२०८१ मंसिर ५

Author: Raunak

सरकारी गाडीभित्र अश्लील क्रियाकलाप गरेको अभियोगमा तीन पक्राउ

सरकारी गाडीभित्र अश्लील क्रियाकलाप गरेको अभियोगमा तीन पक्राउ

देश, समाचार
२४ असार, काठमाडौं । भक्तपुरको घ्याम्पे डाँडा जंगलमा गाडी राेकेर अश्लील क्रियाकलाप गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य गतिविधि गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् । Advertisement पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छन् । कार्की र महिला गाडीभित्र अश्लील गतिविधि गरिरहेका थिए । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार जंगलमा प्रदेश नंं ३–०१–००२ झ ५०५२ नम्बरको गाडी रोकेर उनीहरु अश्लील गतिविधि गरिरहेका वेला बुधबार राति ११ बजे फेला परेका थिए । भक्तपुरका डीएसपी दिपक गिरीका अनुसार उनीहरुविरुद्ध सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ । ...
निजी विद्यालयमा कोरोना महामारी तयारी नाममा पनि शुल्क !

निजी विद्यालयमा कोरोना महामारी तयारी नाममा पनि शुल्क !

देश, शिक्षा, समाचार
२४ असार, काठमाडौं । हरेक वर्ष दोहोरिने निजी विद्यालय र अभिभावकबीच हुने शुल्क विवाद यो वर्ष पनि देखिएको छ । यो वर्ष कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ नहुँदा पनि निजी विद्यालयले विभिन्न बाहनामा धेरै शुल्क असुलेको अभिभावकको गुनासो छ । धापासीस्थित त्रियोग हाइस्कुल, ज्ञानेश्वरको ग्यालेक्सी पब्लिक स्कुल, पिंगलास्थानको पारागन पब्लिक स्कुलललगायतका विद्यालयले बढी शुल्क लिएको अभिभावकको गुनासो छ । कतिपय विद्यालयले त कोरोना महामारी तयारी शुल्क समेत लिने गरेको पाइएको छ । Advertisement नक्सालस्थित मल्पी सिटी स्कुलले माइक्रो सफ्ट मिट, कोभिड १९ तयारी शुल्क शीर्षकमा शुल्क लिएको पाइएको छ । अनुगमनका क्रममा धेरै विद्यालयले कोरोना महामारी तयारी शुल्क शीर्षकमा शुल्क असुलेको पाइएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन् । ‘उपत्यका...
मोबाइलको आईएमईआई दर्ता प्रणाली अवरुद्ध

मोबाइलको आईएमईआई दर्ता प्रणाली अवरुद्ध

देश, समाचार
२४ असार, काठमाडौं । मोबाइल सेटको आईएमईआई दर्ता प्रणाली अवरुद्ध भएको छ । एकै पटक धेरैले आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न खोजेपछि प्रणालीमा समस्या आएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानूनी आयात, बिक्री, वितरणलाई निरुत्सान गर्नका लागि दर्ता गर्ने प्रावधान ल्याएको छ । जसअनुसार देश बाहिरबाट ल्याइएका मोबाइलको आईएमईआई अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ । तर, सबैले दर्ता गर्न थालेपछि दर्ता प्रणालीमै समस्या आई अवरोध भएको प्राधिकरणले जनाएको छ । Advertisement नयाँ प्रवाधान अनुसार आईएमईआई दर्ता नभएका मोबाइल सेट चल्ने छैनन् । साउन १ गतेदेखि नै यस्ता मोबाइल सेट चलाउन नमिल्ने गरी काम गरे पनि दर्ता प्रणालीमै समस्या भएपछि यो प्रक्रिया रोकिएको छ । मोबाइल प्रयोगकर्तमा अन्योलता बढेपछि प्राधिकरणले सूचना जारी गरी निय...
इजरायलले दिएको २० करोडको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

इजरायलले दिएको २० करोडको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

देश, समाचार
२४ असार, काठमाडौँ । इजरायलले नेपाललाई २० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यका अनुसार ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आईसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित सामग्री सहयोग गरेको हो । Advertisement ‘कोभिड—१९ सँग सम्बन्धित इजरायलले अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्न ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्ने सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत पठाएको राजदूत डा. शाक्यले बताइन् । नेपाल वायुसेवा निगमको चार्टड फ्लाइटमार्फत ती सामग्रीसहित बिहीबार विहान सवा ११ बजे काठमाडौं ल्याइएको छ । विमानस्थलमा इजरायली राजदूत हनान गोडेरले नेपालको स्वास्थ्य मन्त्रालयका अधिकारीलाई सामान हस्तान्तरण गरेका छन् । ‘नेपाल आएक...
अष्ट्रेलियाको सिड्नीमा एक साता थपियो लकडाउन

अष्ट्रेलियाको सिड्नीमा एक साता थपियो लकडाउन

विदेश / एन.आर.एन, समाचार
२३ असार, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा लगाइएको लकडाउन एक सताका लागि थप गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) को जोखिम अझै कायम रहेको भन्दै सिड्नीको लकडाउन एक साताका लागि थप गरिएको हो । न्यु साउथ वेल्सको सरकारले न्यु साउथ वेल्सको सरकारले लकडाउनको कारण परिवार र व्यवसायले भोग्नुपरेको दबाब र दुःखबारे जानकार रहे पनि कोरोनाको डेल्टा भेरियन्टको संक्रमण बढिरहेको भन्दै कठिन निर्णय लिनुपरेको बताएको छ । गत जुन २६ मा सिड्नीमा पहिलोपटक लकडाउन गरिएको थियो । Advertisement लकडाउनपछि पनि केही मानिसहरुमा कोरोनाको संक्रमण देखिएको थियो । यसपटक सिड्नीमा कोरोनाको संक्रमण फैलिँदा अहिलेसम्म करिब ३३० संक्रमित फेला परेका छन् । अहिले थप गरिएको लकडाउन ग्रेटर सिड्नीका ५० लाखभन्दा धेरै मानिसहरुलाई लागू हुनेछ । यसअघिको लकडाउन शुक्रबार सकिँदै थियो । यससँगै अब सिड्नीको लकड...
प्रदेश २ सभाको बैठक पुनः सारियो

प्रदेश २ सभाको बैठक पुनः सारियो

देश, राजनीति, समाचार
२३ असार, जनकपुरधाम । प्रदेश २ सभाको बैठक पुनः सारिएको छ । असार २३ गते बुधबारका लागि बोलाइएको प्रदेश सभाको बैठक असार २५ गतेका लागि सारिएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए । गत असार १ गते प्रस्तुत भएको आर्थिक बर्ष २०७८/७९ को बजेटमा प्रदेश सभा बैठक बस्न नसक्दा छलफल शुरु हुन सकेको छैन । बजेट प्रस्तुत भएकै दिन बसेको दोस्रो बैठक नेकपा एमाले र माओवादी केन्द्रका सासदले अवरुद्ध गरेका थिए । Advertisement उनीहरुले संसदीय विकास क्षेत्रको बजेट बढाउनुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दा असार १५ गतेका लागि बैठक तय गरिएको थियो । तर, कुरा नमिल्दा १५ गतेको बैठकलाई २३ गतेका लागि सारिएको थियो । अब २५ गते बैठक बस्नेछ । चालु आर्थिक बर्षको बजेट खर्च गर्ने अन्तिम समय रहेकाले सबै सांसद आफ्ना योजनालाई हेर्ने र कार्यालयमा पनि चाप रहने भएकाले बैठक सार...
नेप्सेमा थप ५.२४ अंकको गिरावट

नेप्सेमा थप ५.२४ अंकको गिरावट

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से मंगलबार थप ५.२४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ५.२४ अंकले घटेर २ हजार ८१८.१० विन्दुमा झरेको हो ।  गत सोमबार यस्तो गिरावट ११.७८ अंकले घटेर नेप्से २ हजार ८२२.७३ विन्दुमा अड्किएको थियो ।  Advertisement नेप्सेका अनुसार यस दिन कुल २२० कम्पनीका एक करोड एक लाख ३५ हजार २०९ कित्ता सेयर ४६ हजार ३१० पटक किनबेच हुँदा ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रुपैयाँको मात्र कारोबार भएको छ । यो गत सोमबारको तुलनामा करिब ३० करोडले कमी हो ।  यस दिन बैंकिङ्ग, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स तथा म्यानु एण्ड प्रो समूह चम्किदा अन्य सबै समूह ऋणात्मक (नेगेटिभ) हुन पुगेका छन् ।  साभार: रातोपाटी ...
भारी वर्षाले रसुवा तथा नुवाकोटको तिरतिरे भिर खण्डका राजमार्गमा समस्या

भारी वर्षाले रसुवा तथा नुवाकोटको तिरतिरे भिर खण्डका राजमार्गमा समस्या

देश, समाचार
निरन्तरको भारी वर्षाले रसुवा तथा नुवाकोटको तिरतिरे भिर खण्डका राजमार्गमा अवरोध हुने गरेको छ । रसुवाको मूलखर्क,ब्रावलभिर,धुञ्चेको त्रिशूली खोला,भार्खुडिल,सानोभार्खु,स्याफ्रुको भोटेकोशी पुल नजीक याङयाङ खोला क्षेत्र,लिङलिङ,कलाङकुलुङ,तातोपानी लगायतका क्षेत्र बढी जोखिम भएकाले पानी परेको बेला सवारी साधन गुडाउँदा पूर्वसावधानी अपनाउन चालक दलका सदस्यलाई आग्रह गरिएको ट्राफिक प्रहरीले जनाएको छ । Advertisement हिमाली क्षेत्र गहिरो खोँचमा सडक मार्ग भएका कारण सुरक्षित स्थानमा मात्र पार्किङ गर्न सवारी चालकलाई आग्रह गरिएको छ । ठूलोपानी आउँनासाथ स्याफ्रु–रसुवागढी खण्डको १६ किलोमिटर र स्याफ्रुबेँसीको भोटेकोशी नजीक याङयाङ खोला आसपास क्षेत्रमा भने बढी समस्या आउने गरेका कारण सडक सतहमा आउने हिलो र अवरुद्व भएका स्थानमा डोजरको सहायताले अवरोध हटाई सवारी साधन पार गराउने...
ठमेलबाट कस्तुरीको बिना सहित ४ जना चिनियाँ पक्राउ

ठमेलबाट कस्तुरीको बिना सहित ४ जना चिनियाँ पक्राउ

देश, समाचार
काठमाडौँको ठमेल स्थित ज्याठाबाट प्रहरीले दुर्लभ वन्यजन्तुको अखेटोपहार र जुवा खेल्न प्रयोग गरिने सामग्री सहित ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले गएराती उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झाओ पेनुचेङ्ग, मा जिङ्गबिन, निउ युलियाङ्ग र पेङ्ग हुई छन् । Advertisement महानगरीय प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर चिनियाँलाई सार्वजनिक गरेको छ ।   चिनियाँहरूको साथबाट ८ लाख ८९ हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए । जुवा खेलाइरहेको अवस्थामा प्रहरीले छापा मारेर उनीहरूलाई पक्रेको थियो । चिनियाँ नागरिकको साथबाट प्रहरीले २० थान कस्तुरीको बिना, बुद्धचित्त माला, बाघको छाला, गाईको छाला, जुवा खेल्न प्रयोग गरिने गोटी र व...
सम्झौतानुसार काम नगर्ने १५ कम्पनी कालोसूचीमा

सम्झौतानुसार काम नगर्ने १५ कम्पनी कालोसूचीमा

देश, समाचार
सम्झौतानुसार निर्माण सम्पन्न नगरेको जनाई सरकारले १५  व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयका सिफारिशमा सार्वजनिक खरीद अुनगमन कार्यालयले चार कम्पनीलाई दुई वर्ष र एघार कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छ । खरीद कार्यालयको सोमबार बसेको बैठकले आजदेखि लागू हुनेगरी प्रहरी प्रधान कार्यालयको सिफारिशका आधारमा पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौँडा तथा डिएमएस बुट इण्डष्ट्रिज बूढानीलकण्ठ, कृषि सामग्री कम्पनी लिमिटेडका सिफारिशमा सैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि सामग्री कम्पनीलाई दुईदुई वर्षका लागि कालोसूचीमा सिफारिस गरिएको हो । Advertisement कृषि सामग्री कम्पनीले सिफारिश गरेका दुई कम्पनीले तोकिएका समयमा रासायनिक मलको ढुवानी गर्न नसकेपछि कम्पनीले धरौटी रकम जफत गरेर कालोसूचीमा राख्न सिफारिस गरेको थियो । यस्तै फ्रे...