२०८१ मंसिर ५

Author: Raunak

उपत्यकामा मात्रै १६८४ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा मात्रै १६८४ जनामा कोरोना संक्रमण पुष्टि

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा मात्रै १ हजार ६ सय ८४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौ जिल्लामा १२९६ ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।  योसँगै आज देशभर कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ३९ पुगेको छ भने अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ११२६ आज डिस्चार्ज भएका छन् । योसँगै ६८हजार ६ सय ६८ जना डिस्चार्ज भैसकेको छन् ।  Advertisement यसैगरी पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै आजसम्म निधन हुनेको संख्या ५७८ पुगेको छ । ...
डा. गोविन्द केसीको समर्थनमा वीरगञ्जमा प्रदर्शन

डा. गोविन्द केसीको समर्थनमा वीरगञ्जमा प्रदर्शन

देश, समाचार, सामाजिक
Credit: OnlineKhabar २१ असोज, वीरगञ्ज । अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । चिकित्सक, अधिकारकर्मी, विभिन्न सामाजिक संघ संस्था र राजनीतिक दलमा आवद्ध व्यक्तिहरुले वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले डाक्टर केसीका माग पूरा गर, डाक्टर केसीको अनशन माफियालाई टेनसन, लुटतन्त्र बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी वीरगञ्जकी ज्योति साहले डाक्टर केसीले सम्पूर्ण नेपालीको स्वास्थ्यका लागि आफ्नो स्वास्थ्य दाउमा राखेकाले सरकारलाई दबाव दिन प्रदर्शनमा सहभागी भएको बताइन् । ‘म बाल अधिकारको पक्षमा लागेको मान्छे, आज डाक्टर गोविन्द केसी जस्तो मान्छेको त कुरा सरकारले सुनिरहेको छैन,’ उनले भनिन्, ‘हामी बालबालिकाको कुरा कसले सुन्ला र ? अधिकारका लागि लड्नुपर्छ भनेर पहिलो पाइ...
देशकै नमुना स्कुल अमरसिंह : विवाद र राजनीतिको अखडा

देशकै नमुना स्कुल अमरसिंह : विवाद र राजनीतिको अखडा

देश, शिक्षा, समाचार, सामाजिक
Credit: OnlineKhabar २१ असोज, पोखरा । पहिलो र दोस्रो विश्व युद्धमा हराएका गोर्खालीहरुको रहल/पहल रकमबाट पुनर्निर्माण कोषबाट पोखरामा पनि एउटा स्कुल र अस्पताल खोल्ने निधो भयो । त्यसको अगुवाइ गरे मेजर वीरसिंह गुरुङले । कोष सञ्चालन गर्न गठित बोर्डको तत्कालीन पश्चिमाञ्चल अफिसरसमेत थिए, वीरसिंह । उनकै अगुवामा पोखरा रामघाटमा २०१३ सालमा स्थापना भयो, सोल्जर्स बोर्ड भोकेसनल जुनियर हाई स्कुल । त्यही नै बेला गुरुङकै नेतृत्वमा सोल्जर बोर्ड अस्पताल पनि खुलेको थियो । त्यही अस्पताल अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ । वीरसिंहको पहल र स्थानीय घिमिरेहरुले जग्गा दान गरेपछि खुलेको सोल्जर्स बोर्ड भोकेसनल जुनियर हाईस्कुल पोखराकै पुरानोमध्येको एक हो । पूर्वसैनिक परिवारका छोराछोरीका निम्ति भनिए पनि यो स्कुलमा सर्वसाधारणका छोराछोरी पनि पढ्न पाउँथे । ‘त्यो बेल्टमै स्रोत र साधन भएक...
पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्नुपर्छ : गगन थापा

पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्नुपर्छ : गगन थापा

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्नुपर्ने माग गरेका छन् ।\ बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत सांसद थापाले नयाँ गुरूयोजना खारेज गरेर पुरानो गुरूयोजनाको समीक्षा गर्दै सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरूयोजना बनाउनुपर्ने बताएका हुन् । ‘पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना, न त निर्माण प्रक्रिया मिल्छ न त सामग्री नै । यो गुरूयोजना नै हैन । यसलाई खारेज गरौं । पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौं,’ थापाले ट्वीट गरेका छन् । Advertisement थापाले पशुपति विकास कोषको नयाँ गुरूयोजनाबारे टिप्पणी गर्दै ‘तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो,’ लेखेका छन् । पछिल्ल...
अस्पतालबाट डिस्चार्ज भए ट्रम्प, चाँडै चुनावी अभियानमा फर्कने वाचा

अस्पतालबाट डिस्चार्ज भए ट्रम्प, चाँडै चुनावी अभियानमा फर्कने वाचा

विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
साभार: रातोपाटी कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएको तीन दिनपछि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने बित्तिकै उनले चाँडै चुनावी अभियानमा फर्कने वाचासमेत गरेका छन् । अस्पतालबाट डस्चार्ज भए पनि ह्वाइट हाउसमा उनको कोडिभको उपचार जारी रहनेछ । अस्पतालबाट मरिन वान हेलिकप्टरमा उनी ह्वाइट हाउस पुगेका थिए । ‘म निकै राम्रो महसुस गरिरहेको छु,’ ट्रम्पले यसअघि ट्वीट गरेका थिए, ‘कोभिडसँग नडराऊ । यसलाई तिम्रो जीवनमा हावी हुन नदेऊ ।’ अमेरिकामा ७४ लाखभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ भने २ लाख १० हजारभन्दा बढीको ज्यान गइसकेको छ । Advertisement डाक्टर तथा ह्वाइट हाउसबाट परस्पर विरोधी वक्तव्य आएपछि ट्रम्पको स्वास्थ्य अवस्थामा बारे अझै अन्यौलता रहेको छ । त्यस्तै, ह्वाइट हाउसमा संक्रमणको फ...
चाडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो

चाडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो

देश, समाचार
साभार: रातोपाटी चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ ।  नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाएको जानकारी दिए ।  उनका अनुसार मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरितका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको छ । यस्तै चोरी, तस्करी र आपराधिक गतिविधिसमेत हुन सक्नेतर्फ पनि प्रहरीले थप सुरक्षा सतर्कता बढाएको छ ।   महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले मातहतका कार्यालय प्रमुखलाई  अवैध गतिविधि नियन्त्रणमा सक्रिय हुन निर्देशन दिइएको जानकारी दिए। प्रहरीले चाडपर्वलाई लक्षित विशेष सुरक्षा...
विद्यालय बन्द गर्न आग्रह

विद्यालय बन्द गर्न आग्रह

देश, शिक्षा, समाचार
साभार: रातोपाटी जिल्ला विपद् व्यवस्थापन समितिले  विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।   बैठकले सामाजिक दुरी कायम गरी सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।  विद्यार्थीहरुको विद्यालयमा उपस्थिति नगराइ वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गर्ने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।  कोरोना सङ्क्रमणको जोखिम कायम जारी रहेका बेला विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति गराइ पठनपाठन गर्दा जोखिम बढ्ने उनले बताए ।  Advertisement यहाँका मिर्चैया तथा गोलबजार नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए ।   निर्णय अनुसार ती स्थानीय तहका नीजि तथा सामुदायिक विद्यालयहरुले विद्यालयमा विद्यार्थी उपस्थित गराई पठन पाठन गराउ...
बैंकिङ कसुरमा ३२ लाख जरिवानाको सजाय पाएका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरमा ३२ लाख जरिवानाको सजाय पाएका फरार प्रतिवादी पक्राउ

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
साभार: रातोपाटी काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुरको ललितपुर महानगरपालिका–२१ खोकनाका ३४ वर्षीय अमर महर्जनलाई सोमबार पक्राउ गरेको हो । महर्जनलाई सोमबार काठमाडौँको कुलेश्वरबाट पक्राउ गरिएको सीआईका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापाले जानकारी दिए । उनलाई बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७६ माघ १३ गते ३२ लाख जरिवाना र ७ दिन कैद सजाय सुनाएको थियो । Advertisement त्यस दिनदेखि फरार महर्जनलाई पक्राउपछि सजाय भुक्तानीको लागि ज्लिजा अदालत ललितपुर पेश गरिएको थापाले बताए । महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्दै जानी–जानी रीता महर्जनलाई झुक्याएर २०७४ जेठ २५ गते यति डेभलपमेन्ट बैंक कुमारीपाटी शाखाको चेक दिएका थिए । लामो समय...
नेपाली शान्ति सैनिक दक्षिण सुडानतर्फ प्रस्थान

नेपाली शान्ति सैनिक दक्षिण सुडानतर्फ प्रस्थान

देश, समाचार
साभार: रातोपाटी संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेनाको एक टोली आज दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ । त्यहाँ तैनाथ शान्ति मिसनमा खटिन नियमित अदलीबदलीको क्रममा पहिलो टोलीका ७८ जना नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  Advertisement कोभिड–१९ महामारीकाबीच पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको उक्त अदलीबदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलको पूर्ण पालना गरिएको सेनाले जनाएको छ ।  यसैबीच, सुडानमा आफनो तोकिएको कार्यकाल पूरा गरीे नेपाली शान्ति सैनिकको एक टोली मङ्गलबार स्वदेश आइपुग्दैछ । ...
कुर्सी तोडफोडका बीच सभामुखले बैठक चलाए, सत्ता पक्षका सांसदले पनि बोल्न पाएनन्

कुर्सी तोडफोडका बीच सभामुखले बैठक चलाए, सत्ता पक्षका सांसदले पनि बोल्न पाएनन्

देश, राजनीति, समाचार
साभार: रातोपाटी बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभा तनावका बीच नै प्रदेशको स्थायी राजधानीको टुंगो लगाउने रणनीतिमा देखिएको छ। सोमबारको प्रदेशसभा बैठकमा तोडफोड, नाराबाजी र आरोप प्रत्यारोपका बीच संसदीय कारबाही भइरहेको थियो । सामान्यतयाः विपक्षीले अवरोध गरेपछि बैठक स्थगित गर्ने र सहमतिको प्रयास गर्ने गरिन्छ । तर सोमबारको प्रदेशसभाको दृश्य त्यस्तो रहेन । बलजफ्ती सभाुमखले बैठक चलाए भने विपक्षीले पनि आफ्नो मर्यादा भुल्दै कुर्सी नै तोडफोटमा उत्रिए ।  प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले बबाल मच्चाउँदै होहल्ला जारी राखेपनि सभामुखले सांसदहरुलाई बोल्न दिएका छन् । तनावकै बीच केही सत्ता पक्षका सांसदहरुले आफ्नो धारणा राखेका थिए । प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने निर्णय गर्दै प्रदेशसभामा प्रस्ताव लगेपछि तनाव बढेको हो । सोही क्रममा आक्रोशित प्रमुख प्रत...