२०८१ मंसिर ४

Author: Raunak

नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

देश, समाचार
Credit: OnlineKhabar ३० भदौ, चितवन । सोमबार राति खसेको पहिरोले अवरुद्ध बनेको नारायगणगढ-मुग्लिन सडकखण्ड मंगलबार दिउँसोबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलो नजिक विभिन्न ५ ठाँउमा झरेको पहिरो सफा गरेर दिउँसो साढे २ बजेदेखि सडक सञ्चालनमा ल्याइएको हो । Advertisement सडक आयोजनाका इन्जिनियर शिव खनालले डाँडाबाट लेदोसहितको झरेको हिलो र ढुंगा पन्छाएर सडक सञ्चालन गरिएको बताए । सोमबार राति अबेर सडक एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको भएपनि पुनः पानीसँगै पहिरो खस्न पुग्दा सडक अवरुद्ध बन्न पुगेको थियो । लामो समय सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्नु परेको थियो । ...
बलात्कार पीडित परिवारलाई यो सहरले लखेटी छाड्यो

बलात्कार पीडित परिवारलाई यो सहरले लखेटी छाड्यो

देश, समाचार, सामाजिक
Credit: OnlineKhabar ३० भदौ, काठमाडौं । गत ७ असारमा उनका श्रीमान प्रहरी हिरासतमा पुगे । त्यो पनि, आफ्नै छोरी बलात्कारको अभियोगमा । त्यसपछि सुरु हुन्छ, शिखा (नाम परिवर्तन) को वियोगान्त कथा । शिखाको खुट्टामा जन्मजात समस्या छ । लठ्ठीको सहाराले पनि उनलाई पाइला सार्न धौधौ पर्छ । तर, घिस्रिएरै भए पनि यो धर्तीमा उनले ३८ वर्ष बिताइसकिन् । शारीरिक अशक्तताका कारण अपमानका थुप्रै जंघारहरु पार गरिन् । तर, लकडाउनले सिंगो देश ठप्प भएका बेला उनीमाथि यो शहरले जुन तिरस्कारको भारी घोप्ट्याइदियो, त्यो उनका लागि सबैभन्दा असह्य थियो । सहनै नसक्ने । शिखा आँखा भरिला पार्दै भन्छिन्, ‘सडकका लावारिस पशुलाई पनि यस्तो व्यवहार गर्दैनथे होला, जुन व्यवहार ममाथि भयो ।’ **** सानै उमेरमा पति वियोगले काठमाडौंमा अलपत्र परेकी शिखाले ऊन बाट्ने र कारखानामा धागो डल्ला पार्ने काम गरेर जीवन घचेटिरहेकी थि...
प्रहरीकै छोराको रहस्यमय मृत्युमा गम्भिरतापूर्वक अनुसन्धान नभएको गुनासो

प्रहरीकै छोराको रहस्यमय मृत्युमा गम्भिरतापूर्वक अनुसन्धान नभएको गुनासो

देश, समाचार
Credit: OnlineKhabar ३० भदौ, काठमाडौं । नेपाल प्रहरीकै एकजना सदस्यको छोराको रहस्यमय मृत्यु प्रकरणको अनुसन्धानमा प्रहरीले गाम्भिर्यता नदेखाएको पीडित परिवारले गुनासो गरेको छ । जिल्ला प्रहरी कार्यालय, वीरगञ्जमा कार्यरत प्रहरी हवल्दार मनिभुषण यादवका ९ वर्षीय छोरा सुमितकुमार यादवको मृत्यु प्रकरणमा अनुसन्धान गर्न प्रहरी उदासीन देखिएको परिवारले गुनासो गरेको हो । बाराको देउताल गाउँपालिका–५, धुराहास्थित घरबाट हवल्दार पुत्र सुमित गत १९ भदौमा हराएका थिए । तत्काल खोजतलासका लागि प्रहरीलाई आग्रह गरिएको थियो । त्यसक्रममा भोलिपल्ट उनको शव गाउँबाट दुई किलोमिटर पूर्वतिरको पोखरीमा भेटिएको थियो । मृतकका हजुरबुबा मुसाफिर यादव अनकन्टार ठाउँमा भएको पोखरीमा सुमित एक्लै गए भन्ने विषय नै शंकास्पद भएको बताउँछन् । प्रहरीले प्रारम्भिक अनुसन्धान नै नगरी डुबेर मृत्यु भएको जस्तो गैरजिम्मेवार प्रत...
भारतले प्याज निर्यात रोक्यो, नेपालमा ह्वात्तै बढ्यो मूल्य

भारतले प्याज निर्यात रोक्यो, नेपालमा ह्वात्तै बढ्यो मूल्य

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
Credit: OnlineKhabar ३० भदौ, काठमाडौं । भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमासमेत प्याज पाइनै छाडेको छ । आक्कल झुक्कल कुनै पसलमा पाइने प्याज पनि अचाक्ली महँगो छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले भारतले प्याज निर्यात रोकेको जानकारी दिए । भारतबाट २९ भदौदेखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरु बताउँछन् । काठमाडौंको कालिमाटीस्थित तरकारी बजारमा आलु-प्याजको होलसेल व्यापार गर्दै आएका दधिराम उप्रेतीले भने, ‘भारतबाट प्याज आउन छोडेपछि नेपालमा पनि पाउनै छोड्यो ।’ Advertisement कुनै व्यापारीहरुसँग भएको प्याज पनि महँगोमा बिक्री भइरहेको छ । व्यापारीहरुले एक किलो प्याजको मूल्य ८० रुपैयाँभन्दा बढी लिने गरेको उपभोक्ताहरु बताउँछन् । जबकी अघिल्लो दिनसम्म प्याज ६६ रुपैयाँ प्रतिकिलोमा पाइन्थ्यो । भारतले निर्यात रोकेको बहानामा व्यापार...
नेकपाको सर्कुलर : यस्तो छ ओली–प्रचण्डको कार्यविभाजन

नेकपाको सर्कुलर : यस्तो छ ओली–प्रचण्डको कार्यविभाजन

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । नेकपाका दुई अध्यक्षको कार्यविभाजनबारे नेकपाले आफ्नो आन्तरिक सर्कुलरमा थप प्रष्ट पारेको छ । स्थायी समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्ताव अनुमोदन गरेसँगै सोमबार पार्टीपंक्तिमा जारी गरिएको आन्तरिक सर्कुलरमा ओली र प्रचण्डको कार्यविभाजनबारे प्रष्ट पारिएको हो । ‘पार्टीमा दुई अध्यक्षात्मक व्यवस्थाको समझदारीपूर्ण एवम् प्रभावकारी कार्यान्वयन हुन नसक्दा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तर्विरोध उत्पन्न हुने गरेको छ । एउटा समस्या समाधान भएको केही समय नबित्दै नयाँ रूप र स्तरमा अर्को समस्या आइलाग्ने गरेको छ । यस अवस्थाको नकारात्मक प्रभाव समग्र पार्टी तथा सरकारको काममा समेत परिरहेको छ । वैधानिक व्यवस्थामा विद्यमान अस्पष्टतालाई स्पष्ट पार्दै पारस्परिक विश्वास र सहमतिका आधारमा यो समस्याको समाधान गर्नुपर्दछ । यसका लागि अध्यक्षद्वयको कार्य...
कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाहरुको भेलाको ठहर– दुई हजारमा परीक्षण असम्भव

कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाहरुको भेलाको ठहर– दुई हजारमा परीक्षण असम्भव

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर सोमबार धुम्बराईस्थित ह्याम्स अस्पतालमा काठमाडौं उपत्यकामा परीक्षणको इजाजत पाएका काठमाडौं मेडिकल कलेजबाहेकका सबै प्रयोगशालाहरु भेला भएर सरकारले पछिल्लोपटक कायम गरेको मूल्यलाई पुनरावलोकन गर्नका लागि अनुरोध गर्ने निर्णय गरेका हुन् । केही निजी प्रयोगशालाहरु सरकारले सुरुमा कायम गरेको अधिकतम मुल्य ५५ सय रुपैयाँलाई घटाएर ४४ सय कायम गर्दा नै असन्तुष्ट थिए भने त्यसलाई पनि घटाएर २ हजार कायम गरेपछि सरकारविरुद्ध एकताबद्ध भएका हुन् । Advertisement ह्याम्स अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माको अध्यक्षतामा आयोजित भेलाले गरेको निर्णयमा उपत्यका बाहिरका प्रयोगशालाले समेत ऐक्यबद्धता जनाउने मौखिक जानकारी दिएको बताइएको छ । कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाहरुको भेलाले सरकारलाई कोरोना महामारीको व्यवस्थापनका लागि सहयोग गरिरहेको अवस्थ...
उपल्लो डोल्पासहित पश्चिम नेपालमा खाद्यान्नको अभाव, हवाईमार्फत ढुवानीको तयारी

उपल्लो डोल्पासहित पश्चिम नेपालमा खाद्यान्नको अभाव, हवाईमार्फत ढुवानीको तयारी

देश, समाचार
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तत्काल ४ वटा टेन्डर गर्दै साभार: रातोपाटी काठमाडौं । दशैँ–तिहारजस्ता ठूला चाडवाड नजिकिँदैं गर्दा पश्चिम नेपालका दुर्गम क्षेत्रमा भने खाद्यान्नको अभाव देखिन थालेको छ । उत्तर–पश्चिम क्षेत्रका कर्णाली प्रदेशको उपल्लो (माथिल्लो) डोल्पासहित पश्चिम बाजुरा, अछाम लगायतका तीन–चारवटा दुर्गम जिल्लाहरुमा खाद्यान्न दाल चामको अभाव देखिएको हो । उक्त क्षेत्रहरुमा पहिलेको स्टक(मौज्दात) सकिँदै गएको र थप आपुर्ति हुन नसक्दा खाद्यान्नको अभाव देखिन थालेको हो । वर्षामा आएको बाढी, पहिरोसँगै ती जिल्लासँग जोड्ने बाटो घाटो तथा पुल पुलेसाहरु भत्किँदा खाद्यान्न ढुवानीमा समस्या आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । पश्चिम दुर्गम क्षेत्रबाट खाद्यान्नको अभाव हुन थालेको भन्ने सूचना आएपनि ढुवानीको समस्याका कारण आपूर्ति हुन नसकेको खाद्य व्यवस्था तथा व्य...
कोरोना बीमामा नयाँ मापदण्ड, संक्रमण पुष्टि भए २५ हजार

कोरोना बीमामा नयाँ मापदण्ड, संक्रमण पुष्टि भए २५ हजार

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar २९ भदौ, काठमाडौं । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ र, नयाँ बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि हुनासाथ बिमांक रकमकाे २५ प्रतिशत मात्र दिने भएको छ । आइसोलेसनमा बस्नु परेमा बिल भर्पाईका आधारमा थप ७५ प्रतिशतसम्म दिइनेछ । समितिका अनुसार भदौ २८ सम्म कोरोना बीमा गरेकाहरुको हकमा भने नयाँ मापदण्ड लागू हुने छैन । उनीहरुले संक्रमण पुष्टि भएपछि एक लाख रुपैयाँ पाउनेछन् । व्यक्तिगत रुपमा ६ सय रुपैयाँ तिरेर र सामूहिक रुपमा प्रतिव्यक्ति ३ सय रुपैयाँ तिरेर बीमा गर्न सकिने व्यवस्था छ । समितिले ७५ करोड रकम उठाइसकेपछि भदौ १९ मा निजी ल्याबमा कोरोना परीक्षण गरेकाहरुलाई बीमा रकम नदिने बताएको थियो । तर चौतर्फी आलोचना गरेपछि समितिले आइतबार मात्र निजी ल्याबको रिपोर्टलाई पनि मान्यता दिने निर्णय गरेको थियो । Advertisement नयाँ...
क्याप्टेन विजय लामालाई कोराना संक्रमण

क्याप्टेन विजय लामालाई कोराना संक्रमण

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar २९ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए । आइतबार नै रिपोर्ट आउँदा  कोरोना संक्रमण पुष्टि भएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिए । अहिले उनी सोल्टी होटेलमा छन् । क्याप्टेन लामाले  आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक रुपमा नै बताएका  छन् । Advertisement उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ । यसअघि पनि नेपाल एयरलाइन्सका १० भन्दा  धेरै उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमित भएका छन् । दुबै जना सोल्टीको आइ...
‘बिपीलाई काँग्रेसबाट निकाल्न खोज्दा सुवर्णशम्शेरले रोक्नुभएको थियो’

‘बिपीलाई काँग्रेसबाट निकाल्न खोज्दा सुवर्णशम्शेरले रोक्नुभएको थियो’

देश, राजनीति, समाचार
नेपाली काँग्रेसको सभापति महिला भएको हेर्न चाहान्छुः शेखर कोइराला साभार: रातोपाटी काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली समाजको रुपान्तरणमा काँग्रेसका संस्थापनक मध्येका नेता सुवर्ण शम्शेरराणाको ठूलो योगदान गरेको बताएका छन् । नेपाली काँग्रेसमा सुवर्ण शमशेरको योगदान र पार्टीको निर्णायक तहमा महिलाको सूनिश्चितता, बिषयक भर्चुअल कार्यक्रममा निधिले भने, ‘बजेटको व्यवस्था पनि सुर्वणशम्शेरको पालामा भएका थियो । नेपालको लोकत्रान्तिक व्यवस्थाका लागि उहाँँ अतुलनीय योगदान छ ।’ निधिले सुवणशम्शेरलाई एउटा निष्ठा र त्यागी नेताका रुपमा सम्झिए । उनले भने, ‘२०१५ सालमा राजाले सुवर्णशम्शेरलाई प्रधानमन्त्री बनाउन खोज्दा पनि उहाँले बिपीलाई प्रधानमन्त्री बनाउनु भयो ।’ बिपी कोइरालालाई काँग्रेसबाट निकाल्ने तयारी हुँदा पनि सुवर्णशम्शेरकै विमतिका कारण सफल हुन नसकको निधिले सुन...