हेटौँडामा कृषि थोक बजारको शिलान्यास
मकवानपुरको हेटौँडामा अन्तर्राष्ट्रिय स्तरको कृषि थोक बजारको निर्माणको शिलान्यास गरिएको छ । शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ थाना भर्याङमा कुल २८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागतमा अन्तर्राष्ट्रिय स्तरको कृषि थोक बजार निर्माणको शिलान्यास गरेका हुन् ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेश अन्तर्गतको कृषि विकास निर्देशनालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा प्रादेशिक कृषि थोक बजार निर्माण योजना अनुसार काम सुरु गरिएको हो ।
Advertisement
कुल २ बिगाहा ४ धुर क्षेत्रफलमा कृषि थोक बजार निर्माणका लागि निर्देशनालयले ७० प्रतिशत र उपमहानगरपालिकाले ३० प्रतिशत लागत व्यहोर्ने गरी साझेदारी गरेको जनाइएको छ । उक्त कृषि थोक बजार स्थापना पश्चात् सित भण्डार तथा भण्डारण, प्याकिङ, ग्रेडिङ, प्रश...