२०८१ मंसिर ५

Author: Raunak

पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक सुरु

पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक सुरु

देश, राजनीति, समाचार
११ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक बसुन्धरास्थित दियालो फुडल्याण्डमा सुरु भएको छ । Advertisement आगामी भदौमा हुने कांग्रेसको १४ औं महाधिवेशनका लागि आवश्यक रणनीति बनाउने उद्देश्यका साथ पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक बसेको बताइएको छ । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाललगायत सहभागी छन् । आगामी भदौ १६ गतेदेखि हुने महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसका नेताहरुले आफूपक्षीय नेताहरुको छलफललाई तीव्र बनाएका छन् । Credit: OnlineKhabar ...
प्रदेश-२ सरकारलाई समावेशी बनाउने रिट : विपक्षीलाई बोलाउने आदेश

प्रदेश-२ सरकारलाई समावेशी बनाउने रिट : विपक्षीलाई बोलाउने आदेश

देश, राजनीति, समाचार
११ असार, जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारलाई संविधान अनुसार समावेशी बनाउन दायर गरिएको रिटमा उच्च अदालत जनकपुरधामले विपक्षीलाई छलफलका लागि बोलाउने आदेश दिएको छ । उच्च अदालतका मुख्य न्यायाधीश बिनोद शर्माको इजलाशले विपक्षीलाई असार १६ गते छलफलका लागि बोलाउने आदेश दिएको हो । Advertisement अधिवक्ता राजकुमार महासेठले प्रदेश सरकार समावेशी नभएको भन्दै बिहीबार दायर गरेको रिटमा अदालतले यस्तो आदेश दिएको हो । अधिवक्ता महासेठले प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, मुख्यमन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री, खानेपानी तथा उर्जा विकास मन्त्री र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका छन् । रिटकर्ता अधिवक्ता महासेठले असार १६ गते छलफलका लागि बोलाउने आदेश भएको जानकारी गराए । रिटमा मुख्यमन्त्रीब...
रेसुङ्गा नगरको बजेट झण्डै ६२ करोड

रेसुङ्गा नगरको बजेट झण्डै ६२ करोड

देश, राजनीति, समाचार
१० असार, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले आर्थिक बर्ष २०७८-०७९ का लागि ६१ करोड ९० हजार रुपैयाँको बजेट ल्याएको छ । Advertisement नगरप्रमुख डिल्लीराज भुसालले प्रस्तुत गरेको बजेटमा आर्थिक क्षेत्रतर्फ ४ करोड ७७ लाख ४४ हजार, सामाजिक क्षेत्रतर्फ २५ करोड २२ हजार, पूर्वाधारतर्फ १८ करोड २ लाख ५० हजार विनियोजन गरिएको छ । वन, वातावरण तथा विपद व्यवस्थापनतर्फ १ करोड १८ लाख, सुशासन तथा संस्थागत विकासतर्फ १२ करोड २ लाख ७४ हजार रुपैयाँ विनियोजन भएको नगरपालिकाले जनाएको छ । बजेटमा कोरोना रोकथाम तथा न्यूनिकरण, स्वास्थ्य तथा पोषणलाई प्राथमिकता दिइएको छ । त्यस्तै जिल्लाको मुसिकोट नगरपालिकाले कुल ८४ करोड ४ लाख ९९ हजार ४ सय ७६ को बजेट ल्याएको छ । Credit: OnlineKhabar ...
रेसुङ्गा नगरको बजेट झण्डै ६२ करोड

रेसुङ्गा नगरको बजेट झण्डै ६२ करोड

देश, राजनीति, समाचार
१० असार, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले आर्थिक बर्ष २०७८-०७९ का लागि ६१ करोड ९० हजार रुपैयाँको बजेट ल्याएको छ । Advertisement नगरप्रमुख डिल्लीराज भुसालले प्रस्तुत गरेको बजेटमा आर्थिक क्षेत्रतर्फ ४ करोड ७७ लाख ४४ हजार, सामाजिक क्षेत्रतर्फ २५ करोड २२ हजार, पूर्वाधारतर्फ १८ करोड २ लाख ५० हजार विनियोजन गरिएको छ । वन, वातावरण तथा विपद व्यवस्थापनतर्फ १ करोड १८ लाख, सुशासन तथा संस्थागत विकासतर्फ १२ करोड २ लाख ७४ हजार रुपैयाँ विनियोजन भएको नगरपालिकाले जनाएको छ । बजेटमा कोरोना रोकथाम तथा न्यूनिकरण, स्वास्थ्य तथा पोषणलाई प्राथमिकता दिइएको छ । त्यस्तै जिल्लाको मुसिकोट नगरपालिकाले कुल ८४ करोड ४ लाख ९९ हजार ४ सय ७६ को बजेट ल्याएको छ । Credit: OnlineKhabar ...
धनगढी उपमहानगरपालिकाको बजेट संशोधन गर्न माग

धनगढी उपमहानगरपालिकाको बजेट संशोधन गर्न माग

देश, राजनीति, समाचार
१० असार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट संशोधन गर्न नगरसभा सदस्यहरुले माग गरेका छन् । मंगलबार बसेको नगरसभामा प्रस्तुत गरेको एक अर्ब ८२ करोड बराबरको बजेट र नीति तथा कार्यक्रम संशोधन गर्न नगरसभा सदस्यले माग गरेका छन् । Advertisement उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले छलफलका क्रममा उठेका सुझावका आधारमा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटलाई अन्तिम रुप दिइने बताए । ‘बुधबार र बिहीबार चलेको बैठकमा केही थप विषय समेट्नुपर्ने माग उठेको छ । ती सबै विषयलाई अन्तिम रुप दिएर बजेट पास गर्छौं’ उनले भने । गोदावरीको बजेट १ अर्ब १८ करोड कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि एक अर्ब १८ करोड रुपैयाँको बजेट ल्याएको छ । बिहीबारदेखि सुरु भएको नगरसभा बैठकमा उपप्रमुख रत्ना कडायतले नीति तथा कार्यक...
कूटनीतिसम्बन्धी ग्लोबल सम्मेलन हुँदै

कूटनीतिसम्बन्धी ग्लोबल सम्मेलन हुँदै

देश, राजनीति, समाचार
१० असार, काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्जेमेन्टले कूटनीति सम्बन्धी तीन दिने सम्मेलन आयोजना गर्ने भएको छ । शुक्रबार शुरु हुने सम्मेलन आइतबार सम्पन्न हुनेछ । नेपाललाई विश्वमञ्चमा अझ धेरै परिचित गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा ४० भन्दा बढी देशबाट दुई भन्दा बढी विभिन्न विधाका विज्ञ, राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुखहरु र सुरक्षाविद सहभागी हुनेछन् । Advertisement कोरोना महामारीका लागि कार्यक्रम भर्चुअल माध्यमले हुनेछ । कार्यक्रमलाई विभिन्न देशका विदेशमन्त्रीहरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा उपस्थित विज्ञहरुले नेपालको विदेश नीति, भारत र चीनको विदेश नीति, नेपालमा प्रत्यक्ष वैदेशिक लगानी तथा सहयोग, नेपालको भारत र चीनसँगको सम्बन्ध, सिलिगुडी करिडोर...
नेपालको पुरानै नक्सा भएको पुस्तक धमाधम बिक्री

नेपालको पुरानै नक्सा भएको पुस्तक धमाधम बिक्री

देश, शिक्षा, समाचार
१० असार, काठमाडौं । पुस्तक बिक्रेताहरुले नेपालको पुरानो नक्सा र पुरानै पाठ्यक्रमको पुस्तक धमाधम बिक्री गरेको पाइएको छ । यस्ता कतिपय किताबमा मुद्रकको नाम समेत नभएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए । गत जेठ २३ गते शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापिएको पुस्तक जफत गर्नुको साथै बिक्री नगर्न निर्देशन दिएका थिए । श्रेष्ठको निर्देशनपछि पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिको बैठकले नेपालको पुरानो नक्सा प्रकाशित भएको पुस्तकको पानालाई नयाँ नक्सा प्रकाशित गरी संशोधन गर्ने निर्णय गरेको थियो । Advertisement सरकारले गत वर्ष लिम्पियाधुरा र लिपुलेकसहितको क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको थियो । अब पाठ्यक्रममा नयाँ नक्सा समावेश गर्नुपर्नेमा विगतको पुरानै नक्सासहितको पुस्तक बिक्री भएको पाइएको हो । पुस्तक वितरकले बजारमा मौज...
अफ्रिकी महिलाले १० बच्चा जन्माएको समाचार असत्य

अफ्रिकी महिलाले १० बच्चा जन्माएको समाचार असत्य

विदेश / एन.आर.एन, समाचार
१० असार, काठमाडौं । दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटक १० बच्चालाई जन्म दिएको समाचार असत्य भएको पाइएको छ । जुनको सुरुमा सार्वजनिक भएको समाचारको विषयमा गरिएको सोधपुछको क्रममा यस्तो पाइएको हो । दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तले कुनै पनि अस्पतालमा कुनै पनि महिलाले एकैपटक १० बच्चालाई जन्म दिएको रेकर्ड नपाइएको बताएको छ । Advertisement यसअघि सार्वजनिक भएको समाचारमा गोसिआमे सिथोले नाम गरेकी महिलाले एकैपटक १० बच्चा जन्माएको उल्लेख गरिएको थियो । तर, उनको मेडिकल परीक्षण गर्दा सिथोले हालै गर्भवती नै नभएको पाइएको सरकारको तर्फबाट सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ३७ वर्षीया ती महिलालाई अहिले मानसिक स्वास्थ्य स्याहारको लागि राखिएको छ र उनलाई आवश्यक परेको अवस्थामा थप सहयोग दिइने विज्ञप्तिमा उल्लेख छ । यद्यपि यो समाचार कसरी फैलियो भन्ने विषयमा भने ...
चट्याङ लागेर बुबाको मृत्यु, छोरी र नातिनी घाइते

चट्याङ लागेर बुबाको मृत्यु, छोरी र नातिनी घाइते

देश, समाचार
९ असार, खोटाङ । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ । आफ्नै घरमा चिया पिइरहेका समयमा आज परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो । चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४ वर्षीया रचना बेहोश भएको स्थानीय बासिन्दा नारायण राईले जानकारी दिए । घाइते दुवैको सामान्यावस्था रहेको जनाइएको छ । Advertisement घटनास्थलमा इलाका प्रहरी कार्यालय खोटाङबजार र अस्थायी प्रहरी चौकी छितापोखरीबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी गरिएको जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा चट्याङबाट जोगिन विभिन्न ठाउँमा अर्थिङ जडान गरिएको छ । चट्याङको उच्च जोखिममा रहेको खोटाङमा हरेक...
काली नदी दोहन रोक्ने बागलुङ नगरपालिकाको नीति

काली नदी दोहन रोक्ने बागलुङ नगरपालिकाको नीति

देश, राजनीति, समाचार
९ असार, पोखरा । कालीगण्डकी नदी दोहन भइरहेको र त्यसले साँस्कृतिक एवं पर्यावरणीय असर पारिरहेको भन्दै अहिले सामाजिक ‘कालीगण्डकी बचाऔं’ अभियान चलिरहेको छ । अदालतबाटै नदी दोहन रोक्न आदेश आइसक्दा पनि नरोकिएको भन्दै अभियन्ताहरुको आरोप छ । अभियान्ताहरुले सामाजिक सञ्जालमा ‘सेभ कालीगण्डकी रिभर’ ह्यासट्याग प्रयोग गरेर पछिल्लो समय नदी दोहनको विरोध गर्दै आएका छन् । कालीगण्डकी बचाउन अभियानै चलिरहेको समयमा बागलुङ नगरपालिकाले भने नदी बचाउने नीति लिएको छ । Advertisement बुधबार नगरपालिकाको आर्थिक वर्ष ०७८÷७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर जनकराज पौडेलले आगामी आर्थिक वर्षदेखि कालीगण्डकी दोहनलाई निरुत्साहित गरिने घोषणा गरेका हुन् । यद्यपि, नदी बचाउन नगरले प्रष्ट योजना भने खुलाएको छैन । कालीगण्डकीको नाममा नगर क्षेत्रभित्र बनेको संग्राहालयले नगरको पर्यटकी...