२०८१ मंसिर ३

Author: Raunak

कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं – मोरङ, नवलपरासी र रुपन्देही गरी कोरोना भाइरस संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना, धरान घोपा आईसोलेनमा उपचार भइरहेका एक जना र कोशी अस्पतालमा उपचार गराइरहेका एक जना गरी तीन जना संक्रमितको मृत्यु  भएको हो ।  शुक्रबार मोरङ बिराटनगर मनपा–४ की ६४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको र स्वाव संकलनपछि कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान धरानमा बिराटनगर–११ की ४३ वर्षीया महिलामा श्वासप्रश्वासमा कठिनाइ हुने, पेट र छात्ती दुख्ने लक्षण देखिएपछि कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भएपछि न्यूरो अस्पताल बिराटनगरबाट रिफर गरिएको र उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानक...
पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ जनासहित ५६ प्रहरीमा कोरोना संक्रमण

पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ जनासहित ५६ प्रहरीमा कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । बिहीबार पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्दोलन नियन्त्रणमा खट्ने एक इन्स्पेक्टरसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । श्रोतका अनुसार आन्दोलन नियन्त्रणमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । त्यहाँ खटिएका प्रहरीले केही दिन अघि नै स्वाब दिएका थिए । Advertisement उनीहरुको रिपोर्ट शुक्रबार आएको हो । सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको प्रहरीको उच्च स्रोतले जनाएको छ । ...
कोरोना महामारी अझै डेढ वर्ष रहन्छः बिल गेट्स

कोरोना महामारी अझै डेढ वर्ष रहन्छः बिल गेट्स

विचार, विचार
साभार: सेतोपाटी 'कोभिड–१९ महामारी सन् २०२१ को अन्त्यसम्म रहनेछ। र यो थामिनुअघि थप दसौं लाख मानिसको ज्यान जानेछ।' यो भनाइ विश्वकै अग्रणी सफ्टवेयर उत्पादक माइक्रोसफ्टका मुख्य हस्ती बिल गेट्सको हो। उनी 'बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन' का तर्फबाट गरिने सहयोगका आधारमा विश्वकै सर्वोच्च परोपकारीमध्येमा पनि गणना गरिन्छन्। दि इकोनोमिस्ट पत्रिकाका प्रधान सम्पादक जेन्नी मिन्टोन बेदोइससँगको अन्तर्वार्तामा उनले यसो भनेका हुन्। गेट्सका अनुसार धेरैजसो मृत्युको कारण भने यो भाइरस एक्लो हुँदैन। बरू कोरोनाले तहसनहस हुने स्वास्थ्य प्रणाली बन्नेछ र यसले रुग्ण बनाएको आर्थिक गतिविधि पनि मृत्युको अर्को कारण हुनेछ। यो भाइरसलाई अमेरिकामा जसरी राजनीतिकरण गरिएको छ, त्यसविरुद्ध उनले खेद पनि प्रकट गरेका छन्। उनका अनुसार त्यस्ता गतिविधि र यसलाई 'षडयन्त्र हो' भनेर प्रचारप्रसार गर्ने अवाञ्छि...
‘प्रधानमन्त्रीलाई भनेको छु, काम गर्न जहाँ पनि तयार छु’- डा. खतिवडा

‘प्रधानमन्त्रीलाई भनेको छु, काम गर्न जहाँ पनि तयार छु’- डा. खतिवडा

देश, राजनीति, समाचार
Credit: CLICKMANDU काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्रीलाई आफूले जुन ठाउँमा भए पनि काम गर्न तयार रहेको बताएका छन् । शुक्रबार राजीनामा बुझाउनु अघि मन्त्रालय मातहतका विभागीय प्रमुखहरुसँगको भेटमा खतिवडाले भने, ‘मैले प्रधानमन्त्रीलाई भनेको छु, मेरो ज्ञान, अनुभवलाई निष्ठापूर्वक प्रयोग हुने ठाउँमा, जुन पदमा, जुन जिम्मेवारीमा वा बिना पद र जिम्मेवारी रहे पनि पदीय जिम्मेवारी बाहिर रहे पनि काम गर्न तयार छु । त्यसैले मबाट सहयोग प्राप्त हुन सक्छ भने निसंकोच भन्दा हुन्छ ।’ विभागीय प्रमुखहरुसँगको भेटमा खतिवडाले कैयन पटक भविष्यमा केही परे आफू सहयोग गर्न तयार रहेको र निसंकोच सहयोग माग्न आग्रह गरे । उनले आफूले मन्त्रालयमा दुई जना सचिवलाई मिलाएर राख्न सकेकोमा गर्व समेत गरे । ‘पहिले मन्त्रालयमा अर्थ र राजस्व सचिव हुँदा दुईबीच कहिले के कहिले के चलिरहेको हुन्थ्यो...
‘फोटो खिचाउनै भए पनि कसैले राहत दिए हामी भोकै मर्नु पर्ने थिएन’

‘फोटो खिचाउनै भए पनि कसैले राहत दिए हामी भोकै मर्नु पर्ने थिएन’

सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी महोत्तरीको जलेश्वर नगरपालिका-९ परकौलीका ३४ वर्षीय लक्ष्मण यादवलाई अचेल घर जानै मन लाग्दैन। लकडाउन सुरू हुनुभन्दा अगाडि उनलाई काम सकेर गाउँ जान हतार हुन्थ्यो। वीरगन्जबाट जनकपुरधाम आउनेबित्तिकै जलेश्वर जाने बस चढ्थे र घर जान्थे। पहिले-पहिले उनी घर जाँदा लक्ष्मणको घरमा ८ वर्षकी छोरी र १० वर्षका छोरा उनको अगाडि-पछाडि गर्न सुरू गर्थे। उनी पनि छोराछोरीका लागि कमाएर आउँदा केही न केही लिएरै जाने गर्थे। लकडाउन सकिएको डेढ महिना हुन थाल्यो भयो। उनी घरै गएका छैनन्। उनी अहिले जनकपुरधाम उपमहानगरपालिका- २३ मा रहेको रामजानकी दुल्हादुल्हन मन्दिरमा गाईवस्तुको स्याहारसुसार गर्ने गरेका छन्। ‘किन जाउँ घर कसका लागि जाउँ,’ आसु झार्दै लक्ष्मणले भने ‘गाउँ जाँदा घरमा बच्चा हुन्थे उनी हुन्थिन्, अब कोही छैनन् घर जानुको के अर्थ।’ लक्ष्मणको आखाँबाट बर्बर आँशु झरे। ...
मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : मन्त्रिपरिषद् पुनर्गठन हुन्न, ढुक्कले काम गर्नुस्

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : मन्त्रिपरिषद् पुनर्गठन हुन्न, ढुक्कले काम गर्नुस्

देश, राजनीति, समाचार
Credit: OnlineKhabar १९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने संकेत गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको बताए । ‘हल्लाको पछि नलाग्नुस्, पुनगर्ठन हुँदैन’ उनले मन्त्रीहरुलाई भनेका छन्, ‘ढक्कसँग आफ्नो जिम्मावारी पूरा गर्न लाग्नुस् ।’ Advertisement प्रधानमन्त्री ओलीले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गरेपनि सिंगो मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत गरेको बालुवाटार स्रोतले जनाएको छ । सत्तारुढ नेकपाको विवाद समाधानबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाएको छ । त्यसलगतै नेकपामा मन्त्रिपरिषद् पुनर्गठनको बहस चर्किएको छ । ...
९४ करोडको आयुर्वेदिक औषधि निर्यात, ३२ प्रतिशतले बढ्यो निर्यात

९४ करोडको आयुर्वेदिक औषधि निर्यात, ३२ प्रतिशतले बढ्यो निर्यात

अर्थतन्त्र, कर्पोरेट, स्वास्थ्य
साभार: सेतोपाटी गएको आर्थिक वर्ष नेपालको वस्तु व्यापार घाटा थोरै भएपनि घट्यो। अघिल्लो वर्ष १३ प्रतिशतले बढेको यस्तो वस्तु व्यापार घाटा गएको वर्ष भने १५ प्रतिशतले घटेको छ। वस्तु व्यापार घाटा न्यून हुनुमा लकडाउन लागू भएपछि केही उच्च मूल्यका वस्तुको आयात घट्नु तथा केही वस्तुको आयात आर्थिक वर्षको सुरुदेखि नै न्यून हुनु रहेको छ। वस्तु व्यापार घाटा न्यून हुनुको कारण निर्यात बढेर भन्दा पनि आयात घटेर भएको हो। आयात पनि नेपाल आत्मनिर्भर भएर भन्दा पनि कोरोना भाइरसजन्य परिस्थितिका कारण हो। यस्तोमा नेपालबाट धेरै मूल्यका निर्यात हुने २० वस्तुमध्ये तीनओटा वस्तुकोमात्र निर्यात बढेको छ। यो सूचीको कूल निर्यातमा ६१ प्रतिशत हुन्छ। यो सूचीमा रहेका पाम आयल जुन विदेशबाट कच्चा तेल ल्याएर नेपालमा रिफाइन गरेर निर्यात गरिन्छ। यसको निर्यात ७७ प्रतिशतले बढेर गएको वर्ष १८ अर्ब ३१ करोड रुपैया...
स्थायी कमिटीको बैठकअघि नै मन्त्री हेरफेर गर्ने तयारी

स्थायी कमिटीको बैठकअघि नै मन्त्री हेरफेर गर्ने तयारी

देश, राजनीति, समाचार
Credit: OnlineKhabar १९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साताभित्रै आफ्नो क्याबिनेटका मन्त्रीहरु हेरफेर गर्ने भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदलले सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रीहरु हेरफेर गर्न सकिने बाटो खोलिदिएको छ । दुई अध्यक्ष केपी ओली र प्रचण्डले अन्य नेतासँगको पनि परामर्शमा स्थायी कमिटीको बैठक अगाडि नै मन्त्रिपरिषद पुनर्गठन गर्न सक्ने एक सचिवालय सदस्यले अनलाइनखबरलाई बताए । ती नेताका अनुसार आउँदो साताभित्रै प्रधानमन्त्री ओलीले मन्त्रीहरु फेरबदल गर्ने छन् । स्थायी कमिटीको बैठक कोरोनाका कारण त्यो भन्दा पछि बस्न सक्छ । नेकपा कार्यदलले असोजको अन्तिममा केन्द्रीय कमिटीको बैठक बोलाएर महाधिवेशनको तयारी गर्नुपर्ने प्रस्ताव गरेको छ । बहालवालालाई नहटाई तीनभन्दा बढी मन्त्री थप्न नसकिने विहीबार साँझ बालुवाटारमा बसे...
समयमै मल आपूर्ति नगर्ने कम्पनीलाई कारवाहीको तयारी

समयमै मल आपूर्ति नगर्ने कम्पनीलाई कारवाहीको तयारी

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । रासायनिक मलको हाहाकार गराउने दुई ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीलाई सरकारले कारवाही गर्ने भएको छ । ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपल कम्पनीले आयातको जिम्मेवारी लिएर पनि समयमै मल ल्याउन नसकेको हो । युरिया मल नपाएका कारण धान उत्पादनमा असर पर्ने चिन्ताले किसान छट्पटाइरहेका छन् । यी दुई कम्पनीले समयमा मल नल्याएका कारण मुख्य सिजनमै देशभर मलको हाहाकार भएको हो । सम्झौता अनुसार यी दुई कम्पनीले भदौ २१ गतेसम्म मल ल्याइसक्नु पर्ने हो । उक्त अवधिसम्म मल ल्याउने सम्भावनासमेत नरहेको देखिएकाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडले ती कम्पनीलाई कारवाही गर्ने तयारी थालेको छ । कृषि सामग्री कम्पनी लि. स्रोतले भन्यो, ‘भदौ २१ गतेसम्म पर्खिने हो, ...
भत्ता मात्रै होइन, सुरक्षाकर्मीको तलब पनि रोकियो

भत्ता मात्रै होइन, सुरक्षाकर्मीको तलब पनि रोकियो

राजनीति, समाचार
Credit: OnlineKhabar १८ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले सरकारद्वारा घोषित भत्ता नपाएको चर्चा चलिरहेका बेला एक महिनादेखि तलब पनि रोकिएको छ । महालेखा नियन्त्रकको कार्यालयले विकास गरेको नयाँ सफ्टवेयरमा डाटा इन्ट्री भइनसकेको कारण देखाउँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तलब रोकिएको हो । एक सुरक्षा निकायका अधिकृतका अनुसार सुरक्षाकर्मीले भदौ महिना सकिन लाग्दा अहिलेसम्म साउनको तलब पाएका छैनन् । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल र सशस्त्र प्रहरी बलका डीआईजी राजु अर्यालले तलब आउन ढिलाइ भएको स्वीकारे । पौडेल र अर्याल दुवैले डाटा इन्ट्री गर्ने व्यक्तिले तालिम लिइरहेकाले ढिलो भएको अनलाइनखबरलाई बताए । नेपाल प्रहरीका एक उच्च अधिकृतले भने तलब आउने बेलामा मात्रै डाटा इन्ट्री गर्नु नै गलत भए...