२०८१ मंसिर ५

Author: Raunak

काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या

काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या

देश, समाचार, सामाजिक, स्वास्थ्य
वेलबारी नगरपालिका-७ बस्ने ४८ वर्षीया सीता घिमिरेलाई काठको मुङ्ग्रोले प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमान ५६ वर्षीय अम्बिका घिमिरेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । Advertisement मादक पदार्थ सेवन गरी शुक्रबार श्रीमतीसँग सामान्य विवाद भई दुवैजना सुतेको र राति उठी एक्कासी आवेशमा आई काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या गरी फरार रहेका अम्बिकालाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले वेलबारी नगरपालिका-७ स्थित खाली ग्वालीमा बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनी उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साभार: रातोपाटी ...
प्रधानमन्त्रीद्वारा समुन्द्रटार–त्रिसूली ३ बी हब प्रसारण लाइनको उद्घाटन

प्रधानमन्त्रीद्वारा समुन्द्रटार–त्रिसूली ३ बी हब प्रसारण लाइनको उद्घाटन

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको समुन्द्रटार–त्रिसूली ३ बी हब १३२ केभी डबल प्रसारण लाइन र सबस्टेसनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारबाट नुवाकोटमा निर्माण भएको प्रसारण लाइन र १३२÷३३ केभी समुद्रटार सबस्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारबाट सुरु भई किस्पाङ गाउँपालिकामा निर्माणाधीन त्रिसूली ३ हब सबस्टेसनसम्मको २६ किलोमिटर  प्रसारण लाइनले २७० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने छ । यस लाइनमा जोडिने गरी तादी खोला र यसका सहायक खोलाहरूमा निजी लगानीमा ६० मेगावाटका १० जलविद्युत आयोजनाहरू निर्माणको विभिन्न चरणमा छन् । Advertisement २६ किलोमिटर प्रसारण लाइनमध्ये ३ किलोमिटर खण्ड मल्टिसर्किट छ । जसमध्ये २ सर्किट लाइन जनत...
पृथ्वी राजमार्गको धादिङ खण्ड एकातर्फी सञ्चालन

पृथ्वी राजमार्गको धादिङ खण्ड एकातर्फी सञ्चालन

देश, समाचार
धादिङको बेनीघाट रोराङ गाउँपालिका—१० स्थित जवाङमा  सवारी साधन क्षति पु¥याउने गरी आएको पहिराले अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड शनिबार दिउँसोबाट एकातर्फी रुपमा सञ्चालनमा आएको छ । सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले सडकको लेदोसहितको पहिरो हटाएको छ भने क्षतिग्रस्त सवारी साधनलाई सडक किनारामा राखिएको छ ।  Advertisement जबाङमा अबिरल वर्षाका कारण झरेको पहिराले  पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए । पहिरामा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।  घटनास्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरी र इलाका प...
बिपी राजमार्ग अवरुद्ध

बिपी राजमार्ग अवरुद्ध

देश, समाचार
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ स्थित माम्दी खोलामा बाढी आएपछि सो क्षेत्र भएर सञ्चालन भएको बिपी राजमार्ग अवरुद्ध भएको छ ।  शुक्रबारदेखि परेको अविरल वर्षाका कारण खोलाको माथिबाट लेदोसहितको बाढी आएर सडकमा थुप्रेपछि राजमार्ग अवरुद्ध भएको हो । Advertisement राति १÷२ बजेदेखि लेदो थुप्रिएका कारण नै सडक अवरुद्ध भएपछि अहिले रामेछाप, सिन्धुली र पूर्वी तराई जाने र काठमाडौँ आउने सवारी साधनहरु रोकेको रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए।  लेदोले पुरिएका कारण गाडी नै फसेपछि त्यसलाई निकालिएको र अवरुद्ध सडक खुलाउने काम भइरहेको उनले बताए ।  अवरोध हटाउन शुरु गरिए पनि निरन्तरको वर्षा र खोलाको सतह बढेको कारण केही कठिनाइ भइरहेको बताए । लेदोमा तीन सवारी साधन फसे पनि यात्रुहरुलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

आर्थिक
निरन्तरको वर्षातसँगै झरेको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।     विभिन्न स्थानमा खसेको पहिरो पन्छाएसँगै आज बिहान ९ः१० बजेदेखि एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  Advertisement कार्यालयका अनुसार पहिरोका कारण रोकिएका सवारी साधनलाई पालैपालो गन्तव्यमा पठाउने क्रम शुरु भएको छ । चारकिलो, पाँचकिलो, जलबिरे, सेती दोभानमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको हो ।  सो सडक क्षेत्रमा बिहीबारदेखि पटक पटक पहिरो खस्ने र पन्छाउने कार्य जारी छ । पहिरोका कारण बिहिबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्रै सञ्चालनमा आएको सो सडकखण्ड दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने कार्यालयले जनाएको छ ।  नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध...
पोखरामा लागू औषधसहित दुई व्यक्ति पक्राउ

पोखरामा लागू औषधसहित दुई व्यक्ति पक्राउ

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरामा अवैध लागु औषधसहित दुई व्यक्ति पक्राउ परेका छन् । पोखरा–११ तुलसी मार्गमा चेक जाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीको टोलीले अपाचे मोटरसाइकलसहित दुई जनालाई खैरो रङको झोलाभित्र लुकाई राखेको ५३५ ग्राम गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । Advertisement प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा –११ रामघाट बस्ने वर्ष २९ का विकास नेपाली र रामेछाप रामपुर गाउँपालिका –५ घर भइ हाल पोखरा –५ जिरो किमी बस्ने वर्ष ३३ का चन्द्र बहादुर तामाङ रहेका छन् । पक्राउ परेका विरुद्ध लागु औषध सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
ठोरीका किशोरीमा ‘मास हिस्टोरिया’को समस्या, धामी-झाँक्रीको भरमा उपचार

ठोरीका किशोरीमा ‘मास हिस्टोरिया’को समस्या, धामी-झाँक्रीको भरमा उपचार

देश, समाचार, सामाजिक
१८ असार, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका-४ स्याउली बस्तीमा १७ वर्षीया किशोरीलाई मास हिस्टोरियाको जस्तै लक्षण देखियो । उनी अचानक चिच्याउने, बेहोस हुने, उफ्रने, रुने, हाँस्ने गरिरहेकी थिइन् । तामाङ समुदायका उनीहरुले किशोरीलाई लामालाई देखाए । मकवानपुरको हेटौंडा लगेर धामी-झाँक्री लगाए । निको भएजस्तो भएपछि घर ल्याए । घरमा उनका साथीहरु भेट्न आए । भेट्न आएका साथीहरुमा पनि उनमा जस्तै समस्या देखिन थाल्यो । गाउँमा अहिले मास हिस्टोरियाको जस्तै लक्षण देखिएका बिरामी सात जना पुगिसकेका छन् । ८-९ देखि १७-१८ वर्षका किशोरीहरुमा समस्या देखिएको छ । Advertisement स्थानीय लालबहादुर श्रेष्ठका अनुसार उपचारका लागि अस्पताल लैजान आग्रह गर्दा परिवारका सदस्य मानिरहेका छैनन् । ‘दुई महिना अघि एक किशोरीलाई मास हिस्टोरिया देखिएकोमा अहिले सात जनामा समस्या देखिसकेको रहेछ । कुनैबेल...
कांग्रेस पदाधिकारी बैठक अझै सुरु भएन

कांग्रेस पदाधिकारी बैठक अझै सुरु भएन

देश, राजनीति, समाचार
१८ असार, काठमाडौं । क्रियाशील सदस्यता छानविनका लागि मापदण्ड बनाउन बोलाइएको नेपाली कांग्रेस पदाधिकारी बैठक अझै सुरु भएको छैन । दिउँसो 2 बजेका लागि बोलाइएको बैठक पाँच बज्दा समेत सुरु भएको छैन । शीर्ष नेताहरुसहित पूर्वपदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका सदस्यलाई पनि बोलाएको बैठकमा नेताहरु पार्टी कार्यालय सानेपामा आन्तरिक छलफलमै छन् । क्रियाशील सदस्यता छानविनका लागि मापदण्ड नहुँदा समितिको काम प्रभावित भएको छ । असार २० गतेसम्म काम सक्नुपर्ने जिम्मेवारी पाएको समितिले मापदण्ड नहुँदा विवादित जिल्लाका क्रियाशील सदस्यता छानविनको काम अगाडि बढाउन सकेको छैन । Advertisement मापदण्ड बनाउने जिम्मा पार्टी पदाधिकारीलाई दिइएपनि शीर्ष नेताहरुबीच साझा धारणा बन्न नसकेको हो । अहिले पार्टी कार्यालयमा नेताहरु आ–आफ्नो समूहसँग छलफलमा रहेको एक नेताले बताए । नेताहर...
पनौतीमा भेटियो दुर्लभ सालक

पनौतीमा भेटियो दुर्लभ सालक

देश, समाचार
१८ असार, काभ्रे । पनौती नगरपालिका–८ पाल्पाली गाउँमा विश्वमा दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालक भेटिएको छ । बुधबार राति ९ बजे एक स्थानीयवासीको घर आँगनमा सो सालक भेटिएको धुलिखेलस्थित डिभिजन वन कार्यालयले जनाएको छ । नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने उक्त सालक बिहीबार पनौती प्रहरी र वन कार्यालयका कर्मचारीद्वारा मल्पीस्थित सामुदायिक वनमा छाडिएको छ । पनौतीमा भेटिएको उक्त वयस्क ‘चाइनिज पाङ्गोलिन’ रहेको वन कार्यालय प्रमुख देवीचन्द्र पोखरेलले बताए । उनका अनुसार नेपालमा भेटिने गरेका अधिकांश ‘चाइनिज पाङ्गोलिन’ नै रहेका छन् । काभ्रेपलाञ्चोकमा भने सालकको बासस्थान अनुसन्धान तथा संरक्षण अभियान बजेट अभावका कारण यो वर्ष रोकिएको छ । वाग्मती प्रदेश सरकारबाट विगत दुई आवदेखि नियमित आउने बजेट चालु आवमा रोकिएपछि सालकसम्बन्धी थप अनुसन्धान तथा संरक्षण अभि...
राष्ट्रपतिको निर्णय पुनरावलोकन हुनै सक्दैन : अधिवक्ता दाहाल

राष्ट्रपतिको निर्णय पुनरावलोकन हुनै सक्दैन : अधिवक्ता दाहाल

देश, राजनीति, समाचार
१८ असार, काठमाडौं । अधिवक्ता बाबुराम दाहालले राष्ट्रपतिको निर्णय पुनरावलोकन हुनै नसक्ने दाबी गरेका छन् । संसद विघटन खारेजको माग गर्दै परेको रिटमा प्रधानमन्त्रीको तर्फबाट बहस गरेका अधिवक्ता दाहालले अदालतले संविधानको धारा ७६(५) को व्याख्या गर्न जरुरी रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीका कानूनी सल्लाहकार समेत रहेका दाहालले भने, ‘व्याख्या गर्दा संविधानले दिएको अधिकार छेक्ने गरी हुन सक्दैन ।’ Advertisement यो रिटमा राष्ट्रपतिलाई विपक्षी नबनाइएको भन्दै उनले अदालतले ७६(५) को व्याख्या गर्दा आगामी दिनका लागि हुने गरी मात्र व्याख्या गर्नुपर्ने दाबी गरे । Credit: OnlineKhabar ...