२०८१ मंसिर ३

Author: Raunak

कोकाकोला र पेप्सीबीचको लडाँइ, जमिनदेखि अन्तरिक्षसम्म

कोकाकोला र पेप्सीबीचको लडाँइ, जमिनदेखि अन्तरिक्षसम्म

अर्थतन्त्र, कर्पोरेट
Credit: CLICKMANDU तपाईंले यदि कोकाकोलाकम्पनीमा काम गर्ने कुनै कर्मचारीलाई के तपाईं पेप्सी पिउनुहुन्छ ? भनेर सोध्नु भयो भने उसले पेप्सीकाबारेमा भएका खराबीहरुको ठूलो लिस्ट नै बनाउन सक्छ । तिसम्म कि उसको कुरा सुनेर तपाईं आफै पनि जीवनभर नै पेप्सी पिउने बारेमा फेरि सोच्न समेत सक्नुहुन्छ । ठीक यसैगरी पेप्सी कम्पनीमा काम गर्ने कर्मचारीलाई सोही प्रश्न सोध्नु भयो भने उसले पनि कोकाकोलाबारे ठ्याक्कै त्यही नै भन्न सक्छ । कोला बजारमा लडिएको यो लडाइ अर्थात् कोला वारको शुरुवात ७० को दशकमै शुरु भएको थियो । दुबै कम्पनीले बनाएको कोला ड्रिंग्सको स्वादमा धेरै अन्तर छैन । यद्यपि उनीहरु एक अर्कालाई माथ दिनका लागि निकै आकर्षित मार्केटिङका तरिका अपनाएका छन् । ‘पेप्सी च्यालेन्ज’ तथा कोकाकोलाका गल्तीहरुसन् १९७५ मा पेप्सी वा पेप्सीको उकासिँदो नयाँ बजारमा पकड बनाउनका लागि एउटा विज्ञापन शुरु ...
‘निरन्तरको लकडाउनले होटलमा थपिएको नयाँ लगानी जोखिममा’

‘निरन्तरको लकडाउनले होटलमा थपिएको नयाँ लगानी जोखिममा’

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
साभार: सेतोपाटी कोरोना महामारी नियन्त्रणका लागि भन्दै संसारभर जारी गरिएको लकडाउन खुकुलो हुँदै गए पनि नेपालमा भने छ महिनासम्म जारी हुँदा अर्थतन्त्र धरासायी हुने अवस्थामा पुगेको व्यवसायीले बताएका छन्। लकडाउनका कारण पुगेको क्षतिलाई न्यूनीकरण गर्न कुनै पनि राहत नदिएको र अर्कोतिर बन्दमात्र गर्दै जाँदा व्यवसाय र व्यवसायीमात्र नभएर लाखौं नेपाली बेरोजगार बन्ने जोखिम बढेको उनीहरूको भनाइ छ। कोरोनाबाट सबैभन्दा धेरै प्रभावित भएको पर्यटन र त्यसमा पनि होटल व्यवसायीले सरकारले घोषणा गरेको राहत अहिलेसम्म कसैले पनि नपाएको र पाए पनि त्यसबाट उद्धार सम्भव नहुने मेयरियट होटलका सञ्चालक शशिकान्त अग्रवालले बताए।  नेपाल राष्ट्र बैंकले होटल तथा पर्यटनसँगसम्बन्धी अन्य उद्योगलाई एक वर्षसम्म ब्याज तिर्न नपर्ने व्यवस्था गरिदिएको थियो। त्यस्तै पाँच प्रतिशत ब्याजदरमा पुर्नकर्जा दिने पनि व्यवस...
राष्ट्रिय सभाको साख गिर्ने चिन्ता

राष्ट्रिय सभाको साख गिर्ने चिन्ता

देश, राजनीति, समाचार
नेकपा उपाध्यक्ष वामदेव गाैतम राष्ट्रिय सभामा मनाेनीत भएका उनीसहित संघीय संसद्काे माथिल्लाे सदनमा प्रत्यक्ष चुनाव हारेकाहरूकाे संख्या ७ पुग्ने छ ।सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था राजनीतिक नेता–कार्यकर्ता होइन, चुनाव लड्न नचाहने तर संसद्मा आवश्यकता रहने कुनै विषयमा राष्ट्रिय ख्याति कमाएका विज्ञलाई ल्याउन गरिएको हो– राधेश्याम अधिकारी, राष्ट्रिय सभा सदस्यसंसदीय मान्यता ध्वस्त पारिँदै छ । जसले बाटो देखाउनुपर्ने हो, नैतिकताको आदर्श स्थापना गर्नुपर्ने हो, तिनैले चुनाव हारेपछि पनि लोभी व्यवहार देखाउँदा विकृति थपियो । – सूर्यकिरण गुरुङ, पूर्वमहासचिव, व्यवस्थापिका संसद् साभार: कान्तिपुर काठमाडौँ — सत्तारूढ नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत कोटाबाट राष्ट्रिय सभामा पठाउन लागेसँगै संघीय संसद्को माथिल्लो सदन प्रत्यक्ष चुनाव हारेका नेताहरूलाई व्यवस्थापन...
२४ घन्टामा थपिए १ हजार ४१ कोरोना संक्रमित

२४ घन्टामा थपिए १ हजार ४१ कोरोना संक्रमित

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर यो सँगै देशभर ४५ हजार २७७ जना संक्रमित पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ५७ हजार ९६३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १२ हजार ४७३ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७०१ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १७ हजार ८७० जना रहेको छ । २४ घन्टामा १ हजार ५६६ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २७ हजार १२७ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । निको प्रतिशत ६० रहेको छ । Advertisement ...
कांग्रेसका असन्तुष्ट नेता एकजुट- सभापतिलाई सम्झाउने, नमाने अनशनदेखि घेराउसम्म गर्ने

कांग्रेसका असन्तुष्ट नेता एकजुट- सभापतिलाई सम्झाउने, नमाने अनशनदेखि घेराउसम्म गर्ने

देश, राजनीति, समाचार
साभार: सेतोपाटी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभागलगायत गरेको मनोनयन खारेज गर्न असन्तुष्ट पक्षका नेताहरूले माग गरेका छन्। सभापति देउवाले १४ औं महाधिवेशनको मुखमा विभागदेखि शुभेच्छुक संस्थासम्म एकलौटी मनोनयन जारी राखेपछि वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले विरोध गर्दै खारेजीका लागि दबाब दिन लागेका हुन्। देउवाले २० भन्दा बढी विभागमा एक हजार भन्दा धेरैलाई मनोनित गरिसकेका छन्।  शनिबार देउवाइतरका केन्द्रीय सदस्यको बैठकले विधान विपरीत सभापतिले मनोनयनलगायत काम गरिरहेकोले खारेज गर्नुपर्ने निष्कर्ष निकालेका हुन्। विधानमा महाधिवेशन सकिएको छ महिनाभित्र विभाग गठन गर्नुपर्ने उल्लेख छ। तर देउवाले चार वर्षे नियमित कार्यकाल सकेपछि धमाधम विभाग र शुभेच्छुक संस्थामा मनोनयन जारी राखेका छन्। शनिबार करिब तीन घण्टा चलेको भर्चुअल बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, ...
रामारोशन बाढी : अझै भेटिएनन् ९ जना

रामारोशन बाढी : अझै भेटिएनन् ९ जना

देश, समाचार
Credit: OnlineKhabar २० भदौ, डोटी । अछामको रामारोशन गाउँपालिका-५ सैनीवजारस्थित कैलाश खोलामा आएको बाढीले वगाएकामध्ये नौ जना अझै फेला परेका छैनन् । भदौ २ गते राति परेको अबिरल बर्षासंगै आएको बाढीले मध्यरातमा सैनीबजार वगाएको थियो । बाढीले १७ जनालाई बगाएको थियो । उनीहरुमध्ये नौ जना अझै फेला नपरेका जिल्लाप्रहरी कार्यालय अछाममा प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए । रामारोशन-५ का ४७ बर्षीय नन्दु साउद, ४५ बर्षीया गंगा साउद, ६ बर्षीया प्राप्ती साउद, करीव ६० बर्षीया जोगा साउद र ४० बर्षीया पवित्रा देवी शाह वेपत्ता छन् । ४ बर्षीय समिर शाह, ४५ बर्षीया वसुन्धारा साउद, ९ बर्षीय वसन्त शाही र करीव ७० बर्षीया बीमा देवी साउद पनि भेटिएकी छैनन् । बेपत्ताहरुमा नन्दु र गंगा श्रीमान्-श्रीमती हुन् भने प्राप्ती उनीहरुकी नातिनी हुन् । संगै वगेका नन्दुका छोरा २७ बर्षीय ...
आइसोलेसन सेन्टर बन्यो, संक्रमित चाहिँ घरमै

आइसोलेसन सेन्टर बन्यो, संक्रमित चाहिँ घरमै

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar २० भदौ, रौतहट । होम आइसोलेसन हटाउन देवाहीगोनाही नगरपालिकामा जय किसान पोलिटेक्निकल क्याम्पसमा २६० बेडको आइसोलेसन सेन्टर बनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र  संयक्त निर्णय अनुसार भदौ पहिलो साता क्याम्पस भवनमा जिल्लाकै ठूलो र व्यवस्थित आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको थियो । आइसोलेसन सेन्टर बनाउन वृन्दावन नगरपालिकाले ३०० बेड उपलब्ध गराएको थियो भने अन्य पालिकाले सहयोग गरेका थिए । Advertisement आइसोलेसन सेन्टर बनेपछि संक्रमितहरुलाई ल्याउन भने कसैले पनि चासो दिएका छैनन् । आइसोलसनमा शनिबार १२ जना संक्रमित छन् । रौतहटमा दुई दिन पहिले बिहिबार मात्रै ३५ जना र शुक्रवार २३ संक्रमित थपिएका छन । थपिएका संक्रमितहरुलाई स्थानीय पालिकाले आइसोलेसनमा पठाउन पहल गरेका छैनन् । संक्...
बुटवलका ल्याबमा कोरोना परीक्षण : एउटामा पोजेटिभ, अर्कोमा नेगेटिभ!

बुटवलका ल्याबमा कोरोना परीक्षण : एउटामा पोजेटिभ, अर्कोमा नेगेटिभ!

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी रुपन्देहीको बुटवलका मानिसलाई हिजोआज एउटा समस्याले सताइरहेको छ। त्यो हो कोरोना परीक्षणको रिपोर्ट। बुटवलका दुइटा प्रयोगशालाले एकै व्यक्तिको फरक/फरक रिपोर्ट दिएपछि मानिसहरू तनावमा छन्। प्रयोगशालाप्रति नै मानिसको विश्वास घटेको छ, हैरानी बढाइदिएको छ। प्रादेशिक प्रयोगशाला भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र नेशनल प्याथल्याब बुटवललाई पिसिआर परीक्षणको अनुमति छ। तर बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र नेशनल प्याथ ल्याबमा एउटै व्यक्तिको स्वाब परीक्षणको रिपोर्ट एउटामा पोजिटिभ र अर्कोमा नेगेटिभ आएको छ। गत अगष्ट २३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब संकलन गरी परीक्षण गरेका बुटवलका २० वर्षीय पुरूषको पिसिआर गर्दा कोरोना पोजेटिभ देखायो। उनको स्वाब नमूना नम्बर ८६९७ हो। उनले भोलिपल्ट नेसनल प्याथ ल्याबमा फेरि स्वाब परीक्षण गराएका थिए। .....१२२२ आइडी न...
मल लिन चर्को घाममा ८ घण्टा लाइन, बेलुका रित्तो हात

मल लिन चर्को घाममा ८ घण्टा लाइन, बेलुका रित्तो हात

देश, समाचार, सामाजिक
साभार: आर्थिक सवाल दमौली – चर्को घममा ८ घण्टा लाइन बसेका किसानले मल नपाइएपछि फर्किएका छन । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेका किसानले दिउँसो ४ः३० बजेसम्म पनि मल नपाएपछि निरास भएर फर्किएका छन । ‘मल पाइने आशमा दिनभर लाइनमा बस्यौ, तर पाइएन,’ एक किसानले भने, ‘मल सकिएको पनि होइन, मल छ तर भोलि आउनु भन्छन् ।’ मल हुँदाहुँदै पनि ४ः३० बजे नै डिपो बन्द गरेर मल विक्री वितरण रोकेको उनको गुनासो छ । उनले कसैले ३५÷४० किलोसम्म मल पाएपनि कसैले भने रित्तो हात फर्कनुपरेको बताए । केबल १० किलो मलका लागि दिनभर लाइनमा बस्नुपरेपनि नपाएको उनको गुनासो छ । ‘कोरोनाको जोखिममा भीडभाड गरेर लाइनमा बस्न कसलाई बाध्यता छ र,’ एक महिला किसानले भनिन , ‘धानमा मल हाल्न नपाएर धान कुहिन लागिसक्यो, तर मल खोज्दाखोज्दै हैरान भइयो ।’ उनलाई कोरोना भन्दा धान कुहिएला की भन्ने चिन्ता छ । ‘अलि अलि खेती गरेको धान म...
धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको क्रममा विराटनगरका एक जना ४३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृतक महिला विराटनगर ११ निवासी हुन्। शुक्रबार  साँझ साढे ६ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।  उनलाई बिहीबार कोभिड-१९ पुष्टि भएपछि न्युरो अस्पताल विराटनगरले त्यहाँका लागि रिफर गरेको थियो। Advertisement विपीमा शुक्रबार उनी भर्ना भएकी थिइन्। मृतकलाई श्वासप्रश्वासमा कठिनाइ हुनुकासाथै ३ दिनदेखि पेट र छाती दुख्ने समस्या थियो। उनी विगत ४ वर्षदेखि उच्च रक्तचापबाटसमेत पीडित रहेको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए। मृतकको शव नियमानुसार व्यवस्थापनको तयारी भइरहेको छ। योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको संख्या २२ पुगेको छ। ...