२०८१ मंसिर ४

Author: Raunak

सर्लाहीमा करेन्ट लागेर पूजारीको मृत्यु

सर्लाहीमा करेन्ट लागेर पूजारीको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
५ साउन, जनकपुरधाम । सर्लाहीमा करेन्ट लागेर एक जना पूजारीको मृत्यु भएको छ । बसवरिया गाउँपालिका ६ सोहडवास्थित रामजानकी मठका पुजारी बिष्णु गाउँपालिका ८ बत्रौल निवासी किशोरी दास बैरागीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । Advertisement भजन किर्तनको लागि मन्दिरको बरण्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लागेका ६० बर्षीय बैरागीको घट्नास्थलमै मृत्यु भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । उक्त मठमा पूजारीको रुपमा विगत ४५ बर्षदेखि काम गर्दै आएका बैरागीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाईएको प्रहरीले जनाएको छ । Credit: OnlineKhabar ...
चिकित्सा शिक्षा आयोगले परिक्षार्थीलाई बाड्यो चुच्चे नक्सा नभएको छाप लगाएर प्रवेश पत्र:

चिकित्सा शिक्षा आयोगले परिक्षार्थीलाई बाड्यो चुच्चे नक्सा नभएको छाप लगाएर प्रवेश पत्र:

देश, शिक्षा, समाचार, सामाजिक
आयुष बडाल विगत लामो समयदेखि रोकिएको स्नातक तह अध्ययनको लागी लिइने प्रवेश परीक्षा क्रमश:यहि महिनाको नौ गतेदेखि सुरु हुँदै छ।परिक्षामा सामेल हुने परिक्षार्थीलाई चिकित्सा शिक्षा आयोगले प्रवेश पत्र समेत अन्लाईन मार्फत वितरण गर्न थालीसकेको छ।थाल्न त थाल्यो,तर प्रवेश पत्रमा चुच्चे नक्सा भएको छाप लगाइएन बरु उहीँ पुरानो नक्सा भएको छाप लगाइयो।किन यस्तो गरियो? किन हटाइयो छापबाट चुच्चे नक्सा? जनजनको मनमा प्रश्न चिन्ह खडा भएको छ। Advertisement प्रवेश पत्र प्राप्त भए संगै हर कोहि सचेत विद्यार्थीको मन मा हर्ष र पीडा दुवैले स्थान पाएको छ। त्यो कसरी थाहा छ? एकातिर परिक्षा दिन पाउने खुसी र हर्ष त अर्को तिर आफ्नै भुभाग समेटिएको चुच्चे नक्सा गायब भएको छाप लगाइएको प्रवेश पत्र देख्दा पीडा र वेदनाले स्थान पाएको छ। यो विषयमा परिक्षार्थीले के भन्छन् त...
साढे पाँच किलो अफिमसहित हेटौंडाबाट एक जना पक्राउ

साढे पाँच किलो अफिमसहित हेटौंडाबाट एक जना पक्राउ

देश, समाचार
४ साउन, हेटौंडा । लागूऔषध नियन्त्रण व्यूरोले हेटौंडाबाट अफिमसहित एक जनालाई पक्राउ गरेको छ । ठूलो मात्रामा अफिम कारोबार भएको भन्ने विशेष सूचनाको आधारमा काठमाडौंबाट आएको व्यूरोको टोलीले मकवानपुरको बकैया गाउँपालिका–५ का ४४ वर्षीय रत्न भुलुनलाई सोमबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरसँगको समन्वयमा लागूऔषध नियन्त्रण व्यूरोका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काको टोलीले हेटौंडा उपमहानगरपालिका–२ संगमचोकबाट ५ किलो ७ सय ग्राम अफिमसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । Advertisement भुलनले पिठ्यूँमा बोकेको कालो रंगको झोला खानतलासी गर्दा झोलाभित्र रातो र सेतो रंगको प्लाष्टिकको पोकामा कालो पदार्थ अफिम फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका भुलुनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको र उनीमाथि आवश्यक अनुसन्धान भइरहेको ...
जापान जान रोकिएकी प्रशिक्षक मल्लको कोरोना रिपोर्ट नेगेटिभ

जापान जान रोकिएकी प्रशिक्षक मल्लको कोरोना रिपोर्ट नेगेटिभ

देश, समाचार
४ साउन काठमाडौं । जापानमा हुने टोकियो ओलम्पिकमा जाने पक्का भएकी प्रशिक्षक इन्द्रकुमारी मल्ल आइतबार कोरोना पोजेटिभ देखिएको भन्दै जापान जानबाट रोकिइन् । नेपाल ओलम्पिक कमिटीले उनको ठाउँमा प्रशिक्षक सन्तोष श्रेष्ठलाई जापान पठायो । मल्लले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने सरस्वती चौधरीलाई दैनिक प्रशिक्षण गराउँदै आएकी थिइन् । तर जापान जानुअघि शनिबार कोरोना संक्रमण परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आयो । Advertisement टोकियो २०२० को आयोजकल कमिटीले बनाएको नियम अनुसार १४ दिनअघि एक पटक मात्र कोरोना पोजेटिभ देखिए पनि जापान प्रवेश गर्न पाइने छैन । मल्लले आइतबार आफैं कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आयो । ओलम्पिकमा जानेहरुको कोरोना परिक्षण गरिएकै प्रयोगशाला स्टार हस्पिटलमा उनले परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आयो । मल्लले आफूलाई जापान जानबाट रोक्...
बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका दुई जना पक्राउ

बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका दुई जना पक्राउ

देश, समाचार
४ साउन, काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार भएका दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौंको टोखाबाट टोखा नगरपालिका–२ का ४८ वर्षीय मिलन डंगोल र कलंकीबाट काठमाडौं महानगरपालिका–२२ घर भई हाल वडा नम्बर १३ मा बस्ने ६३ वर्षीय देवनारायण महर्जनलाई सोमबार पक्राउ गरेको हो । Advertisement उनीहरु दुवैलाई चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो । डंगोललाई ७ दिन कैद र १५ लाख जरिवाना तथा महर्जनलाई ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको थियो । पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । Credit: OnlineKhabar ...
जापान पठाइदिने भन्दै ३९ लाख ठगी गरेको अभियोगमा चार जना पक्राउ

जापान पठाइदिने भन्दै ३९ लाख ठगी गरेको अभियोगमा चार जना पक्राउ

देश, समाचार, साहित्य
४ साउन, काठमाडौं । जापान पठाइदिन्छु भन्दै ३९ लाख ६८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी घर भई काठमाडौंको नयाँबजार बस्ने ३७ वर्षीया शुभद्रा परियार, इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तु घर भई काठमाडौंको नयाँबानेश्वर बस्ने ३३ वर्षीया पूजा राई, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चे घर भई काठमाडौंको कपन बस्ने ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका–७ खरिपाटी बाँसबारीकी २१ वर्षीया दीपिका केसीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । Advertisement उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा ‘टानाकायोका’को नामबाट आईडी खोली जापानको ‘इमिग्रेसन’मा काम गर्ने जापानी नागरिक भएको भन्दै पीडितहरुलाई रकम पठाउन लगाएको प्रहरीको भनाइ छ । जापान जान वर्किङ भिषा प्रक्रियाका लागि रकम पठाउनुपर्ने ...
डेढ महिनादेखि सडक सञ्जालदेखि मनाङ पूर्णरूपमा विच्छेद, दैनिकी चलाउनै समस्या

डेढ महिनादेखि सडक सञ्जालदेखि मनाङ पूर्णरूपमा विच्छेद, दैनिकी चलाउनै समस्या

देश, समाचार
देशैभर मनसुन शुरु भएको एक महिना भयो । मनसुनसँगै हिमाली जिल्ला मनाङले बाढीपहिराको बढी प्रभाव र क्षति भोगेको छ । डेढ महिनादेखि सडक सञ्जालदेखि मनाङ पूर्णरूपमा विच्छेद छ । जिल्लामात्र नभई मनाङभित्रैका गाउँ पनि एकअर्कासँग आवतजावत हुन सकेको छैन ।  बाढीपहिराका कारण सडक मात्र नभई मनाङमा विद्युत् र खानेपानीको सेवा पनि ठप्प छ । सदरमुकाम चामेमा नै समय समयमा सञ्चार सम्पर्क टुट्ने समस्या छ । बाढीपहिराले क्षति गर्दा कतिपय गाउँ अझै पनि विद्युत् र सञ्चार सम्पर्कमा जोडिन सकेका छैनन् । सबै क्षेत्रमा क्षति भोगेको हिमाली जिल्ला मनाङले निकै नै सकस तथा जोखिमपूर्ण अवस्था बेहोर्न बाध्य भएको छ । मर्स्याङ्दी नदीमा बाढीको सतह केही कम भएपछि पनि धेरै जोखिम र सकस भोग्दै आएको छ । स्थानीयवासीका अनुसार सडक सञ्जाल विच्छेदले सबैभन्दा बढी सकस बनाएको छ । सडक सञ्जालको नामोनिसान मेटिएपछि जिल्लामा खाद्यान्न, औषधि...
बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा

बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा

देश, समाचार
सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाडौँ उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरि भाडा लिन थालेपछि ट्राफिक प्रहरी अनुगमन गरी कारवाही गर्न सक्रिय भएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले राससलाई जानकारी दिए ।  Advertisement महाशाखाले शुक्रबारदेखि शनिबार बिहानसम्म बढी भाडा लिने १६० सवारीलाई कारवाही गरेको थियो । शनिबारदेखि आइतबार दिउँसो ४ बजेसम्म बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको हो । बढी भाडा लिने सवारीका बारेमा ट्राफिक प्रहरीको निःशुल्क नं १०३ मा फोन ग...
रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक छु : प्रधानमन्त्री देउवा

रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक छु : प्रधानमन्त्री देउवा

देश, राजनीति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका निलम्बित सांसद रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले भने, ‘मैले उहाँलाई सांसद हुनुभन्दा पहिलेदेखि चिन्छु । उहाँलाई छाड्नुपर्छ भन्ने कुरा मैले पहिले पनि भन्दै आएको छु । उहाँ छुट्नुपर्छ भन्ने व्यक्ति हुँ ।’ Advertisement यद्यपि चौधरीको मुद्दा अदालतका भएकाले केही पर्खिनुपर्ने देउवाको भनाइ छ । उनले भने, ‘राजा वीरेन्द्रले  आममाफी दिँदा पनि काँग्रेसका नेता कार्यकर्ता २० वर्ष रहेका थिए । अदालतका आफ्नो कुरा छ । अदालतमा हस्तक्षेप गर्नु हुँदैन भन्ने हाम्रो कुरा छ ।’ साभार: रातोपाटी ...
पेट्रोल पम्पमा लाइन, निगम भन्छ, ‘बजारमा तेलको समस्या छैन’

पेट्रोल पम्पमा लाइन, निगम भन्छ, ‘बजारमा तेलको समस्या छैन’

अर्थतन्त्र, देश, समाचार
बजारमा पेट्रोलियम पदार्थको समस्या नरहेको नेपाल आयाल निगमले जनाएको छ । गत शुक्रबार र शनिबार प्राविधिक तथा व्यवहारिक कारणले ढुवानी रोकिएकाले त्यसको प्रभाव बजारमा आंशिक परेको तर, आइतबार बिहानै समस्या हल भइसकेको निगमले जनाएको हो । सो बारे रातोपाटीलाई जानकारी गराउँदै निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले आइतबार बिहानै पूर्व देखि पश्चिम सबै ठाउँका पेट्रोल पम्पहरुमा तेल पठाइएको र कति पय स्थानमा ढुवानी जारी रहेको जानकारी दिए ।  Advertisement ‘बजारमा तेलको कुनै अभाव छैन । सम्बन्धित डिपो तथा पेट्रोल पम्पहरुमा तेल पुगिसकेको छ’ प्रवन्ध निर्देशक पौडेलले भने, ‘गत शुक्रबार आर्थिक वर्षको अन्तिम दिन भएकोले हिसाब मिलनको सन्दर्भमा र गत शनिबार बिदाको दिन परेकाले ढुवानीमा सामान्य समस्या आउछ बजारमा केही अभाव महशुस भएको हो । अहिले समस्या हल भइसकेको छ ।’ पौडेलक...