२०८१ मंसिर ५

Author: Raunak

लुम्बिनीमा ‘चोर बाटो’बाट निर्वाचन क्षेत्रमा १ अर्ब ६४ करोड बजेट

लुम्बिनीमा ‘चोर बाटो’बाट निर्वाचन क्षेत्रमा १ अर्ब ६४ करोड बजेट

देश, राजनीति, समाचार
९ असार,बुटवल । लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम र वजेट वक्तव्यमा उल्लेख नभएको निर्वाचन क्षेत्र केन्द्रित दुई कार्यक्रमका लागि डेढ अर्ब रुपैयाँ भन्दा बढी विनियोजन गरेको पाइएको छ । लुम्बिनी सरकारले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम र जनतासँग जनप्रतिनिधि कार्यक्रम नामबाट सांसदहरुलाई एक अर्ब ६४ करोड ५० लाख रूपैयाँ बजेट छुट्याएको छ । दुबै कार्यक्रम प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र वजेट वक्तव्यमा उल्लेख थिएन । Advertisement अरु प्रदेश सरकारले निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रममा बजेट विनियोजन गरेका बेला लुम्बिनीले नगरेको भनी प्रदेश सरकारको प्रशंसा पनि भएको थियो । तर, प्रदेशसभामा पेश गरिएको वार्षिक बजेट पुस्तिका (रातो किताब) को अन्त्यमा अर्थ विविध शीर्षकबाट प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा ...
प्रहरीमा एआईजीको दरबन्दी थप्न सैद्धान्तिक सहमति, भावी आईजीपीका प्रतिष्पर्धी थपिने

प्रहरीमा एआईजीको दरबन्दी थप्न सैद्धान्तिक सहमति, भावी आईजीपीका प्रतिष्पर्धी थपिने

देश, समाचार
९ असार, काठमाडौं । सरकारले नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीको दरबन्दी थप्ने तयारी गरेको छ । निवर्तमान गृहमन्त्री खगराज अधिकारीले एआईजीको एउटा दरबन्दी थप्ने सैद्धान्तिक सहमति भएको अनलाइनखबरलाई बताए । उनका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा एआईजीको दरबन्दी थप्ने विषयमा छलफल भएको थियो । यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहमत छन् । Advertisement सैद्धान्तिक सहमति भइसकेको छ, निर्णय चाहिँ भइसकेको छैन,’ सर्वोच्च अदालतले मंगलबार दिएको आदेशपछि पदमुक्त भएका अधिकारीले भने, ‘डीआईजीको दरबन्दी थप्ने विषयमा चाहिँ कुरा भएको छैन ।’ सरकारले एआईजीको एउटा दरबन्दी थपे भावी प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने दौडमा एक प्रतिष्पर्धी थपिनेछन् । नेपाल प्रहरीमा एआईजीको तीन वटा दरबन्दी थियो । तर तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलक...
दाङ र सप्तरीका सिडिओको सरुवा

दाङ र सप्तरीका सिडिओको सरुवा

देश, समाचार
९ असार, काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । दाङ र सप्तरी जिल्लाका प्रजिअहरुको सरुवा भएको हो । गृह मन्त्रालयमा रहेका रामबहादुर कुरुम्वाङलाई दाङमा र दाङका प्रजिअ दीर्घनारायण पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । Advertisement यसैगरी गृह मन्त्रालयको योजना महाशाखाका जयनारायण आचार्यलाई सप्तरीमा र सप्तरीका प्रजिअ फणीन्द्रमणि पोखरेललाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ । द्रोण पोखरेलले अनिवार्य अवकाश पाएपछि कारागार व्यवस्थापन विभागको महानिर्देशक पद रिक्त थियो । Credit: OnlineKhabar ...
कोरोना महामारीबीच २६८ गर्भवतीले ज्यान गुमाए

कोरोना महामारीबीच २६८ गर्भवतीले ज्यान गुमाए

देश, समाचार, सामाजिक, स्वास्थ्य
८ असार, काठमाडौं । २०७६ सालको चैतदेखि ०७८ सालको जेठसम्म विभिन्न कारणले २६८ जना गर्भवतीले ज्यान गुमाएका छन् । ०७७ सालको चैतदेखि ०७८ को जेठसम्म मात्रै ४५ जना गर्भवतीले ज्यान गुमाएको परीवार कल्याण महाशाखाले जनाएको छ । Advertisement महाशाखाको अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट ३३ जना गर्भवतीको ज्यान गएको छ । महाशाखामा आएको तथ्यांकहरु मध्ये अस्पतालमा भर्ना भएपछि ज्यान गुमाउने संख्या रहेको मातृ तथा शिशु स्वास्थ्य शाखा प्रमुख डा.पुन्य गौतमले जानकारी दिइन् । उनले भनिन् ‘ढिलो गरी अस्पताल भर्ना हुँदा बचाउन नसकिएको देखिएको छ ।’ महाशाखाले जनाए अनुसार अत्यधिक रक्तश्राव, बच्चा जन्माउन नसकेको कारण भन्दा ‘नन अब्सटेट्रिक कन्डिसन’ अन्य स्वास्थ्य समस्याको कारण ज्यान गुमाउने गर्भवतीहरुको संख्या बढी छ । समुदायमा नै ज्यान गुमाउने गर्भवतीको ज्यान जानुको कारण स्पष्ट नआ...
बागलुङमा दुई जना कोरोना संक्रमितको मृत्यु

बागलुङमा दुई जना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
८ असार, बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप दुई व्यक्तिको ज्यान गएको छ । बडिगाड गाउँपालिका–२ का ६८ वर्षीय र बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको हो । ६८ वर्षीयको मंगलबार बिहान र ८२ वर्षीयको सोमबार साँझ मुत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । Advertisement कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत जेठ १९ गते अस्पताल भर्ना भएका बडिगाड–२ का पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो । यस्तै उपचारकै क्रममा ज्यान गुमाउनुभएका बागलुङ–२ का पुरुषमा भने आजै कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोनाको लक्षण देखिएपछि उनको सोमबार साँझ मात्रै स्वाबको नमुना संकलन गरिएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५२ पुगेको जनाइएको छ । ज...
ललितपुरमा दुई हजार ५०० जनालाई  कोभिशिल्डको दोस्रो डोज लगाइँदै

ललितपुरमा दुई हजार ५०० जनालाई कोभिशिल्डको दोस्रो डोज लगाइँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
८ असार, काठमाडौं । ललितपुर महागरपालिकामा कोभिशिल्ड कोरोना खोपको दोस्रो डोज लगाइने भएको छ । बुधबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पहिलो खोप लगाएका महानगरवासीलाई खोप लगाउन लागिएको हो । यसअघि पहिलो डोज लगाएका ७० वर्षमाथिका दुई हजार २२० जना ज्येष्ठ नागरिकका साथै जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयमसेवकहरु गरी दुई हजार ५०० जनाले खोप लगाउन पाउनेछन् । Advertisement खोप लगाउनेले सम्बन्धित वडा कार्यालयको सिफारिस, पहिलो डोज खोप लगाएको कार्ड र उमेर खुल्ने प्रमाणपत्रसमेत लिएर उपस्थित हुनु पर्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ । खोप लगाउनका लागि लगनखेलको पशु सेवा केन्द्र, पाटन हाइस्कुल, महानगरपालिकाको प्राङ्गण, धापाखेल स्वास्थ्यचौकी, बालकुमारी स्कुल, कार्यविनायक स्कुल, हरिसिद्धि स्वास्थ्य चौकी र सैबु स्वास्थ्य चौकीमा केन्द्र तोकिएको छ ...
ओलीको भ्याकेट निवेदन भट्टराई र फुयालको संयुक्त इजलासमा

ओलीको भ्याकेट निवेदन भट्टराई र फुयालको संयुक्त इजलासमा

देश, राजनीति, समाचार
८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको भ्याकेट निवेदनको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरि प्रसाद फुयालको संयुक्त इजलासमा तोकिएको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै ओलीले भ्याकेट निवेदन दिएका थिए । Advertisement कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । तर एमालेले गरेको सो कारवाहीलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरिदिएको थियो । ओलीले भने केन्द्रीय कमिटीले निर्णय गरेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन भएको र सो आयोजक समिति नै एमालेको...
अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएको गुनासोबारे छानविन गर्न समिति गठन

अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएको गुनासोबारे छानविन गर्न समिति गठन

देश, समाचार
७ असार, काठमाडौं । कोरोना संक्रमणको दर कम भइरहेको र विदेशमा व्यापक खोप अभियान चलेको भएपनि सरकारले अन्तर्राष्ट्रिय नियमित उडान रोकेर चार्टर्ड उडानलाई नै प्रोत्साहन गरेको छ । यही मौकाको फाइदा उठाउँदै केही ट्राभल एजेन्सीले चर्को भाडा असुलेको गुनासो यात्रुबाट बढेपछि सरकारले छानविन समिति गठन गरेको छ । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको हो । Advertisement समितिले गुनासोबारे छानविन गरि सम्बन्धित निकायमा आवश्यक कानूनी कारवाहीको सिफारिस गर्न समिति गठन भएको उनले बताएका छन् । सरकारले १९ वैशाखबाट टर्की र कतारमा नियमित उडान खोलेको छ । भारतमा यसअघि पनि उडान खुला थियो । लामो समयदेखि नियमित उडान रोकेको सरकारले यसबीचमा नेपालमा महामारी नियन्त्रणमा सम...
बलात्कार प्रयासको पोल खुल्ने डरले बालिकाको हत्या

बलात्कार प्रयासको पोल खुल्ने डरले बालिकाको हत्या

देश, समाचार, सामाजिक
७ असार, सप्तरी । सप्तरीमा चार दिनअघि मृत फेला परेकी बालिकाको जबर्जस्ती करणीको प्रयासपछि हत्या भएको खुलेको छ । असार ४ गते डाक्नेश्वरी नगरपालिका–३ हटैलकी ९ वर्षीया शिवानी यादवको शव स्थानीय शिवनाथ यादवको आँपको बगैंचामा भेटिएको थियो । प्रहरीका अनुसार करणी प्रयासको पोल खुल्ने डरले उनको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले बालिकाकै गाउँका १९ वर्षका युवक रोहितकुमार यादवलाई पक्राउ गरेको छ । Advertisement यादवलाई नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा आइतबार राति पक्राउ गरेको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले बताए । यादवविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दरखास्त परेको उनले बताए । प्रहरीका अनुसार गत शुक्रबार शिवानी र उनकी बहिनी बाख्रा चराउन र घाँस काट्न सँगै घरबाट निस्केका थिए । बहिनी बाख्रा हेर्न गएका बेला शिवानी आँप लिने छिमेकीक...
७१ अंकले नेप्से घट्दा नारायणी डेभलपमेन्ट बैंकमा भने आकर्षण

७१ अंकले नेप्से घट्दा नारायणी डेभलपमेन्ट बैंकमा भने आकर्षण

देश, समाचार, सामाजिक
७ असार, सप्तरी । गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानीकुमारीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई सोमबार पक्राउ गरेको हो । हँसियाले घाँटी रेटेर हत्या गरिएको अवस्थामा गत शुक्रबार शिवानीको शव हटेल पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो । Advertisement यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा रोहितलाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि सोमबार राजुलाई समेत सोधपुछ गर्न नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बालिकाको शवको परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार गरिएको छ । Credit: OnlineKhabar ...