२०८१ मंसिर ५

Author: Raunak

बाघको आक्रमणबाट रौतहटमा दुईजना घाइते, एक बेपता

बाघको आक्रमणबाट रौतहटमा दुईजना घाइते, एक बेपता

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी रौतहट । बाघको आक्रमणबाट रौतहटको चन्द्रपुरमा दुई जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका–६  रंगपुर साझेदारी वन क्षेत्रमा बाघले दुुईजना माथि आक्रमण गरेको हो । चन्द्रपुर–६ का २७ वर्षीय संगम भण्डारी दिउँसो घाँस लिन जङ्गल गएको र अबेर सम्म फर्केर नआउपछि भण्डारीलाई खोज्न मङ्गलबार साँझ ७ बजेको समयमा जङ्गल गएका गाँउलेहरुलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । Advertisement बाघको आक्रमणमा परेर चन्द्रपुर–६ का ३० वर्षका अशोक थापा र ३४ बर्षका प्रविण श्रेष्ठ घाईते भएको र उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् । घास लिन गएका भण्डारीको खोजीका लागि बुधबार बिहानै देखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्...
गुणस्तरहीन स्यानिटाइजरमाथि धमाधम विभागको कारवाही, थप दुई उत्पादनमाथि लाग्यो प्रतिबन्ध

गुणस्तरहीन स्यानिटाइजरमाथि धमाधम विभागको कारवाही, थप दुई उत्पादनमाथि लाग्यो प्रतिबन्ध

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
साभार: रातोपाटी काठमाडौं । कोरोना महामारीसँगै बजारमा आएका स्यानिटाइजरको गुणस्तर परीक्षणको कामलाई औषधि व्यवस्था विभागले तिव्रता दिएको छ । पछिल्लो समय विभागले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने दुई कम्पनीको उत्पादन बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन दिएको छ ।  विभागले बुधबार एक सूचनामार्फत सेफ ह्याण्ड २०० एमएल र ह्याण्ड रब इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर १ लिटरको परीक्षणका क्रममा न्यून गुणस्तर रहेको पाइएकाले प्रतिबन्ध लगाइएको जनाएको छ ।  Advertisement हालसम्म विभागले बिक्री वितरणमा प्रतिबन्ध लगाएका ह्याण्ड स्यानिटाइजरको संख्या २० पुगेको छ ।  असोज १२ गते पनि औषधि व्यवस्था विभागले ९ वटा स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको थियो ।  ...
वामदेव गौतमको सुनुवाइ संवैधानिक इजलासमा तोकियो

वामदेव गौतमको सुनुवाइ संवैधानिक इजलासमा तोकियो

देश, राजनीति, समाचार
साभार: रातोपाटी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले नेकपाका उपाध्यक्ष वामदेव गौतम विरुद्ध संसदको सदस्य बन्न अयोग्य रहेको दावी गर्दै हालेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासबाट फैसला हुने भएको छ ।  उक्त मुद्धालाई आजको पेसी सूचीमा इजलास नं. पूर्ण १ मा राखिएको छ ।  यो संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अतिरिक्त न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र इश्वर खतिवडा छन् ।  असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमले संसद सदस्य भन्दा माथिको पद लिन नपाउने अन्तरिम आदेश गर्दै आजको लागि सुनुवाई तोकेको थियो ।  Advertisement सर्वोच्चको आदेशमा भनिएको थियो, ‘संवैधानिक नैतिकताका सिद्धान्त समेतलाई दृष्टिगत गरी दीर्घकालसम्म स्थायी संवैधानिक मान्यता क...
बाँकी सेवाहरु सुचारु गर्न मन्त्रालयको प्रस्ताव पर्खिने सीसीएमसीको निर्णय

बाँकी सेवाहरु सुचारु गर्न मन्त्रालयको प्रस्ताव पर्खिने सीसीएमसीको निर्णय

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी) निर्देशक समितिले निषेधाज्ञापछि सेवा सञ्चालन गर्न बाँकी रहेका क्षेत्रहरु खोल्ने सम्बन्धमा सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निर्णय गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले कोभिड १९ का कारण रोकिएका बाँकी सेवाहरु सूचारु गर्ने सम्बन्धमा अध्ययन गरी सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निष्कर्षमा पुग्ने निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले खोल्न बाँकी रहेका क्षेत्रहरु सूचारु गर्ने सम्बन्धमा अध्ययन गरी प्रस्ताव ल्याउने सम्बन्धमा निर्णय भएको बताए । उनले भने– ‘खोल्न बाँकी रहेका सेवाहरु सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर त्यसको स्थिति के छ र के कसरी सञ्चालन गर्न सकिन्छ त्यसको खाका पनि तयार...
सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

देश, समाचार, सामाजिक
साभार: रातोपाटी बझाङ प्रहरीले  सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो ।     यही  असोज ७ गते  मष्टा गाउँपालिका –२ खिकालाकी १२ वर्षीया कामीको हत्या भएको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी कामीको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्नावस्थामा फेला परेको थियो । अभियुक्त बोहराविरुद्ध अर्की एक बालिकामाथि पनि जबर्जस्ती करणी गरेको जाहेरी  परेको छ । सोही ठाउँकी १३ वर्षीयालाई जबर्जस्ती करणी गरेको जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  Advertisement जिल्ला प्रहरी कार्यालयले आज गरेको पत्रकार सम्मेलनमा  प्रहरी नायब उपरीक्षक रुपक खड्काले  बोहराले बलात्कारपछि हत्या गरेको सबै प्रमाण रहेको जिकिर गरे । अभियुक्त बोहराले भने सो विषयमा मुख खोलेका छैनन्  । आ...
निर्मला बलात्कार–हत्या अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको निलम्बन फुकुवाको बाटो खुल्यो

निर्मला बलात्कार–हत्या अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको निलम्बन फुकुवाको बाटो खुल्यो

देश, समाचार, सामाजिक
प्रहरी नियमावलीको नियम–११५ संशोधन साभार: रातोपाटी काठमाडौं । निर्मला पन्तको बलात्कार–हत्याबारे अनुसन्धान गर्ने डिएसपी अंगुर जिसी सहितका प्रहरी अधिकृतको निलम्बन फुकुवा गर्ने बाटो खुलेको छ । मन्त्रिपरिषद्ले प्रहरी नियमावली संशोधन गरेसँगै उनीहरुलाई निलम्बन फुकुवा गर्ने बाटो खुलेको हो । असोज–८ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमाबलीको नियम–११५ संशोधन गरेको छ । नियम–११५ मा कुनै पनि फौजदारी अभियोग लागेका प्रहरी कर्मचारीले अदालतबाट सफाई पाउने गरी अन्तिम फैसला नहुन्जेलसम्म निलम्बनमा राखिने व्यवस्था थियो । तर, सो बुँदा संशोधन गरेर ‘अदालतको एक तहबाट सफाइ पाउने गरी फैसला भएमा निलम्बन फुकुवा हुने’ व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालय कानुन शाखाका एक अधिकृतले रातोपाटीलाई बताए । अदालतबाट साधारण तारेखमा रिहा भएका प्रहरी कर्मचारीचाहि जागिरमा फर्कन पाउने व्यवस्था थियो । निर...
उपत्यकाका मेयर भन्छन्–अब लकडाउन हैन, कोरानासँग लड्दै काम गरौँ

उपत्यकाका मेयर भन्छन्–अब लकडाउन हैन, कोरानासँग लड्दै काम गरौँ

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । सबैभन्दा धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । काठमाडौंमा जारी निषेधाज्ञा हटाउनुका साथै लामो दुरीको सवारी सञ्चालन हुन थालेपछि काठमाडौं उपत्यका कोरोना संक्रमणको केन्द्र बनेको छ ।  पछिल्लो समय देशभरीको कोरोना संक्रमणको आँकडाको तुलना गर्दा उपत्यकामा दैनिक ५० देखि ६० प्रतिशत हाराहारी कोरोना संक्रमित फेला पर्न थालेका छन् । उपत्यकामा नगर प्रमुखहरुमा समेत कोरोना संक्रमण हुन थालेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य उपचारपछि फर्किएका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ आइसोलेसनमा रहेका छन् ।  राजधानी प्रवेश गर्ने प्रमुख नाकाको रुपमा रहेको नागढुङ्गा नाका काठमाडौंको चन्द्रागिरी नगरपालिका अन्तर्गत पर्छ । सो नगरपालिकामा ६ जनाको संक्रमणबाट निधन भएको छ । २५ जना अस्पताल र ८५...
कोरोनाबाट थप १० को मृत्य, ३४ जना भेन्टिलेटरमा

कोरोनाबाट थप १० को मृत्य, ३४ जना भेन्टिलेटरमा

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी बितको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप १० जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । मृतकमा ३ महिला र ७ पुरुष रहेको उनले बताए ।   मृतकमा काठमाडौंमा ५७ वर्षीया महिला, ६० र ७० वर्षीय पुरुष रहेका छन् । यस्तै बाँकेमा ७६ वर्षीया महिला, ५३ र ३९ वर्षीय पुरुष रहेका छन । यस्तै मोरङमा ६८ वर्षीय पुरुष, सर्लाहीमा ७२ वर्षीया महिला, महोत्तरीमा ५८ वर्षीय पुरुष र चितवनमा ५५ वर्षीय पुरुष रहेका छन् ।  Advertisement यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४९१ पुगेको छ । यस्तै देशभर आईसीयूमा २१३ जना रहेका छन् भने भेन्टिलेटरमा ३४ जना रहेका छन् । ५०० बढी संक्रमित रहेको जिल्ला ७ वटा रहेका छन् ।  ...
कोरोना रोकथाम र उपचारमा चन्द्रागिरिको दुई करोड २७ लाख खर्च

कोरोना रोकथाम र उपचारमा चन्द्रागिरिको दुई करोड २७ लाख खर्च

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख खर्च गरेको छ ।  काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ का कारण नेपाल सरकारले बन्दाबन्दी गरेपछि क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामाग्री खरीद, राहत वितरणलगायतका शीर्षकमा हालसम्म उक्त रकम खर्च गरेको हो ।  नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोभिड–१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख १६ हजार ९५९ खर्च भएको जानकारी दिए ।  नगरपालिकाले विभिन्न वडाका गरिब, विपन्न परिवारलाई राहत वितरणका लागि रु एक करोड ६४ लाख ३१ हजार, स्वाव परीक्षण, औषधि खरिद, स्प्रे, प्रचार–प्रसार, एम्बुलेन्स सञ्चालनका लागि रु ४० लाख ८१ हजार, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनका लागि रु २२ लाख तीन हजार खर्च गरेको...
नेपाली सेनामा रोकिएको भर्ना प्रक्रिया पुनः सुरु (सूचनासहित)

नेपाली सेनामा रोकिएको भर्ना प्रक्रिया पुनः सुरु (सूचनासहित)

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले कोरोनाभाइरसका कारण रोकिएको भर्ना प्रक्रिया पुनः सुचारु गरिएको जनाएको छ । निर्देशनालयले गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापन कोरोनाका कारण चैत ६ गते स्थगित गर्ने निर्णय गरेकोमा मंगलबार एक सूचना प्रकाशित गरेर पुनः सुचारु गरिएको जानकारी दिएको हो ।  यस्तै भर्ना छनौटसम्बन्धी विस्तृत जानकारी सेनाको वेबसाइटका साथै सेनाकै मोबाइल एप्स ‘नेपाली आर्मी’ मा हेर्न सकिने छ । यस्तै लोकसेवा आयोगको वेबसाइटमा समेत हेर्न सकिनेछ ।  Advertisement सेनाले थप जानकारी लिनु परेमा भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागको सम्पर्क नम्बर ४२४६९५० वा मोबाइल नम्बर ९८६३०३१५६१ सम्पर्क गर्न समेत सूचीत गरेको छ ।  ...