उत्तरसँग जोडिने रेल पहिलो प्राथमिकतामा रहनुपर्छ
Credit: OnlineKhabar
रेल्वे चाहिन्छ भन्ने कुरा बहसमा छ । नेपालको अन्तर्राष्ट्रियरुपमा कनेक्टिभिटीको कुरा गर्दा हामी कि हवाइरुपमा जोडिने हो, कि स्थल यातायात, मुख्य गरी रेल्वेबाटै हो ।
हवाइ जहाजमार्फत जोडिँदाका सीमाहरु छन् । त्यो खर्चिलो पनि छ । उड्डयनमा ‘प्वाइन्ट टू प्वाइन्ट कनेक्सन’ हुन्छ । त्यसले ‘बल्क कार्गो’ बोक्न सक्दैन । त्यसले औद्योगीकरणको साना (लाइट) उद्योगलाई मात्रै काम गर्ला, ठूला (हेभी) कम्पनीलाई लजिस्टिक पक्षबाट आर्थिक रुपमा प्रतिस्पर्धी बनाएर सहयोग गर्न सक्दैन हवाइ यातायातले ।
हामीलाई बाह्य संसारसँग जोडिन रेल्वे कनेक्टिभिटीको भरपर्दो विकल्प छैन । हामी चीनसँग रेलमार्फत जोडिन सक्यौं भने फाइदा हुन्छ । वर्षमा हजारौं कन्टेनर युरोपबाट चीन र चीनबाट युरोप गरिरहेका छन् । चीनसँग रेलबाट जोडिँदा हामी मध्य, मध्यपूर्व र पश्चिम एसियालगायतका क्षेत्रसम्म पनि यातायात सञ्जाल...