२०८१ मंसिर ४

Author: Raunak

कोरोना संक्रमित काठमाडौंका मेयरको पाँचतारे होटलमा बास, जनताको भने बिचल्ली

कोरोना संक्रमित काठमाडौंका मेयरको पाँचतारे होटलमा बास, जनताको भने बिचल्ली

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोनाभाइरस संक्रमणपछि कहाँ होलान ? होम आइसोलेसनमा ? कुनै अस्पतालको आइसोलेसनमा ? वा आफैले बनाउने भनेर आश्वासन दिएको आइसोलेशन सेन्टरमा ? यदि तपाईँले यस्तै अनुमान गर्नुभएको छ भने तपाईँ गलत हुनुभयो । काठमाडौं महानगरपालिकाका जनताको मतबाट निर्वाचित भइ महानगर हाँकिरहेका शाक्य यतिबेला काठमाडौं सबैभन्दा महंगो आइसोलेसनमा छन् । उनी अहिले काठमाडौंको पाँच तारे होटल सोल्टीको विशेष कोठा बुक गरेर बसेको खुलेको हो ।  उनले आफू घरमै आइसोलेसनमा बस्दै आएको सार्वजनिक रुपमा बताउँदै आएपनि गोप्यरुपमा होटलको आइसोलेसनमा बस्दै आएको खुलेको हो ।  उनलाई गत भदौ १५ गते कोरोना संक्रमण भएको थियो । स्रोतका अनुसार मेयर शाक्य मात्र हैन उनकी श्रीमती पनि सोल्टीको विशेष आइसोलेसनमा सँगै छिन् । त्यहाँ उनलाई काठमाडौंको ग्राण्डी...
भक्तपुरमा एकै परिवारका तीन जना मृत फेला

भक्तपुरमा एकै परिवारका तीन जना मृत फेला

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी भक्तपुरमा एकै परिवारका तीन जनाको शव फेला परेको छ। मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित एकै परिवारका तीन जनाको शव फेला परेको प्रहरीले जनाएको हो। महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक एसपी ईश्वर कार्कीका अनुसार शव शुक्रबार साँझ फेला परेको हो। Advertisement 'हामी घटनास्थलमै छौं, अहिले कारण के हो खुल्न सकेको छैन,'उनले भने,'हामी  अनुसन्धान गर्दैछौं।' यसरी मृत फेला पर्नेमा सुदिप अधिकारी, सम्झना अधिकारी र उनीहरुका छोरा सुशान्त अधिकारी छन्। ‘घरको एउटा कुकुर पनि मृत फेला परेको छ, अनुसन्धान गरिरहेका छौँ’ भक्तपुर महानगरीय प्रहरी परिसरकी उपरीक्षक तारादेवी थापाले भनिन्। ...
काठमाडौं महानगरले भन्यो – फुटपाथ पसल र ठेला व्यापार खोले महामारी नियन्त्रणबाहिर जान्छ

काठमाडौं महानगरले भन्यो – फुटपाथ पसल र ठेला व्यापार खोले महामारी नियन्त्रणबाहिर जान्छ

देश, राजनीति, समाचार
साभार: सेतोपाटी ‘फुटपाथ र ठेलागाडा व्यापार’ वाक्यांश हटाएर पुनः आदेश जारी गर्न काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षण गराएकी छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ गते जारी गरेको आदेशको, सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरू, इलेक्ट्रिक र इलेक्टोनिक्स पसलहरू र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ,’ भनिएको छ। आज जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेर उपमेयर खड्गी श्रेष्ठले यस बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनः आदेश जारी गर्न ध्यानाकर्षण गराएकी हुन्। । सोही क्रममा उनले भनिन्, ‘महानगरले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसक...
कोरोनाकालमा पठनपाठन गराउन शिक्षा मन्त्रालयले ल्यायो निर्देशिका : यस्ता छन् विशेषता

कोरोनाकालमा पठनपाठन गराउन शिक्षा मन्त्रालयले ल्यायो निर्देशिका : यस्ता छन् विशेषता

देश, शिक्षा, समाचार
साभार: रातोपाटी कोरोना संक्रमणको संटकमा विद्यार्थीहरुको पठन पाठनलाई सुचारु राख्न सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । सो निर्देशिका अनुसार असोज १ देखि विद्यार्थी भर्ना कार्यक्रम सुरु गरेर स्कूलको कक्षाकोठामा गरिने अध्यापनको विकल्पमा प्रविधिका साधान प्रयोग गरेर पठन पाठनलाई अघि बढाउने तयारी गरिएको छ । गत भदौ १९ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरिएको सो निर्देशिकामा प्रविधिको आधारमा विद्यार्थीलाई ५ समूहमा वर्गिकरण गरिएको छ । जसमा सबै किसिमको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूह, रेडियो, एफएम रेडियोमा पहुँच भएको विद्यार्थी समूह, टेलिभिजनमा पहुँच भएको विद्यार्थी समूह, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी समूह र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधानमा पहुँच भएका बिद्यार्थीको समूह । निर्देशिकामा स्थानीय तह र विद्यालयले आवश्य...
सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीन सहमत

सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीन सहमत

राजनीति, विदेश / एन.आर.एन, समाचार
साभार: रातोपाटी भारत र चीनले दुई देशबीचको सीमा क्षेत्रमा देखापरेको तनावलाई कम गर्ने सहमति गरेका छन् । बिहीबार दुई देशका विदेशमन्त्रीहरु बीच भएको छलफलमा सो सहमति भएको हो । ‘सीमामा देखिएको अहिलेको अवस्था दुवै पक्षको हितमा नरहेको’ मा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यी सहमत रहेको बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ । त्यस्तै, दुवै देशले सीमाबारे गरिएका सहमति र नियमलाई पालना गर्दै सीमामा शान्ति कायम गर्ने र स्थितिलाई तनावपूर्ण बनाउने कुनै पनि काम नगर्ने पनि सहमति भएको वक्तव्यमा उल्लेख गरिएको छ । रुसले आयोजना गरेको सांघाई कोओपरेसन अर्गनाइजेसन समिटको साइडलाइनमा दुई नेताबीच छलफल भएको थियो । लाइन अफ एक्चुअल कन्ट्रो (एलएसी) भनिने ३ हजार ४८८ किलोमिटर लामो सीमा क्षेत्रमा भारत र चीनले गत मे महिनादेखि सैन्य उपस्थिति बढाउँदै आएको छ । तनाव बढ्दै गएपछि ...
आज नेकपा स्थायी कमिटी बैठक बस्दै

आज नेकपा स्थायी कमिटी बैठक बस्दै

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ ।  गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो ।  महासचिव विष्णुप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार पारेको साझा प्रस्तावमाथि छलफल हुनेछ ।  अध्यक्षद्वयले अध्ययनका लागि तयार पारेको उक्त साझा प्रस्ताव स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको छ ।  Advertisement अध्यक्षद्वयले त्यसलाई अध्ययन गरेर आफ्नो सुझाव लिखित वा मौखिक रूपमा बैठकमा प्रस्तुत गर्ने जानकारी महासचिव पौडेलले दिए । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, संघदेखि प्रदेशसम्मका मन्त्रिमण्डल पुनर्गठन गर्ने ...
‘नक्कली प्रेस कार्ड’ छाप्ने आरोपीबाट महाशाखाका प्रहरीमा कोरोना फैलियो

‘नक्कली प्रेस कार्ड’ छाप्ने आरोपीबाट महाशाखाका प्रहरीमा कोरोना फैलियो

देश, समाचार
साभार: रातोपाटी काठमाडौँ । नक्कली प्रेस कार्ड छाप्ने तीन जनालाई प्रहरीले बागबजारबाट पक्रेको थियो । पक्राउ परेका मध्ये एकजनाको कोरोनाभाइरस रिपोर्ट पोजेटिभ आयो । भदौ २२ मा तेह्रथुमका लक्ष्मण न्यौपाने, बर्दियाका श्रीराम खड्का र नवलपरासी घर भएका रमेश रेग्मीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा उनीहरुलाई पक्राउ गर्ने मध्येका दुईजना प्रहरीलाई कोरोनाभाइरस देखिएको छ । महाशाखामा कार्यरत एक प्रहरी सहायक निरिक्षक ९असई० र एकजना हवल्दारलाई कोरोना देखिएको छ । Advertisement उनीहरुलाई नेपाल प्रहरी अस्पतालको आइसोलेशनमा पठाईएको अपराध महाशाखाका एक अधिकृतले रातोपाटीलाई बताए । उनीहरु दुई जनासहित अपराध महाशाखाका ७ जना प्रहरी संक्रमित छन् । महाशाखाबाट वृत जनसेवामा खटिएका १ जना, वृत सोह्रखुट्टेमा खट...
राजेन्द्र र शान्तिश्रीको ‘अभागी परदेशी’ सार्वजनिक

राजेन्द्र र शान्तिश्रीको ‘अभागी परदेशी’ सार्वजनिक

नेपाली चलचित्र, मनोरञ्जन / कला
साभार: रातोपाटी काठमाडौं । लोकदोहोरी गायक राजेन्द्र कँडेल र गायिका शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘अभागी परदेशी’ सार्वजनिक भएको छ । गीतमा भिसु भण्डारीको शब्द तथा गायक कँडेलकै लय रहेको छ । Advertisement गीतको भिडियोमा भने मोडल विकास लामिछाने र रुपा कँडेल देखिएका छन् । भिडियोले प्रदेशमा रहेको युवाले स्वदेशकी प्रेमिकाको सम्झना गरेको देखाइएको छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन र विष्णु दहालको सम्पादन रहेको छ ।  https://www.youtube.com/embed/rLrLw1fmABU ...
जनवरीसम्म खोल्न नपाइने भएपछि केन्याका बोर्डिङ स्कुलले क्लासभित्र पाल्न थाले कुखुरा, खेल मैदानमा लगाए तरकारी

जनवरीसम्म खोल्न नपाइने भएपछि केन्याका बोर्डिङ स्कुलले क्लासभित्र पाल्न थाले कुखुरा, खेल मैदानमा लगाए तरकारी

राजनीति, विदेश / एन.आर.एन, समाचार
साभार: सेतोपाटी विश्वमा कोरोना भाइरसको महामारी फैलिएको ६ महिना बितिसकेको छ। चीन हुँदै विश्वभरि फैलिएको महामारीले व्यापार, यातायात, पर्यटनलगायत सम्पूर्ण क्षेत्रमा असर गर्‍यो। सबैभन्दा बढी  असर परेका क्षेत्रमध्ये शिक्षा पनि एक हो। संक्रमण फैलिन सुरू हुनासाथ विभिन्न मुलुकले विद्यालय बन्द गरे।  छ महिनादेखि बन्द रहेका विद्यायल अझै खुलेका छैनन्। केही देशले विस्तारै विद्यालय खुलाउन थाले पनि कतिपयले आगामी जनवरीसम्मै विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। अरू राष्ट्रजस्तै पूर्वी अफ्रिकी मुलुक केन्यामा पनि कोरोनाभाइरसको संक्रमण फैलिएको छ। कोरोना नियन्त्रणका लागि केन्यामा पनि धेरैजसो क्षेत्रहरू बन्द गरिएका छन्। सरकारले विद्यालय भने जनवरीसम्म बन्द गर्न भनेको छ। लगातारको बन्दले त्यहाँका निजी विद्यालयका लगानीकर्ता र शिक्षक कर्मचारी आर्थिक समस्यामा परेका छन्। कोरोना आ...
उपत्यकामा ५७२ जनामा कोरोना पुष्टि, देशभर कुल संक्रमित ५० हजार नाघे

उपत्यकामा ५७२ जनामा कोरोना पुष्टि, देशभर कुल संक्रमित ५० हजार नाघे

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी उपत्यकामा हालसम्मकै धेरै ५७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा उपत्यकामा सो संख्यामा कोरोना संक्रमित थपिएको हो । काठमाडौंमा ३ सातायता निषेधाज्ञा जारी रहेपनि संक्रमितको संख्या भने बढ्दो क्रममै रहेको हो । बिहीबारदेखि काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाइएकै दिन संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा बितेको २४ घण्टामा ४९५ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको छ।   यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितकोसंख्या ५० हजार नाघेको छ । गौ...