: रातोपाटी सिरहा । सिरहाको लहान–ठाडी सहायक सडकखण्डको सखुवानन्कारकट्टी गाउँपालिका– ५ महेशबारीमा दुई अटोरिक्सा आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।  दक्षिणबाट उतरतर्फ जाँदै गरेको स१ह ३३२० नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट अटोरिक्सा आपसमा ठोक्किँदा स१ह ३३२० नम्बरको अटोरिक्सामा सवार सिरहाको भगवानपुर गाउँपालिका– १ निवासी २० वर्षीया रञ्जुकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते रञ्जुलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही अटोरिक्सामा सवार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका– ६ निवासी ६५ वर्षीय मोहम्मद रहमान, ३० वर्षीय मोहम्मद अब्दुला राइन र भगवानपुर गाउँपालिका– १ निवासी ३० वर्षीया पुनम यादव घाइते भएको र उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी ...