२०८१ मंसिर ५

Author: Raunak

गोरखामा एकहप्ता थपियो निषेधाज्ञा

गोरखामा एकहप्ता थपियो निषेधाज्ञा

देश, समाचार
४ असार, गोरखा । गोरखामा निषेधाज्ञाको अवधि एक हप्ता थप गरिएको छ । जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रवारको बैठकले यही असार १२ गतेसम्म निषेधाज्ञा लम्व्याउने निर्णय गरेको हो । यसअघिको बैठकले असार ५ गतेसम्मका लागी निषेधाज्ञा जारी गरेको थियो । Advertisement पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री वितरण गर्ने पसलहरु संचालन गर्न पाइने भएको छ । बिहान ५ बजे देखि दिउँसो १ बजेसम्म खुल्न पाउने निर्णय बैठकले गरेको हो । सामुदायिक बिद्यालयको हकमा पुस्तक व्यवसायीले आवश्यक पुस्तक बिद्यालयसम्म पुर्‍याइदिनुपर्ने छ । खाद्यान्न, तरकारी तथा फलफूलका पसलहरु बिहान ५ बजेदेखि ११ बजेसम्म संचालन गर्न पाइने छ । यसअघि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्न पाउने व्यवस्था थियो । Credit: OnlineKhabar ...
सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

देश, समाचार, सामाजिक
४ असार, सप्तरी । सप्तरीमा सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । १३ वर्र्ष कैद सजाय पाएर फरार भएका तत्कालीन साविकको सकरपुरा गाविस-७ (हाल तिलाठी कोइलाडी गाउँपालिका-३)का लफन्दर भनिने ओमप्रकाश मुखियालाई प्रहरीले पक्राउ गरेको हो । Advertisement उनलाई गाउँमै फेला पारी नियन्त्रण्मा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले बताए । मुखियालाई गाई चराउन गएकी १० वर्षीया बालिका बलात्कार गरेको अभियोगमा सप्तरी जिल्ला अदालतले २०७५ असार ५ गते १३ वर्ष कैद सजाय फैसला गरेको थियो । घटना २०६४ साल असोज ९ गते भएको थियो । त्यसयता उनी फरार थिए । पक्राउ परेका मुखियालाई कैद भुक्तानको लागि अदालतले राजविराज कारागार चलान गरिसकेको छ । यो घटनामा अरु तीनजना पनि संलग्न थिए । उनीहरुला...
दीपक मनाङेको अभिव्यक्तिबारे एमालेले माग्यो प्रदेश सरकारको धारणा

दीपक मनाङेको अभिव्यक्तिबारे एमालेले माग्यो प्रदेश सरकारको धारणा

देश, राजनीति, समाचार
४ असार, काठमाडौं । गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेकपा एमालेले सरकारको जवाफ मागेको छ । Advertisement मन्त्री मनाङेले केही दिनअघि प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा एमालेका सचेतक मायानाथ अधिकारीले मन्त्री गुरूङको अभिव्यक्ति सरकारको धारणा हो कि मन्त्रीको भनी प्रश्न गरे । प्रमुख सचेतक अधिकारीले हाम्रो सरकार बन्यो, सबको हिसाब किताब हुन्छ भन्दै धम्की दिन थालिएको बताए । केही दिनअघि कांग्रेस सांसद मेखलाल श्रेष्ठले प्रदेश प्रमुख कार्यालय जाँदा रोक्ने प्रहरी निरीक्षकलाई हिसाबकिताब हुने धम्की दिएका थिए । Credit: OnlineKhabar ...
त्रिविका सबै परीक्षा साउनभित्र सक्ने तयारी

त्रिविका सबै परीक्षा साउनभित्र सक्ने तयारी

देश, शिक्षा, समाचार
३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले १९ महिनादेखि रोकिएका सबै परीक्षा आगामी साउनभित्र सक्ने तयारी गरेको छ । असार ७ गतेपछि हुने निषेधाज्ञाको स्वरुप हेरेर परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार साउनको पहिलो साताभित्र बाँकी रहेका परीक्षा सम्पन्न गर्ने तयारी भइरहेको छ । Advertisement गत वैशाखमा स्नातक तहको परीक्षा भइरहेको बेला कोरोना नियन्त्रण एवं रोकथामका लागि जारी निषेधाज्ञाका कारण परीक्षा स्थगित भएको थियो । व्यवस्थापन संकायबाहेक अन्य संकायहरुका केही विषयका परीक्षा बाँकी छन् । उक्त बाँकी रहेका परीक्षा सकेपछि मात्रै परीक्षा नै हुन नसकेका विद्यार्थीको परीक्षा हुनेछ । स्नातक तहका १९ महिनादेखि परीक्षा हुनै सकेको छैन । बाँकी रहेका परीक्षार्थीको परीक्षा पूर्ववत केन्द्रम...
कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले माग्यो थप १० दिन

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले माग्यो थप १० दिन

देश, राजनीति, समाचार
३ असार, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले असार ३० गतेसम्म समय मागेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४औं महाधिवेशनको संशोधित कार्यतालिका प्रस्ताव गरेका छन् । जसमा क्रियाशील सदस्यता छानबिनका लागि असार २० सम्म म्याद दिइएको छ । Advertisement छानबिन समितिका संयोजक रमेश लेखकले भने थप १० दिन चाहिने बताएका छन् । समितिका सदस्य प्रदीप पौडेलका अनुसार हालसम्म ८ लाख ३ हजार क्रियाशील सदस्यको डेटा इन्ट्री भएको छ । अझै १६ वटा निर्वाचन क्षेत्रका क्रियाशील सदस्यको डेटा इन्ट्री भएको छैन । त्यसमा पनि सप्तरी र बाराका चारवटै, सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्रको डेटा इन्ट्री सुरु नै हुन सकेको छैन । समितिमा भएको छलफलमा ढिलोमा डेटा इन्ट्रीका लागि १० गते...
ब्लड बैंकको भवन बनाउन वीरगञ्ज महानगरले दियो जमिन

ब्लड बैंकको भवन बनाउन वीरगञ्ज महानगरले दियो जमिन

देश, समाचार, सामाजिक, स्वास्थ्य
३ असार, वीरगञ्‍ज । वीरगञ्ज महानगरपालिकाले ‘ब्लड बैंक’ भवन बनाउनका लागि जग्गा दिएको छ । महानगरपालिकाको स्वामित्वको वीरगञ्ज-२ स्थित कित्ता नं २१ र ५६ को जग्गा नेपाल रेडक्रस सोसाईटी पर्सा शाखालाई  ब्लड बैंक भवन बनाउन दिएको हो । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखा सभापति बिरेन्द्रराज कँडेल र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप निरौलाकाबीचमा जग्गा लिने दिने विषयमा बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । Advertisement सम्झौता पत्रमा महानगरपालिकाले दिएको जमिनमा रेडक्रसले आफ्नै स्रोतबाट भवन बनाउनुपर्ने, भुइँ तला पुरै सार्वजनिक पार्किङका लागि राख्नुपर्ने, पार्किङ शुल्क दुवै पक्षको सहमतिमा निर्धारण हुनुपर्ने, पार्किङबाट उठेको रकम पार्किङ व्यवस्थापन, ब्लड बैंक व्यवस्थापन र सञ्चालन तथा सामाजिक कार्यमा खर्च गर्नुपर्ने, ब्लड बैंक बाहेक अन्य प्रायोजन...
माधव समूहले गर्‍यो झलनाथ खनालको स्वास्थ्यलाभको कामना

माधव समूहले गर्‍यो झलनाथ खनालको स्वास्थ्यलाभको कामना

देश, राजनीति, समाचार
३ असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरेको छ । भर्चुअल माध्यमबाट स्थायी कमिटी बैठक बसेर खनालको स्वास्थ्यलाभको कामना गरिएको हो । खनालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि दिल्ली लगिएको छ । नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले संयुक्त वक्तव्य जारी गरेर खनालको स्वास्थ्यलाभको कामना गरेका छन् । Advertisement बैठकले स्थायी कमिटी सदस्य रघुजी पन्तको स्वास्थ्यलाभको कामना गर्ने निर्णय पनि गरेका छन् । पन्त काठमाडौंमै उपचारत छन् । यो समूहको बैठकले बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारमा समवेदना प्रकट गरेको छ । प्रकोपमा परेकाहरुको उद्धार र पुनस्र्थापनामा ध्यान दिन सरकारलाई आग्रहसमेत गरेको छ । यस्तै प्रकोपमा परेकाहरुको उद्धारमा खटिन कार्यकर्ता पंक्तिलाई निर्देशन पनि दिइएको छ । ...
प्यूठान र अर्घाखाँची जोड्ने पक्की पुल भत्कियो

प्यूठान र अर्घाखाँची जोड्ने पक्की पुल भत्कियो

देश, समाचार, सामाजिक
३ असार, प्यूठान । प्यूठानको झिमरुक नदीमा आएको बाढीले प्यूठानको ऐरावती गाउँपालिका–१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका–७ चिउरेखोला जोड्ने निर्माणाधीन पक्कीपुल भत्किएको छ । Advertisement सो मोटरेबल पुल चार दिन अगाडि मात्रै ढलान भएको थियो । सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीका अनुसार पुलको ३५ मिटर भाग भत्किएको छ । संघीय सरकारले विनियोजन गरेको ७ करोड १२ लाख रुपैयाँ बजेटमा ७० मिटर लामो पुल निर्माण गरिएको थियो । Credit: OnlineKhabar ...
दुई महिनादेखि साङ्लोले बाँधिएका हृदयको उद्धार

दुई महिनादेखि साङ्लोले बाँधिएका हृदयको उद्धार

देश, समाचार, सामाजिक
३ असार, वीरगञ्ज । दुई महिनादेखि साङलोले बाँधिएका वीरगञ्जका पुरुषको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएपछि साङ्लोले बाँधेर राखेका वीरगञ्ज महानगरपालिका-१७ का ४३ वर्षीय हृदय नारायण साहको उद्दार गरिएको हो । Advertisement झण्डै १५ वर्षअघि नैसाहमा मानसिक समस्या देखिएको थियो । तर, पछिल्लो २ महिनादेखि उनी निकै आक्रमक हुन थाले । मानिसहरुलाई देख्ने बित्तिकै कुटपिट गर्ने, जथाभावी गाली गर्न थालेपछि बाँधेर राख्न बाध्य भएको उनका बुवा बासुदेव साह बताउँछन् । ‘मानसिक समस्या देखिएपछि वीरगञ्ज र भारततिर पनि लगेर उपचार गर्‍यौं, औषधि खुवायौं, निकै पैसा खर्च भयो तर ठीकै भएन,’ उनले भने, ‘दुई महिना अघिदेखि अरुलाई देखेपछि गाली गर्ने, कुटपिट गर्न जाने, ढुंगा, लठ्ठीले हान्ने गर्न थालेपछि साङ्लोले हात खुट्टा बाँधेर राखेका हौं ।’ उनीहरुको परिवारको आर्थिक अवस्था कमजोर छ...
सभामुखले गरे बाढी र डुवानग्रस्त मेलम्ची क्षेत्रको अवलोकन

सभामुखले गरे बाढी र डुवानग्रस्त मेलम्ची क्षेत्रको अवलोकन

देश, समाचार, सामाजिक
२ असार, काठमाडौं । बुधबार सिन्धुपाल्चोकको बाढी र डुवानग्रस्त क्षेत्रको अवलोकनमा पुगेका सभामुख अग्निप्रसाद सापकोटाले उद्धारमा जोड दिन स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छन् । मेलम्ची क्षेत्रको अवलोकनमा पुगेका उनले मेलम्ची नगरपालिकाका प्रमुख र सम्बद्ध पक्षसँग उद्धार, राहत र भए गरेका कामबारे जानकारी लिएका छन् । Advertisement सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार बाढीपछि अवरुद्ध फोन, इन्टरनेट, विद्युत तथा सडक तत्काल सुचारु गर्न संघ, प्रदेश र स्थानीय सरकारले समन्वय गरेर अगाडि बढ्न सापकोटाले सुझाव दिए । यस्तै उद्धार र बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलनलाई प्राथमिकतामा राखेर काम गर्न र त्यसमा आफ्नो तर्फबाट पनि पहलकदमी लिने उनले प्रतिबद्धता जनाए । सिन्धुपाल्चोक सभामुख सापकोटाको गृहजिल्ला पनि हो । बुधबार नै जिल्ला समन्वय प्रम...