कुलमानको कार्यकाल सकियो, पुनः नियुक्तिका बारेमा निर्णय भएन
Credit: CLICKMANDU
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारदेखि पूरा भएको छ ।
पुनः नियुक्तिका विषयमा हालसम्म कुनै निर्णय नभएका कारण उनको कार्यकाल आइतबार पूरा भएको हो ।मन्त्रिपरिषद्को नियमित बैठक सोमबार मात्रै बस्ने बताइएको छ ।
सोमबार बस्ने मन्त्रिपरिषदको बैठकमा समेत पुनः नियुक्तिका विषयमा प्रस्ताव लगिने वा नलगिने बारेमा हालसम्म केही बताइएको छैन । ऊर्जा मन्त्रालयका कुनै पनि अधिकारी सो बारेमा बताउन चाहँदैनन् ।
४ वर्ष पहिले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको पुनः नियुक्ति गर्नुपर्नेमा जनमत नभएपनि सरकारले किन ढिलाई गरेको हो, सो बारेमा सरकारी निकायबा तर्फबाट हालसम्म केही जानकारी दिइएको छैन ।
ऊर्जा मन्त्रालय स्रोतका अनुसार उनको पुनः नियुक्तिका विषयमा छलफल चलेको भएपनि ठोस रुपमा कुनै प्रस्ताव तय भएको छैन...