२०८१ मंसिर ५

Author: Raunak

राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा बने मनास्लु वल्र्ड कलेज का ब्रान्ड एम्बेसडर

राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा बने मनास्लु वल्र्ड कलेज का ब्रान्ड एम्बेसडर

अर्थतन्त्र, देश, नेपाली ब्रान्ड, समाचार
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा मनास्लु वर्ल्ड कलेजको ब्रान्ड एम्बेस्डर बनेका छन्। सोमवार मनास्लु कलेजले एक कार्यक्रमको आयोजना गरी सागरलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो। कार्यक्रममा सागर र कलेजबीच सम्भौतामा हस्ताक्षर भएको छ। कार्यक्रममा सागरले आफूलाई यति ठस्लो सम्मान दिएको भन्दै पाली खेलकुद क्षेत्रमा मनास्लु कलेजले चालेको यो पाईलाप्रति धन्यबाद दिएका थिए। साथै सागरले कलेजले आफूलाई दिएको जिम्मेबारीप्रति प्रतिबद्ध हुँदै अगाडि बढने बताए। कार्यक्रममा कलेजका अध्यक्ष गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान, कलेजका प्रिन्सिपल राजन श्रेष्ठ लगायत अन्य पदाअधिकारीहरुको उपस्थिति रहेको थियो। कलेजका अध्यक्ष गेन्द्र लामाले मनास्लु कलेज शिक्षा मात्र नभएर खेलकुद क्षेत्रमा पनि योगदान गर्ने उद्देश्यले अगाडि बढेको र अगामी दिनमा कलेजले खेलकुद क्षेत्रमा बिभिन्...
बिहीबारदेखि राजधानीका १० ठाउँमा सरकारले सहुलियत पसल सञ्चालन गर्ने

बिहीबारदेखि राजधानीका १० ठाउँमा सरकारले सहुलियत पसल सञ्चालन गर्ने

देश, राजनीति, समाचार, सामाजिक
Credit: CLICKMANDU काठमाडौं  । दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले आगामी मङ्सिर ७ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन् । खाद्य कम्पनीले काठमाडौं उपत्यकाका ७ बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा रहेका बिक्री काउन्टरमा नै सुपथ मूल्य सञ्चालन गर्ने र सम्भाव्यताका आधारमा बाहिरका जिल्लामा समेत पसल सञ्चालन गरिने कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा दुई कम्पनीलाई काठमाडौैं उपत्यकामा ५/५  स्थानमा सुपथ मूल्यका पसल सञ्चालनको अनुमति दिइएको हो । सोही अनुमतिका आधारम...
‘५० हजार गैरसरकारी संस्था चाहिन्छ ?’

‘५० हजार गैरसरकारी संस्था चाहिन्छ ?’

देश, राजनीति, समाचार
साभार: रातोपाटी प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले ५० हजार गैरसरकारी संस्था दर्ता भएको र नियमानुसार नवीकरण नहुने देखिएकालगायत विषयमा समाजकल्याण परिषद्लाई आफ्नो अवस्था, दूरदृष्टि र देशको आवश्यकता समीक्षा गर्न निर्देशन दिएको छ । सिंहदरबारमा समितिको कार्यालयमा आज बसेको बैठकले नवीकरण नगर्ने संस्थालाई खारेज गरेको पनि नदेखिएको हुँदा आफ्नो समीक्षा गर्न निर्देशन जारी गरेको हो ।  गैरसरकारी संस्थाका कार्यक्रम सबै तहमा कार्यान्वयन हुने  तर परिषद्को उपस्थिति केन्द्रीय तहमा मात्र रहनाले परिषद्ले गर्ने समन्वय प्रभावकारी नहुने निश्चित भएको र कतिपय संघसंस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर मात्रै पनि सञ्चालनमा छन् । Advertisement निर्देशनमा भनिएको छ, ‘नवीकरण नहुने संस्थालाई खारेज गरेको पनि देखिँदैन, हाम्रो जस्तो देशका लागि ५० हजारभन्दा बढी गैरसर...
पुनरकर्जाको आवेदन दिने समय थपियो

पुनरकर्जाको आवेदन दिने समय थपियो

देश, राजनीति, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौं । ५ प्रतिशत ब्याजदरमा १० करोडसम्म ऋण पाइने नेपाल राष्ट्रको पुनरकर्जाको लागि आवेदन दिने म्याद थप भएको छ । राष्ट्र बैंकले असोज १४ गतेसम्मका लागि यसअघि निर्धारण गरेको आवेदन दिने अवधिलाई बढाएर असोज मसान्तसम्म पुर्याएको हो ।  बैंकले कोरोना रोकथामका लागि आह्वान भएका लकडाउन, निषेधाज्ञा जस्ता कारणले समय बढाइदिन अनुरोध भई आएकोले यस्तो म्याद बढाइएको जनाएको छ । पुनकर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका र कोभिड–१९ को महामारीबाट प्रभावित व्यवसायलाई ब्याजदरमा सहुलियत दिने व्यवस्था गरिएको छ । अहिले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा र विशेष पुनरकर्जा गरी ३ प्रकारले कर्जा विभाजन गरी १० करोडसम्म कर्जा प्रवाह गर्नेगरी पुनरमर्जा कार्यविधि बनेको छ ।  Advertisement लघु, घरेलु तथा साना उद्यम पुनरकर्ज...
पौडेलसहित काँग्रेसका २७ केन्द्रीय सदस्यले बुझाए देउवालाई विरोधपत्र (पूर्णपाठ)

पौडेलसहित काँग्रेसका २७ केन्द्रीय सदस्यले बुझाए देउवालाई विरोधपत्र (पूर्णपाठ)

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलमहामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका २७ केन्द्रीय सदस्यले सोमबार सभापति शेरबहादुर देउवालाई विरोधपत्र बुझाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर नेताहरुले देउवालाई हस्तान्तरण गर्नेगरी सो विरोधपत्र दर्ता गराएका हुन् । विरोधपत्रमा पार्टी विधानसम्मत सञ्चारन गरी १४ औं महाधिवेशन स्वच्छ र निष्पक्ष ढंगले गर्न माग गरिएको छ ।  ‘नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ । विधानतः चार बर्षको कार्यकालभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था छ । तर चार वर्षको कार्यकाल भित्र महाधिवेशनको कुनै तयारी भएन । हामीले समयावधि भित्रै महाधिवेशनको लागि निरन्तर आवाज उठायौं, तर सभापतिज्यूले यसबारे कुरै सुन्न चाहनु भएन’, पत्रमा भनिएको छ, ‘त्यसैले ती प्रयास निरर्थक भए । जब चार वर्षको वैधानिक कार्यकाल...
कोरोनाबाट थप ४ को मृत्यु, मृतकको कुल संख्या ४ सय ८१ पुग्यो

कोरोनाबाट थप ४ को मृत्यु, मृतकको कुल संख्या ४ सय ८१ पुग्यो

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । आज सुनसरीमा ३८ वर्षीया र भक्तपुरमा ५१ वर्षीया महिलाको मृत्यु भएको  छ । यस्तै बाँकेमा ४७ वर्षीय र गुल्मीमा ३४ वर्षीय महिलाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ । Advertisement आज नेपालमा १३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको सख्या ७४ हजार ७ सय ४५ पुगेको छ । ...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

देश, समाचार
साभार: रातोपाटी मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।  महाशाखाका अनुसार हाल भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेको छ।  यसैगरी, हाल  देशका पहाडी भूभागमा आंशिक देखी सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ ।  Advertisement यस्तै, आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५नं प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।  भने, राति प्रदेश नं १ र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा  हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ। ...
बलात्कारको घटना घरमै गुपचुप बनाउँदाको परिणाम सम्झना बलात्कार/हत्या प्रकरण

बलात्कारको घटना घरमै गुपचुप बनाउँदाको परिणाम सम्झना बलात्कार/हत्या प्रकरण

देश, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौँ । भदौको अन्तिम साता सप्तरीमा सामुहिक बलात्कारको शिकार भएकी एक किशोरीले आत्महत्या गरिन् । बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउनुको साटो पीडितलाई नै मिलापत्र गर्न समाजले दबाब दिएपछि ती किशोरीले आत्महत्या गरेकी थिइन् । बलात्कारजस्तो जघन्य अपराधविरुद्ध कानुनी कारवाही प्रक्रियामा हुने ढिलाइले निम्त्याउन सक्ने परिणाम बुझ्न उक्त घटना एउटा गतिलो पाठ बनेको छ । बलात्कारमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन ढिलाइ हुँदा निम्तिने दुष्परिणामको अर्को उदाहरण हो सम्झना विक बलात्कार र हत्या प्रकरण । बलात्कारीलाई समयमै प्रहरी प्रशासनसमक्ष उभ्याएर कारवाहीको दायरामा ल्याइएको भए बझाङ, मष्टा गाउँपालिका–२ की १२ वर्षीय बालिका सम्झना विकले सायद आज अकालमा ज्यान गुमाउनु पर्दैन थियो होला । किनकि, उनको बलात्कार र हत्याको आरोपमा पक्राउ ...
व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण

व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण देखिएको छ। आइतबार स्वाब परीक्षणका लागि दिइएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको ढकालले जानकारी दिएका छन्। तर आफूलाई स्वास्थ्यमा खासै समस्या नरहेको उनको भनाइ छ। Advertisement ‘आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ आयो,’ उनले भने, ‘तर मलाई स्वास्थ्यमा कुनै समस्या छैन। घरमै सुरक्षित रूपमा आइसोलेसनमा बसेको छु।’ उनले केही दिनयता आफूसँग सम्पर्कमा आएकाहरूलाई सुरक्षित रहन र आवश्यक सजगता अपनाउन पनि आग्रह गरेका छन्। जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सतर्कता अपनाइरहे पनि आफूमा कोरोना देखिएको ढकालको भनाइ छ। ...
‘पर्यटक आउन तयार छन्, ल्याउन तयार छैन सरकार’

‘पर्यटक आउन तयार छन्, ल्याउन तयार छैन सरकार’

देश, राजनीति, समाचार
साभार: सेतोपाटी सरकारले कात्तिक १ गतेदेखि पदमार्ग खुला गर्ने निर्णय गरेसँगै विदेशी पर्यटक नेपाल घुम्न आउन चाहेका छन्।  नेपालमा पदयात्रा खुलेको थाहा पाएर जर्मन नागरिक क्लज नेम्झाव र फ्रेन्च नागरिक जिन लुइसले नेपाल स्थित ट्रेकिङ एजेन्सीसँग परामर्श लिएका छन्।  पोखरास्थित इथिकल ट्रेकिङ एजेन्सी मार्फत उनीहरुले छिटो भन्दा छिटो आफूहरु मनास्लु क्षेत्र र अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न चाहेको बताएका छन्। त्यसो त बंगलादेश र भियतनामका ट्राभल एजेन्सीले नेपालमा पर्यटक घुम्न पठाउन चाहेको इथिकल ट्रेकिङ एजेन्सीका संचालक कृष्ण आचार्य बताउँछन्।  ‘सरकारले पर्यटन क्षेत्र खुला गरेको सूचनासहित पर्यटक र विदेशी एजेन्सीले सोध्ने गरेका छन्’, आचार्यले भने, ‘खुला गरेको छ भनौं कि नभनौं दोधारमा परेका छौं।’  आचार्य दोधारमा पर्नुका केही कारण छन्। सरकारले अहिलेसम्म अन्तर्राष्ट्रिय उ...