२०८१ मंसिर ४

Author: Raunak

बारामा बसले स्कुटरलाई ठक्कर दिँदा श्रीमान्, श्रीमती र छोराको मृत्यु

बारामा बसले स्कुटरलाई ठक्कर दिँदा श्रीमान्, श्रीमती र छोराको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी बारामा बसको ठक्करबाट स्कुटरमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो साढे ४ बजे जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित पुर्वपश्चिममा ना ४ ख ७२४४ नम्बरको बसले प्रदेश न २-०३-००४ प ४४४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। Advertisement निजगढबाट पथलैयातर्फ जाँदै गरेको बसले निजगढतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो। उक्त ठक्करबाट निजगढ नगरपालिका-१० का २५/२६ वर्षीय तिर्थ मान स्याङ्तान, उनकी श्रीमती २२/२३ वर्षीया ज्योती स्याङ्तान र  एक वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ। ती बालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। दुर्घटनापछि बसका चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक डिएसपी गौतम मिश्रले जानकारी दिए। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ...
साधारण खर्च घटाउने बेला भाग पुर्‍याउन मन्त्रालय फुटाउने तयारीमा प्रधानमन्त्री

साधारण खर्च घटाउने बेला भाग पुर्‍याउन मन्त्रालय फुटाउने तयारीमा प्रधानमन्त्री

देश, राजनीति, समाचार
Credit: CLICKMANDU काठमाडौं । कोरोनाको कारण अर्थतन्त्र समस्यामा परेको बेला साधारण खर्च घटाउनुपर्ने समयमा प्रधानमन्त्री उल्टो मन्त्रालयको संख्या बढाउने तयारी गरेका छन् । २०७४ सालमा करिब दुईतिहाई मतसहित निर्वाचित भएका प्रधानमन्त्री ओलीले पार्टीभित्र भाग पुर्याउनको लागि मन्त्रालयको संख्या थप्ने तयारी गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अहिलेको ऊर्जा तथा सिँचाई मन्त्रालय,उद्योग वाणिज्य आपूर्ति तथा भौतिक योजना मन्त्रालय तथा कृषि मन्त्रालयलाई फुटाउने तयारी भएको छ । संविधानले २५ वटा मन्त्री बनाउने सुविधा दिएको छ । अहिले २१ वटा मन्त्रालय छन् । जसमा २ वटा मन्त्रालयको जिम्मा प्रधानमन्त्री ओलीले लिएका छन् । बसन्त नेम्वाङलाई भौतिक योजनासँगै सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी तोकिएको छ । प्रधानमन्त्री सहित १९ वटा मन्त्री छन् भने ३ वटा राज्यमन्त्री रहेका छन् । ...
मकवानपुरमा खोलाले बगाउँदा एक दम्पतिको मृत्यु

मकवानपुरमा खोलाले बगाउँदा एक दम्पतिको मृत्यु

देश, समाचार, सामाजिक
साभार: रातोपाटी हेटौंडा । मकवानपुर  जिल्लामा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको  छ ।   मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पतिपत्नीको मृत्यु भएको हो । मकवानपुरगढी –६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार र उनकी पत्नी तुलसाको बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मकवानपुर गढीका प्रहरी नायब  उपरीक्षक कृष्ण केसीले जानकारी दिए । Advertisement उनीहरुलाई खोलाले बगाएर ६० फिट तलसम्म पुर्याएको थियो । यसअघि मकवानपुरका विभिन्न स्थानमा खोलामा शनिबार डुबेर तीन जनाको मृत्यु भएको  थियो ।  केही दिनयता परेको अविरल वर्षाले मकवानपुरका विभिन्न खोलामा पानीको वहाब तीव्र छ ।  ...
काठमाडौंपछि सबैभन्दा धेरै संक्रमित मोरङमा थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौंपछि सबैभन्दा धेरै संक्रमित मोरङमा थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । आइतबार काठमाडौंमा ६३३ जना कोरानाभाइरस संक्रमित थपिएका छन् । जसमा २३० महिला र ४०३ पुरुष रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंपछि सबैभन्दा धेरै मोरङमा १५२ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी ललितपुरमा १०४, भक्तपुरमा ७२ संक्रमित थपिएका छन् ।  मन्त्रालयका अनुसार आइतबार देशभर थप १५७३ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । संक्रमितमध्ये हालसम्म ५३ हजार ८९८ जना निको हुँदा सक्रिय संक्रमित १९ हजार १९ जना रहेका छन् ।  यसैगरी आइतबार थप १० जनाको मृत्यु भएको छ भने यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।  हाल देशभर २२५ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमणमुक्त रहेका छन् ।  Advertisement ...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

देश, समाचार
साभार: रातोपाटी मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।  महाशाखाले आज भारतको बिहारमा न्यून चापीय क्षेत्र  कमजोर हुने क्रममा रहेको जनाएको छ ।  महाशाखाले हाल  प्रदेश न. १ मा पूर्णतया बदली रहेको र बाँकी प्रदेशमा सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।  Advertisement यसैगरी, आइतबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम  प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा  मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  यस्तै, प्रदेश नं १ का  एक, दुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ। यस्तै, राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानह...
भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित २ जना पक्राउ

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित २ जना पक्राउ

देश, समाचार
Credit: OnlineKhabar ११ असोज, कञ्चनपुर । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई शनिबार साँझ सुनका गहनासहित पक्राउ गरेको हो । Advertisement डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई सुनका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । थापाका अनुसार दुवै जनाबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जन...
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

देश, राजनीति, समाचार
Credit: OnlineKhabar ११ असोज, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाएका छन् । Advertisement प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले आजको बैठक पनि नियमितजस्तै भएको बताए । ...
सशस्त्र प्रहरी बाह्रैमास छाङरुमा बस्ने

सशस्त्र प्रहरी बाह्रैमास छाङरुमा बस्ने

देश, राजनीति, समाचार
Credit: OnlineKhabar १० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छाङरुमै बस्ने भएको हो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासको छाङरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने बताए । उनले भने, हामीले सशस्त्र प्रहरीलाई बाह्रैमास बस्ने व्यवस्था मिलाउँदैछौं, गएको सशस्त्र प्रहरी तल फर्किदैन ।’ Advertisement शुक्रबार गृहमन्त्री रामबहादुर थापा र सशस्त्र प्रहरी प्रमुख खनालले सशस्त्र प्रहरीको भवनको शिलन्यास गरेका छन् । भवन समयमै सक्न ठेकेदारलाई निर्देशन भएको जनाउँदै उनले जे अवस्था रहे पनि सशस्त्र प्रहरीको व्यवस्थापन गरिने बताए । गत वैशाख ३१ गते व्यासको छांग...
सम्झना बिकको बलात्कारपछि हत्या गर्नेलाई कडा कारबाही गर्न नेविसंघको माग

सम्झना बिकको बलात्कारपछि हत्या गर्नेलाई कडा कारबाही गर्न नेविसंघको माग

देश, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बलात्कारीहरुको संरक्षण गर्न लागेको आरोप लगाएको छ । बधुबार बझाङको मष्टा गाउँपालिका की १२ वर्षीय बालिका सम्झना बिकको बलात्कारपछि हत्याको घटना हुँदा नेविसंघले यस्तो आरोप लगाएको हो ।  अपाराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरि काडाभन्दा कडा कानूनी कारबाही गर्न पनि संघले जोडदार माग गरेको छ । निर्मला पन्तदेखि सम्झना विकसम्मका घटनाहरु हेर्दा केपी ओली नेतृत्वको सरकार बलात्कारीहरुको संरक्षण गर्न लागेको नेविसंघका अध्यक्ष राजीव ढुंगानाद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ । 'लोकतान्त्रिक शासन व्यवस्था अँगालेको देशको सरकारको पहिलो कर्तव्य आम नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्नु हो । तर निर्मला पन्तदेखि सम्झना कामीसम्मका घटनाहरु हेर्दा केपी ओली नेतृत्वको वर्तमान सरकारले ...
भारतबाट रेल त आयो तर सञ्चालन हुने टुंगो छैन

भारतबाट रेल त आयो तर सञ्चालन हुने टुंगो छैन

देश, समाचार
साभार: रातोपाटी काठमाडौं । जनकपुर–जयनगर रुटका लागि रेल ल्याइए पनि सञ्चालनको टुङ्गो अझै लाग्न सकेको छैन । भौतिक संरचना तयार भएको लामो समयसम्म पनि रेलको इन्जिन र डिब्बा नहुँदा ती सबै संरचना मर्मत गर्नुपर्ने अवस्थामा पुगेको रेल्वेले भारतबाट इन्जिन र डिब्बा ल्याइसकेको अवस्थामा प्राविधिक तथा प्रशासनिक कर्मचारी, भौतिक संरचना मर्मत लगायतको अभावमा रेल सञ्चालन गर्न सकेको छैन ।  रेल सञ्चालनका लागि रेलको इन्जिन, डिब्बा, लिक लगायत सबै पूर्वाधार तयार भइसके पनि कहिलेबाट सञ्चालन हुन्छ भन्ने कुराको टुङ्गो अझै लाग्न नसकेको हो । ३५ किलोमिटर लामो रुटमा रेल सञ्चालनका लागि सातवटा स्टेशन छन् । त्यसका लागि कम्तीमा २०० जना कर्मचारी चाहिन्छ । हाललाई १२९ जना कर्मचारी माग गर्दै रेल्वे कम्पनी लिमिटेडले विज्ञापन गरेको छ । उक्त विज्ञापनअन्तर्गत आवेदन दिने अवधि असोज १२ गतेसम्मका लागि छ । रेल सञ्चाल...