२०८१ मंसिर ५

Author: Raunak

यस्ता छन् मन्त्रिपरिषदका निर्णय: लोकसेवा विज्ञापन खोल्नेदेखि करको दर घटाउनेसम्म

यस्ता छन् मन्त्रिपरिषदका निर्णय: लोकसेवा विज्ञापन खोल्नेदेखि करको दर घटाउनेसम्म

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । सरकारले केही करका दर घटाउने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक ऐन २०७७ को दफा १८ को उपदफा १ अन्तर्गत रहेका करका दरहरु घटाउने निर्णय गरेको हो । आजै यसबारे राजपत्रमा सूचना प्रकाशन गरिने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।  यस्तै, उद्योग विभागमा रहेको एकलबिन्दु सेवाकेन्द्र र खानी विभाग अन्तर्गत रहेको पेट्रोलियम अन्वेषण परियोजना र ग्रामिण उद्योग तथा विप्रेषण आयोजनाका लागि २८ कर्मचारीको अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ ।  आगामी २० र २१ गते भर्चुअल रुपमा हुने नेपाल बंगलादेश वार्ताका लागि उद्योग सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा १२ सदस्यीय नेपाली वार्ता टोली गठन गर्ने निर्णय गरेको मन्त्री ज्ञवालीले बताए ।   Advertisement यस्तै कानून, न्याय तथा संसदीय मा...
बिहान १०ः१९ बजे दशैँको टीकाको उत्तम साइत

बिहान १०ः१९ बजे दशैँको टीकाको उत्तम साइत

सामाजिक
साभार: रातोपाटी काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ ।  दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।  यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ । नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ । घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दु...
नक्कली इन्सपेक्टरले लगाएको सक्कली बर्दी, कहाँबाट ल्याए ?

नक्कली इन्सपेक्टरले लगाएको सक्कली बर्दी, कहाँबाट ल्याए ?

देश, राजनीति, समाचार
साभार: रातोपाटी पर्सा । बुधबार प्रहरी निरीक्षक (इन्सपेक्टर) को पोशाकमा ठगी गर्दै आएका बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोलका २९ वर्षीय अजयकुमार रायलाई पर्सा प्रहरीले पक्रेको छ । रायले लगाएको इन्सपेक्टरको बर्दी सक्कली रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साकी प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तका अनुसार रायले लगाएको पोशाक नेपाल प्रहरीले लगाउने सक्कली बर्दी हो ।  बर्दीसहित पक्राउ परेका रायले प्रहरीको बर्दी कहाँबाट ल्याए ? प्रहरी संगठनमा चासोको विषय बनेको छ । रायले बर्दी कहाँबाट ल्याए अनुसन्धान भइरहेको एसपी पन्त बताउँछिन् । काठमाडौँबाट किनेर ल्याएको रायले प्रहरी समक्ष बयान दिएका छन् । यद्यपि कुन टेलरमा सिलाउन दिएको खुलाएका छैनन् ।  कामको सिलसिलामा पोशाक च्यातिएको खण्डमा प्रहरी कर्मचारीले जुनसुकै बेलामा पनि पोशाक सिलाउन सक्ने नेपाल प्रहरीका प्रवक्ता...
डा केसीको सत्याग्रहमा साझा पार्टीको ऐक्यवद्धता

डा केसीको सत्याग्रहमा साझा पार्टीको ऐक्यवद्धता

देश, राजनीति, समाचार
साभार: रातोपाटी साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बुधबार अनसनरत डा गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालको सत्याग्रह स्थलमै भेटी उनको मागमा ऐक्यवद्धता व्यक्त गरेका छन्। संयोजक मिश्रले अनसनको लामो समय भइसकेकाले तत्काल समिति बनाएर सार्थक वार्ता गरी केसीको जीवन रक्षा गर्न सरकारलाई आह्वान गरेका छन्।  मिश्रसँगै केसीलाई भेट्न पुगेका पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले  भुँईमान्छेको लागि एक बुँद पानी समेत नखाई १८औं दिन सम्म कठोर आमरण अनसनमा बस्दा पनि सरकारले अनदेखा गर्नु गैर जिम्मेवारीको पराकाष्ठा भएको टिप्पणी गरे। Advertisement ‘डाक्टर केसी जनताका लागि हाड-छाला सुकाएर, ओँठ कलेटी पारेर २ हप्ता अघिबाटै आमरण अनशनमा हुनुहुन्छ । यस्तो संवेदनशील विषय उठान गर्दा समाजवाद उन्मुख राज्यले ती मागको अपनत्व महशुस गर्नु त कता हो कता केसीका माग सम्...
जैविक विविधता संरक्षणका लागि दिगो लगानी सुनिश्चित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

जैविक विविधता संरक्षणका लागि दिगो लगानी सुनिश्चित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्रको रुपमा रहेको तथा नेपालले जैविक विविधता संरक्षणको ११ औँ लक्ष्य हासिल गरिसकेको भन्दै सन् २०३० सम्ममा संरक्षित भूभाग ३० प्रतिशत पुर्याउने योजना रहेको बताएका छन् । संयुक्त राष्ट्संघको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनमा सम्बोधन गदै प्रधानमन्त्री ओलीले सोे कुरा बताएका हुन् ।  उनले जैविक विविधता संरक्षणको लागि दिगो लगानी सुनिश्चित गर्न आवश्यक भएको पनि बताएका छन् । ‘जैविक विविधताका स्रोतहरू हाम्रा जीवन धान्ने आधार हुन् । यी स्रोतबाट स्वच्छ हावा, शुद्ध पानी, खाद्यान्न तथा जीविकोपार्जन,  खनिज तथा औषधिउपलब्ध हुन्छ साथै मानव जीवन तथा अर्थतन्त्र चल्ने गर्दछ’,प्रधानमन्त्रीले सम...
औद्योगीकरणलाई सन्तुलित ढंगले अगाडि लैजाने गरी नीति लिइएको छ : उद्योगमन्त्री भट्ट

औद्योगीकरणलाई सन्तुलित ढंगले अगाडि लैजाने गरी नीति लिइएको छ : उद्योगमन्त्री भट्ट

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारी उद्योगहरु निजीकरण भएपछि पनि किन रुग्ण उद्योगमै सिमित भए भन्ने सम्बन्धमा अध्ययन सुरु गरिएको बताएका छन् । आफु मन्त्रालयमा आए देखि अहिले सम्मको कार्यप्रगति सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले मन्त्रालयका पूर्व सचिवको नेतृत्वमा उच्च स्तरिय समिति गठन गरी निजी क्षेत्रबाट सञ्चालन हुन नसकेका रुग्ण उद्योगको अध्ययन गरिएको बताए । त्यस्तै सरकारी स्तरबाट सञ्चालित उद्योगहरु पनि किन प्रभावकारी रुपमा सञ्चालन हुन सक्दैनन भन्ने सम्बन्धमा आफूले अध्ययन सुरु गरिसकेको बताए । यसबाहेक विशेष आर्थिक क्षेत्रको कार्य क्षेत्र के हो र के विषयमा जोड दिए सहजै सञ्चालनमा आउन सक्छ भन्ने सम्बन्धमा समेत आफू केन्द्रीत भएको मन्त्री भट्टले बताए । विशेषगरी औद्योगीकरणलाई कसरी सन्तुलित ढंगले अगाडि ...
प्रधानसेनापति थापाको पिसिआर रिपोर्ट नेगेटिभ

प्रधानसेनापति थापाको पिसिआर रिपोर्ट नेगेटिभ

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी प्रधानसेनापति थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ । Advertisement प्रधानसेनापति निवासको भान्छामा कार्यरत १ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका थिए । ...
पेप्सिकोलामा ग्यास बिस्फोट हुँदा ५ जना घाइते

पेप्सिकोलामा ग्यास बिस्फोट हुँदा ५ जना घाइते

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामास्थित पेप्सिकोलामा  ग्यास सिलिन्डर लिक भइ बिस्फोट हुँदा ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मिना खड्का रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । Advertisement घाइते उनीहरूको नजिकैको मदर ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पर्वत कार्कीको अवस्था सामान्य छ । खाजा बनाउनको लागि ग्यासको रेगुलेटर खोलेर लाइटर बाल्ने  क्रममा ग्यास लिक भएको प्रहरीको भनाइ छ । ग्यास बिस्फोटबाट घरधनी कृष्ण कार्कीको घरमा क्षति पुगेको छ । ...
ऐतिहासिक दरबारहरु उठ्ने तरखरमा

ऐतिहासिक दरबारहरु उठ्ने तरखरमा

देश, समाचार
साभार: रातोपाटी काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरु यतिबेला उठने तरखरमा छन् । दरबारहरुको मौलिकताको अधिकतम सुरक्षा हुने गरी पुनर्निर्माणको काम भइराखेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । काठमाडौंका ऐतिहासिक सिंहदरबार, केसरमहल, बालमन्दिर, बबरमहल लगायतका दरबारहरुको प्रबलिकरण विधिमार्फत पुननिर्माणको काम भइराखेको हो ।  २०७२ सालको भूकम्पबाट क्षति भएका सिंहदरबारको मूख्य प्रशासनिक भवन सहित काठमाडौंमा रहेका केसरमहल, बाल मन्दिर र बबरमहल दरबार विस्तारै उठने प्रक्रियामा छन । दरबारहरुमा रहेका ऐतिहासिक पुरातात्विक सम्पत्तिहरुको मौलिकतामा कुनै क्षति नहुने गरी राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्रबलिकरण विधिमार्फत पुननिर्माण गरिरहेको छ । प्राधिकरणका अनुसार सिंहदरबारको मूख्य प्रशासनिक भवनको पूर्वपट्टीको भागको सम्पूर्ण कार्य आगामी मं...
चीनका लागि नेपाली राजदूतको अभिव्यक्तिप्रति काँग्रेस नेताहरुको आपत्ति : सरकारको आधिकारिक धारणा माग

चीनका लागि नेपाली राजदूतको अभिव्यक्तिप्रति काँग्रेस नेताहरुको आपत्ति : सरकारको आधिकारिक धारणा माग

देश, राजनीति, समाचार
साभार: सेतोपाटी काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्र  बहादुर पाण्डेको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुले आपत्ति जनाएका छन् । हुम्लामा चीनले अतिक्रमण गरेको नेपाली भूमिको विषयमा आएको सरकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको काँग्रेसले राजदूत पाण्डेले चिनियाँ शासनप्रणाली अनुकरणीय भन्दै दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएको छ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा विवाद भइरहेका बेला चीनका लागि राजदूत पाण्डेले दिएको अभिव्यक्तिप्रति प्रश्न उठाएका हुन् । ‘जननिर्वाचित संविधान सभाद्वारा जारी संघीय लोकतान्त्रिक प्रणाली हटाएर चिनियाँ शासन प्रणाली अनुकरण गर्नका लागि नेपाल सरकारले चीनका लागि राजदूत पठाएको हो र?,’निधिको प्रश्न छ । निधिले सत्ताधारी दलका यी र यस्ता अभिव्यक्तिका कारण वर्तमान राजनीति...