२०८१ मंसिर ५

Author: Raunak

टिपरको ठक्करबाट काँग्रेस धनकुटाका सचिव र बैंकका कर्मचारीको मृत्यु

टिपरको ठक्करबाट काँग्रेस धनकुटाका सचिव र बैंकका कर्मचारीको मृत्यु

देश, समाचार, सामाजिक
७ असार, विराटनगर । मोरङको सुन्दरहरैचामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । आइतबार राति पौने ८ बजे भएको दुर्घटनामा धनकुटा पाख्रिबासका ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालिका-४ का अन्दाजी ३५ वर्षीय दीपु शाहको मृत्यु भएको हो । Advertisement थापा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव हुन् । त्यसअघि राप्रपा प्रजातान्त्रिकमा पनि जिल्ला सचिव थिए । सुनिल थापासँगै कांग्रेसमा गएका उनले कांग्रेसमा जिल्ला सचिवकै जिम्मेवारी पाएका थिए । साह बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी रहेको बताइएको छ । दुर्घटनामा थापाका भाइ २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विराटनगरको विराट नर्सिङ होम रेफर गरेको छ ।...
बालिका बलात्कार आरोपमा युवक पक्राउ

बालिका बलात्कार आरोपमा युवक पक्राउ

देश, समाचार, सामाजिक
७ असार, काठमाडौं । बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । धुलिखेल नगरपालिका-८ का २३ वर्षीय जयराम चौलागाई प्रहरीले नियन्त्रणमा लिएको हो । धुलिखेलकै १५ वर्षीय बालिकालाई खाजा खुवाउने निहुमा भक्तपुर हुँदै काठमाडौंको सुन्धार पुर्‍याएर बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ । Advertisement यही असार ५ गते बिहान १० बजेदेखि बालिका हराएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय धुलीखेलमा निवेदन दिएका थिए । खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी बृत्त जनसेवाको टोलीले आइतबार सुन्धारामा बालिकालाई फेला पारेको थियो । बालिकाको बयानका आधारमा जयरामलाई पनि सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जयरामविरुद्ध बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त जगातीमा किटानी जाहेरी दिएकी छन् ...
लुम्बिनीका चार मन्त्रीलाई जसपाले फेरि सोध्यो स्पष्टीकरण

लुम्बिनीका चार मन्त्रीलाई जसपाले फेरि सोध्यो स्पष्टीकरण

देश, राजनीति, समाचार
६ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका ४ जना सांसदलाई जनता समाजवादी पार्टी (जसपा)ले फेरि स्पष्टिकरण सोधेको छ । पार्टीको ह्वीप उल्लंघन गर्दै प्रदेश सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेको भन्दै पार्टीको उपेन्द्र यादव पक्षले सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई स्पष्टीकरण सोधेको हो । Advertisement केन्द्रीय कार्यालय सचिव प्रकाश अधिकारीले चारैजना मन्त्रीलाई छुट्टाछुट्टै पत्र पठाएर पाँच दिनभित्र वस्तुनिष्ट सन्तोषजनक स्पष्टीकरण लिखित रुपमा बुझाउन निर्देशन दिएको छ ।नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि उल्लंघन गरेकाले कारवाहीका लागि केन्द्रीय समितिमा पत्राचार गरेको र केन्द्रीय समितिले स्पष्टीकरण सोधेको जसपा लुम्बिनी प्रदेश संसदीय दलका नेता सहषराम यादवले बता...
कालोपत्रे माग गर्दै धनगढीमा स्थानीयले गरे सडकमै रोपाईं

कालोपत्रे माग गर्दै धनगढीमा स्थानीयले गरे सडकमै रोपाईं

देश, समाचार, सामाजिक
६ असार, धनगढी । कालोपत्रेको माग गर्दै धनगढीमा स्थानीय वासिन्दाले हिलाम्मे सडकमा धान रोपेका छन् । धनगढी उपमहानगरपालिका–५ को हसनपुरका बासिन्दाले ठेकेदारको लापरवाहीले कालोपत्रेमा ढिलाइ भएको सडकमा धान रोपेका हुन् । स्थानीय अनिल भण्डारीले तीन वर्ष अघि ठेकेदारले कालोपत्रे सडक भत्काएर अलपत्र पारिदिएपछि हिलाम्मे हुँदा आवातजावतमा सास्ती भएको बताए । Advertisement उपमहानगरपालिकाले समेत उक्त सडक कालोपत्रे गर्न चासो नदिएका कारण निर्माणका लागि दबाब दिन रोपाइँ गरिएको उनले बताए । ‘तीन वर्षअघि सडक कालोपत्रे हुँदा कुनै खालको समस्या थिएन । तर पुनः कालोपत्रे गर्ने भन्दै सडक भत्काइयो,’ भण्डारीले भने, ‘वर्षातका बेला आवतजावत गर्न सकिने अवस्था नै छैन । मानिसको मृत्यु हुँदा शव बोक्न सक्ने अवस्था छैन ।’ उपमहानगरपालिकाले आफूहरुको माग सुनवाइ नगरेमा कडा आन्दोलन गर्ने चे...
मेलम्चीमा राहत वितरणमा लफडा ! बाढीपीडित बसेको ठाउँमा प्रवेश निषेध

मेलम्चीमा राहत वितरणमा लफडा ! बाढीपीडित बसेको ठाउँमा प्रवेश निषेध

देश, समाचार, सामाजिक
६ असार, मेलम्ची । राहत वितरण गर्न जानेले एक बोरा चामल दिएको पनि फोटो खिच्न थालेपछि सिन्धुपाल्चोक मेलम्चीवासीले असन्तुष्टि जनाएका छन् । बिहीबार एमाले निकट अनेरास्ववियूले राहत वितरण गर्दा घम्साघम्सी नै भयो । पार्टीको ब्यानर राखेको भन्दै स्थानीयले विरोध जनाए । स्थानीयले पार्टीको ब्यानर पनि च्यातिदिए । Advertisement स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले नै हस्तक्षेप गर्नुपर्‍यो। विवाद भएपछि हाल बाढी पीडितलाई राखिएको इन्द्रेश्वरी माविमा पीडितबाहेक अन्यलाई प्रवेश निषेध गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले अनलाइनखबरलाई बताए । मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल पनि राहत वितरणलाई व्यवस्थित गर्न खोजिएको बताउँछन् । ‘वडाध्यक्षमार्फत पीडितको यकिन विवरण संकलन गरिरहेका छौं,’ उनले भने, ‘व...
मौद्रिक नीति साउनको पहिलो साताभित्र आउने

मौद्रिक नीति साउनको पहिलो साताभित्र आउने

आर्थिक, देश, समाचार
नेपाल राष्ट्र बैङ्कले आगामी साउन ७ गतेभित्र आर्थिक वर्ष २०७८÷०७९ को लागि मौद्रिक नीति ल्याउने तयारी गरेको छ । कोरोना प्रभावित अर्थतन्त्र उकास्न तथा बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति ल्याइने केन्द्रिय बैङ्कले जनाएको छ । मौद्रिक नीतिका  लागि सरोकारवालासँग राय सुझाव समेत माग गरेको छ । केन्द्रिय बैङ्कले आफ्नो अनुसन्धान विभागमा इमेलमार्फत् सुझाव पठाउन भनिरहेको छ । हालसम्म प्राप्त भएको अधिकांश सुझाव सहुलियत माग मै केन्द्रित रहेको राष्ट्र बैङ्कले जनाएको छ Advertisement नेपाल राष्ट्र बैङ्कले बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुग्ने गरी मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ । राष्ट्र बैङ्कले मुद्रास्फीतिलाई नियन्त्रणमा राख्दै वित्तीय स्थायित्व कायम राख्नु मौद्रिक नीतिको प्राथमिकता रहन्छ । सरकारले बजेट मार्फत शैक्षिक प्रमाणपत्र धितो राखी २५ लाख...
सप्तरीमा ९ वर्षीया बालिकाको विभत्स हत्या

सप्तरीमा ९ वर्षीया बालिकाको विभत्स हत्या

देश, समाचार, सामाजिक
सप्तरीमा नौ वर्षीया बालिकाको आज विभत्स हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या गरिएको अवस्थामा फेला परेको तत्कालीन तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले जानकारी दिए ।  Advertisement परिवारका सदस्यका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी थिइन् । सामान्य पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर हटेल पूर्वी टोलस्थित फूलबारीमा हावाले झारेको आँप टिप्न थालेकी शिवानीको हत्या भएको स्थानीयवासीले बताएका छन् । प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले घटनास्थल पुगेर अनुसन्धान थालिएको बताए। अनुसन्धानलाई सघाउन तालिम प्राप्त कुकुर मगाइएको प्रहरी उपरीक्षक धमलाले बताए । आसपासका खेतमा धान रोप्ने, हलो जोत्नेहरू रहे पनि कसैले केही थाहा नपाएको बताएका छन् । शव पोष्टमार्टमका लागि धरानस्थित बिपी ...
खोपका लागि दातासँग विराटनगर महानगरको आग्रह

खोपका लागि दातासँग विराटनगर महानगरको आग्रह

देश, समाचार
५ असार, विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप सहयोग गर्न दातृ निकायलाई आग्रह गरेको छ । दातृ निकायलाई पत्र लेख्दै महानगरपालिकाले खोप उपलब्ध गराउन आग्रह गरेको हो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले खोप नहुँदा महामारी नियन्त्रणमा सकस भएपछि पत्र लेखेर सहयोगका लागि आग्रह गरिएको बताए । चीनको उहान र उहुँ शहर, अ‍ेमेरिकी यूएसआईडी, जापानको जाइका तथा सिटिनेट डीआरआरलाई  खोप उपलब्ध गराउन आग्रह गरिएको छ । Advertisement बेलायतको डीएआईडी, स्वीट्जरल्याण्डको हेल्विटास, कोरियाको काइका र सिटिनेट सचिवालय सियोल, भारत, जर्मनीलगायत देशका दूतावासमार्फत खोप सहयोग गर्न महानगरपालिकाले आग्रह गरेको हो । ‘महामारी नियन्त्रणका लागि दाताहरुलाई आग्रह गरेका छौं,’ पराजुलीले भने, ‘उहाँहरुबाट सहयोग पाउने अपेक्षा छ ।’ दाताहरुलाई भ्याक्सिन,...
बाजुरामा पहिरोबाट ६२ परिवार विस्थापित

बाजुरामा पहिरोबाट ६२ परिवार विस्थापित

देश, समाचार, सामाजिक
४ असार, बाजुरा । लगातारको अविरल वर्षाका कारण जिल्लाको उत्तरपूर्वी भेगका ६२ परिवार पहिरोको कारण विस्थापित भएका छन् । गाउँ माथिबाट र तलबाट पहिरो बगेर जमीन भासिँदै गएपछि परिवार विस्थापित भएका हुन् । उत्तरी भेगको हिमाली गाउँपालिकामा शुक्रबार गाउँको तलबाट जमीन भासिएर पहिरो बग्न थालेपछि ४० परिवार विस्थापित भएका छन् । हिमाली–४ फैतीको दलित बस्तीका २५ परिवार र वडा नं ६ को बोल्डिकका १५ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए । गाउँभन्दा तलबाट पहिरो बग्न थालेपछि फैतीका चार घर पूर्णरूपमा क्षति भएको र २१ घरमा आंशिक क्षति पुगेको अध्यक्ष मल्लले बताए । Advertisement फैति र बोल्डिकमा गाउँभन्दा तलबाट जमीन भासिएपछि उक्त गाउँमा स्थानीयवासी विस्थापित भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज भण्डारीले जानकारी दिए । जमीन भासिएर...
कारबाही गरेको नेतालाई पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोग पुग्यो माओवादी

कारबाही गरेको नेतालाई पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोग पुग्यो माओवादी

देश, राजनीति, समाचार
४ असार, काठमाडौं । एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई पदमुक्त नगरिएको भन्दै नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित १८ जना जनप्रतिनिधि एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको थियो । तर आयोगले कारबाही गरेको भनी सूचना जारी नगरेपछि आयोग पुगेर ध्यानाकर्षण गराएको नेता लीलामणि पोखरेलले बताए । Advertisement ‘बाटो बिराएका जनप्रतिनिधिहरुलाई कारबाही गरिएको पत्र आयोगमा दर्ता गरेका थियौं । तर अहिलेसम्म आयोगले सूचना जारी गरेन’, पोखरेलले भने । विधानसम्मत प्रक्रिया पूरा गरेर कारबाही गरिएकालाई पदमुक्त नगरिएपछि यसबारे ध्यानाकर्षण गराएको उनले बताए । तर प्रमुख आयुक्त दिनेश थपलियाले भने पदमुक्त गर्न आवश्यक कागजात नपुगेको बताएका थिए । केन्द्रीय कमिटीले कारबाही गरे...