२०८१ मंसिर ४

Author: Raunak

मुख्यसचिव देउवा निवासमा

मुख्यसचिव देउवा निवासमा

देश, समाचार
नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको फैसलाअनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि बैरागी केही बेरअघि बूढानीलकण्ठ पुगेका हुन् ।  Advertisement काँग्रेस सहमहामन्त्री सुनील थापाले प्रधानमन्त्रीलाई आवश्यक प्रशासनीय काम कारबाहीबारे ब्रिफिङका लागि उनी देउवा निवास पुगेको जानकारी दिए ।  साभार: रातोपाटी ...
२४ घण्टामा २३९८ कोरोना संक्रमित थपिए

२४ घण्टामा २३९८ कोरोना संक्रमित थपिए

देश, समाचार, स्वास्थ्य
पछिल्लाे २४ घण्टामा देशभर थप २३९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १२ जनामा परीक्षण गर्दा २३९८ जनामा संक्रमण पुष्टि भएको हो ।  Advertisement सोही अवधिमा १२ जनाको मृत्यु भएको छ भने २ हजार ७८ जना संक्रमणमुक्त बनेका छन् ।  यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या ६ लाख ५८ हजार ७७८ जना (पीसीआर परीक्षणमा) पुगेको छ भने एन्टिजेन परीक्षणमा ४५ हजार ७८ जनामा संक्रमण पुष्टि भएको छ ।  यस्तै हालसम्म ६ लाख २३ हजार १०५ जना संक्रमणमुक्त हुँदा मृतकको कुल संख्या ९ हजार ४१२ पुगेको छ।   साभार: रातोपाटी ...
एमाले स्थायी कमिटी बैठक स्थगित

एमाले स्थायी कमिटी बैठक स्थगित

देश, राजनीति, समाचार
२९ असार, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । Advertisement आज मंगलबार दिउँसो एक बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेकाले स्थायी कमिटी बैठक स्थगन भएको हो । Credit: OnlineKhabar ...
‘राष्ट्रिय जनमोर्चा आजै सरकारमा जाने सम्भावना कम’

‘राष्ट्रिय जनमोर्चा आजै सरकारमा जाने सम्भावना कम’

देश, राजनीति, समाचार
२९ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चा आजै सरकारमा सहभागी हुने सम्भावना कम रहेको सो पार्टीकी उपाध्यक्ष दूर्गा पौडेलले बताएकी छन् । पार्टीको बैठक नै नबसेकाले सरकारमा सहभागी हुने सम्भावना कम रहेको उनको भनाइ छ । उपाध्यक्ष पौडेलले अनलाइनखबरसँग भनिन्, ‘पार्टीको बैठक सायद भोलि बस्छ होला । त्यसपछि संस्थागत निर्णय होला । आजै चाहिं सरकारमा जाने सम्भावना कम छ ।’ सोमबार बसेको विपक्षी गठधबन्धनको बैठकमा पनि उपाध्यक्ष पौडेलले सरकारमा सहभागी हुने/नहुने भनेर पार्टीले केही निर्णय नगरेको बताएकी थिइन् । Advertisement कांग्रेस सभापति शेरबहादुर देउवाले आजै सानो आकारको मन्त्रीमण्डलसहित प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गरेका छन् । पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको बारेमा देउवा बिहानैदेखि परामर्शमा व्यस्त छन् । विपक्षी गठबन्धनको माओवादी केन्द्रले पनि स्था...
नदीमा डुबेर बालिकाको मृत्यु

नदीमा डुबेर बालिकाको मृत्यु

देश, समाचार, सामाजिक
२८ असार, वीरगञ्‍ज। बारामा नदीमा डुबेर बालिकाको मृत्यु भएको छ । आदर्श कोतवाल गाउँपालिका-८ जमुनिया बस्ने अब्दुल कलामकी ९ वर्षीया छोरी रोशन ताराको नदीमा डुबेर मृत्यु भएको हो । Advertisement उनी जमुनी नदीको किनारमा बाख्रा चराउन गएकी थिइन् । नदीमा हात खुट्टा धुने क्रममा लड्दा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए । Credit: OnlineKhabar ...
धनगढीमा सर्वोच्च अदालतको फैसलाविरुद्ध राँके जुलुस

धनगढीमा सर्वोच्च अदालतको फैसलाविरुद्ध राँके जुलुस

देश, राजनीति, समाचार
२८ असार, धनगढी । धनगढीमा सर्वोच्च अदालतको फैसलाविरुद्ध राँके जुलुससहित प्रर्दशन गरिएको छ । नेकपा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियु कैलालीले प्रतिनिधिसभा विघटन पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध राँके जुलुससहित प्रर्दशन गरेको हो । सो क्रममा उनीहरुले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराविरुद्ध नाराबाजी गर्दै पुतला समेत दहन गरेका छन् । Advertisement सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै काँग्रेस सभापति समेत रहेका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । अदालतले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी नपुग्ने ठहर गरेको छ । Credit: OnlineKhabar ...
कैलालीको भजनीमा उपप्रमुखले गरिन् नगर कार्यपालिका बैठक बहिस्कार

कैलालीको भजनीमा उपप्रमुखले गरिन् नगर कार्यपालिका बैठक बहिस्कार

देश, समाचार
२७ असार, धनगढी । कैलालीको भजनी नगरपालिकामा उपप्रमुख छाया देवकोटासहितका जनप्रतिनिधिहरुले नगर कार्यपालिकाको बैठक बहिस्कार गरेका छन् । वडास्तरबाट योजना तर्जुमा नै नगरेर बहुमतका आधारमा अगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याइएको बजेट पारित गर्ने रणनीतिपछि कार्यपालिकाको बैठक बहिष्कार गरिएको उपप्रमुख देवकोटाले बताइन् । Advertisement उनकाअनुसार वडा नम्बर १ का अध्यक्ष रविन थापा, वडा नम्बर ३ का अध्यक्ष विक्रम चौधरी र वडा नम्बर ५ का अध्यक्ष केशव बहादुर बुढाले पनि बैठक बहिस्कार गरेका छन् । उनीहरुले कार्यपालिकाको माइन्युटसमेत कब्जामा लिएका छन् । नगर प्रमुख शेरबहादुर चौधरीले बहुमतको आडमा बजेट पारित गर्न खोजेको आरोप उनीहरुको छ। त्यसका लागि सोमबार बिहान १० बजे नगरसभा बोलाइएको छ । नेकपा माओवादी केन्द्रबाट उपप्रमुख बनेकी देवकोट हाल नेकपा एमालेमा प्रवेश गरे...
मानसिक अस्पतालका डाक्टर मृत भेटिए

मानसिक अस्पतालका डाक्टर मृत भेटिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
२७ असार, काठमाडौं । मानसिक अस्पताल, पाटनका चिकित्सक गेष्ट हाउसमा मृत भेटिएका छन् । डा. सुदीप अर्याल आइतबार बाँसबारीस्थित पूर्वेली गेष्ट हाउसमा मृत भेटिएका हुन् । Advertisement गेष्ट हाउसका कर्मचारीहरुले बताएअनुसार उनले आइतबार बिहान मात्र कोठा लिएका थिए । कोठामा पुगेपछि उनले ब्रेकफास्ट मगाएका थिए । तर ब्रेकफास्ट लिएर जाँदा खोप्टो परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । उनको झोलामा ‘सल्फस’ नामक विषादी भेटिएको र शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । Credit: OnlineKhabar ...
एक महिनादेखि बेपत्ता सुजिताको शव गाडिएको अवस्थामा भेटियो

एक महिनादेखि बेपत्ता सुजिताको शव गाडिएको अवस्थामा भेटियो

देश, समाचार, सामाजिक
२७ असार, जनकपुरधाम । एक महिनादेखि बेपत्ता भएकी महोत्तरीकी एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन् । उनको शव घर नजिकैको पेट्रोल पम्प छेउमा दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले जानकारी दिए । Advertisement सुजिताको शव गाडिएको विशेष सूचनाको आधारमा उक्त ठाउँमा उत्खनन् गर्दा शव फेला परेको छ,’ उनले भने, ‘तर शवको डीएनए परीक्षण गर्न बाँकी छ ।’ शव फेला परेपछि यस विषयमा थप अनुसन्धान शुरु गरिएको डीआईजी रञ्जितकारले बताए । सुजिताको हत्या आशंकामा प्रहरीले यसअघि १३ असारमा उनका पति मुकेश र देवर रुपेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । Credit: OnlineKhabar ...
कोभिड निको भएको एक वर्ष नकटेका यात्रुले कतारमा क्वारेन्टिन बस्नु नपर्ने

कोभिड निको भएको एक वर्ष नकटेका यात्रुले कतारमा क्वारेन्टिन बस्नु नपर्ने

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
२७ असार, काठमाडौं । कतारले खोपको मात्रा पुरा गरेका यात्रुलाई क्वारेन्टिन बस्नु नपर्ने नियम ल्याएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार अब कतारमा दुबै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका यात्रुले क्वारेन्टिन बस्नु पर्ने छैन । कतारमा कोभिड संक्रमण निको भएको १२ महिनाभित्र कतार प्रवेश गर्ने यात्रुलाई समेत अनिवार्य क्वारेन्टिनको प्रावधान हटाइएको छ । यो नियम सोमबारबाट लागू हुने दूतावासले जनाएको छ । Advertisement खोपको मात्रा पुरा नगरेका वा नलगाएका यात्रुले भने अनिवार्य रुपमा ‘डीस्कोभर कतार’ वेवसाइटबाट बुकिङ गरि १० दिन होटेल क्वारेन्टिन वा १४ दिन मेखाईनिस क्वारेन्टिन बस्नु पर्नेछ । तोकिएको शर्त पुरा गर्ने यात्रुले पारिवारिक भ्रमण, व्यवसाय र पर्यटक भिसा समेत पाउने छन् । यात्रा गर्नुअघि कम्तिमा १२ घण्टा अगाडी अनिवार्य एहतराज वेवसाइटमा अनलाइन...