२०८१ मंसिर ४

Author: Raunak

सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण पहिरो (अपडेट) : ज्यान गुमाएका २ जनाको सनाखत

सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण पहिरो (अपडेट) : ज्यान गुमाएका २ जनाको सनाखत

देश, समाचार
सांकेतिक तस्विर साभार: रातोपाटी ९ बजे काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे र भीरखर्कमा पहिरोका कारण ज्यान गुमाएका २ जनाको सनाखत भएको छ । नागफुजेकी ६२ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्क बिकटोलकी २३ वर्षिया जुनु बिकको शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका  प्रवक्ता (डिएसपी) प्रकाश सापकोटाले रातोपाटीलाई बताए । पहिरोका कारण भीरखर्कमा जुनु बिकसहित ३ जनाको मृत्यु भएको बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनले बताइन् । नगफुजेका ७ घर बगेर भोटेकोशीमा मिसिएका छन् । त्यहाँ  १६ वटा बेपत्ता छन् । उपमेयर पाख्रिनका अनुसार भीरखर्कको बिक टोलमा १०–१२ वटा घर पुरिएको छ । त्यहाँ ६ जना बेपत्ता छन्, तीनजना घाईते भएका छन् । सो वडाको केम्बेमा पनि पहिरोले घर पुरिएको सूचना आएपछि प्रहरी नायव निरिक्षक (सई) कमाण्डको टोली त्य...
चलचित्रका सम्पादक अनिल गौतमको दुर्घटनामा मृत्यु

चलचित्रका सम्पादक अनिल गौतमको दुर्घटनामा मृत्यु

देश, नेपाली चलचित्र, मनोरञ्जन / कला, समाचार
साभार: रातोपाटी काठमाडौं – नेपाली चलचित्रका सम्पादक अनिल गौतमको मृत्यु भएको छ ।  गए राति १०ः ५५ बजे बानेश्वरबाट कौसलटार निवास फर्कने क्रममा तीनकुनेस्थित मुन्नी भैरव नजिक उनी चढेको बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई प्रदेश ३–०१–००३ क ४५६३ नम्बरको टिपरले ठक्कर दिदा उनको मृत्य भएको हो । Advertisement दुर्घटनापछि बानेश्वरको सिभिल अस्पताल पुर्याइएको गौतमको उपचारको क्रममा निधन भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । टिपर चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । चलचित्र बिकाश कम्पनीलगायत बिभिन्न ठाउँमा रहेर  थुप्रै नेपाली चलचित्रको सम्पादन गरेका गौतम पछिल्लो समय पाइम टेलिभिजनसँग आवद्ध रहेका थिए । ...
निर्वाचन निश्पक्ष हुने हो भने भ्रष्टाचार स्वतः घट्छः पूर्वराष्ट्रपति यादव

निर्वाचन निश्पक्ष हुने हो भने भ्रष्टाचार स्वतः घट्छः पूर्वराष्ट्रपति यादव

देश, राजनीति, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar २७ भदौ, काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले चुनावमा हुने अस्वस्थ प्रतिस्पर्धा नै भ्रष्टाचारको प्रमुख कारक रहेको बताएका छन् । निर्वाचन निश्पक्ष र धाँधलीरहित हुने हो भ्रष्टाचार घट्ने उनको भनाइ छ । युएस-नेपाल पोलिसी रिसर्च सेन्टरद्वारा आयोजित ‘राजनीतिक संस्थाहरूमा संकट र निर्वाचन प्रणालीमा सुधार’ शीर्षकको भर्चुअल सम्मेलनको शनिबार उद्घाटन गर्दै डा. यादवले भने, ‘निर्वाचन पारदर्शी, निश्पक्ष र धाँधलीरहित हुने हो भने भ्रष्टाचार लगायतका समस्या स्वतः कम हुन्छ ।’ गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिको नाताले संविधान जारी गरेको प्रसंग स्मरण गर्दै संविधानमा प्राण भर्ने काम राजनीतिक पार्टीहरूले नै गर्नुपर्नेमा उनले जोड दिए । Advertisement ‘प्रथम राष्ट्रपतिको नाताले जनतालाई संविधान समर्पण गर्ने अवसर पाएँ तर सं...
काठमाडौँ उपत्यकामा ४३१ संक्रमित, कुन जिल्ला कति ? (सूचीसहित)

काठमाडौँ उपत्यकामा ४३१ संक्रमित, कुन जिल्ला कति ? (सूचीसहित)

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार एकैदिन ६९६ जनामा कोरोना पुष्टि भएको थियो ।  शनिबारघटेर ४३१ जनामा मात्र संक्रमण पुष्टि भएको शनिबारको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  Advertisement मन्त्रालयका अनुसार आज काठमाडौँमा ३७७ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३७ र भक्तपुरमा १७ जनामा संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा देशभर १२०१ नयाँ संक्रमित थपिएका हुन् । योसँगै देशभर संक्रमितको संख्या ५२ हजार १२० पुगेको छ । १० हजार १०६ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय १६ महिला र ७८५ जना पुरुषमा संक्रमण देखिएको हो ।  ...
चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गयो

चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गयो

देश, मिश्रित, समाचार
साभार: रातोपाटी चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गएको छ । रुखको हाँगा काट्ने क्रममा करेन्ट लाग्दा दुई सैनिकको ज्यान गएको प्रहरीले जनाएको छ ।  कालिका नगरपालिका– ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई सैनिकको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सुर्य थापाले जानकारी दिए ।  Advertisement सैनिक कम्पाउण्डभित्र रहेका रुखको हाँगा काट्दा करेन्ट लागेर सुवेदार र एकजना जवानको मृत्यु भएको डीएसपी थापाले बताए ।  करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही साजन कुमालको ज्यान गएको हो ।  श्रेष्ठलाई उपचारको लागि भरतपुर लैजाँदै गर्दा र कुमालको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ...
थप रहस्यमय बन्यो भक्तपुर ‘हत्या’ प्रकरण

थप रहस्यमय बन्यो भक्तपुर ‘हत्या’ प्रकरण

देश, मिश्रित, समाचार
साभार: रातोपाटी मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको हत्या घटना थप रहस्यमय बन्दै गएको छ ।  महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र यस वर्ष मात्रै एसइई परीक्षामा ‘ए’ ल्याएर उत्तीर्ण गरेका १५ वर्षीय छोरा सुशान्तको हत्या प्रकरण रहस्यमय बनेपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ । मथिनपा–६ कुण्डोल बस्ने मृतक सुदीपका भाइ सुनिल अधिकारी शुक्रबार अपराह्न दाजुको घरमा मासु पु¥याउन जाँदा दाजुका सबै परिवार मृत देखेपछि घटनाबाहिर आएको थियो ।  सुनिलका अनुसार घरको मूल ढोका केही खुलेको थियो । बाहिरबाटै दाजुलाई बोलाउँदा नबोलेपछि भित्र गएका थिए । भित्र जाने बित्तिकै केही गन्ध आयो । घरको मूल ढोकाको ताल्चा स...
स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।  स्याङ्जा पुतलीबजार वडा नम्बर १ का ८५ वर्षिय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो । Advertisement भदौ २४ गते अस्पतालको आइसियूमा भर्ना भएका उनको बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । पश्चिमाञ्चल अस्पतालमा मृत्यु हुने उनी १० औं संक्रमित हुन् । गण्डकीमा हालसम्म २३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाई सकेका छन् ।  ...
रोल्पामा गोठ भत्किँदा दुई बालकको मृत्यु, आमा र हजुरआमा  घाइते

रोल्पामा गोठ भत्किँदा दुई बालकको मृत्यु, आमा र हजुरआमा घाइते

देश, समाचार
साभार: सेतोपाटी रोल्पामा गोठ भत्किँदा दुई बालबालिकाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन्। जिल्लाको लुंग्री गाउँपालिका वडा नं. १ आपे निवासी ८ वर्षीय अमर घर्ती र ११ वर्षीय युवराज घर्तीको मृत्यु भएको छ। Advertisement गएराति साढे १२ बजे गोठ भत्किँदा उनीहरूकी ३० वर्षीया आमा ननकली घर्ती मगर र ५० वर्षीया हजुर आमा च्यापिएर घाइते भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरिक्षक शंकर खड्काले जानकारी दिए। घाइतेहरूलाई अस्पताल ल्याउन लागिएको प्रहरी निरिक्षक खड्काले बताए। ...
समाज बदल्ने वृत्तचित्र

समाज बदल्ने वृत्तचित्र

मनोरञ्जन / कला
हत्या गरेर स्वतन्त्र घुम्थे अपराधी, एउटा डकुुमेन्ट्रीले फेरिदियो कानुन साभार: रातोपाटी ‘जति धेरै कानुन, त्यति थोरै न्याय,’ प्राचिन रोमका प्रभावशाली प्रशासक मार्कस टलिजस सिसरोले भनेका छन् । किनकी, दुविधाग्रस्त र झन्झटिलो कानुनले प्रहरी–प्रशासन र न्यायालयलाई नै निरिह बनाइदिन्छ, यस्तोमा अपराधी छाती फुुलाएर अनि पीडितले मुख छोपेर हिँड्नुपर्ने अवस्था निम्तन्छ । पाकिस्तानी अधिवक्ता असद जमलको बुझाइअनुसार ‘यस्तो परिस्थिती रहेसम्म अदालतको भूमिका चिठ्ठीपत्र दाखिला गर्ने हुलाक अड्डामा सीमित हुन्छ । जहाँ, पीडितको बयान त दर्ता होला, तर न्याय मिल्दैन ।’ ‘अ गर्ल इन द रिभर– द प्राइस अफ फरगिभ्नेस’ डकुमेन्ट्रीमार्फत पाकिस्तानी निर्देशक सर्मिन आबेद चिनोयले यही विषय उठाएकी छन्, मृत्युको मुखमा पुुगेकी एक किशोरीको दर्दनाक भोगाइ र पाकिस्तानी समाजको कालो पक्षबारे उनले बृहद क्यानभास कोरेकी हुु...
कित्ताकाटबारे भ्रम फैलाइयो, पूर्णरुपमा खुलाइएको होइनः भूमि व्यवस्था मन्त्रालय

कित्ताकाटबारे भ्रम फैलाइयो, पूर्णरुपमा खुलाइएको होइनः भूमि व्यवस्था मन्त्रालय

देश, राजनीति, समाचार
Credit: CLICKMANDU काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालै मन्त्रालयले खुलाएको जग्गाको खण्डीकरण (कित्ताकाट)बारेमा आम जनतालाई भ्रमित पार्ने गरी उक्त निर्णयलाई अतिरञ्जीत बनाएको जनाएको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरेर बिभिन्न समाचार माध्यमहरुमा जग्गाको कित्ताकाट व्यवस्थित गर्ने निर्णयलाइ अतिरञ्जित ढंगबाट व्याख्या गरी, सम्बन्धित अधिकारी र भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालमाथि बिभिन्न झूटा र मनगढन्त आरोप लगाएको भन्दै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रस्तावित भूउपयोग नियमावली जारी नहुन्जेलसम्मका लागि जग्गाको कित्ताकाटबारे गएको भदौ १८ गतेको मन्त्रिस्तरीय निर्णयबाट भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले कृषियोग्य जग्गाको खण्डिकरण सम्बन्धी भएका पूर्व निर्णयहरु बदर गरिएको छ । भू–उपयोग नियमावली जारी भई भू–उपयोग नक्शा र...