२०८१ पुष ७

Author: Raunak

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट

देश, समाचार
१७ भदौ काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै कांग्रेसका एक नेता रिट लिएर सर्वाेच्च अदालत पुगेका छन् । कोरोना महामारीका बेला महाधिवेशन गर्नु जनस्वास्थ्यका दृष्टिले प्रतिकुल हुने भन्दै बागमती प्रदेश सभाका सांसदसमेत रहेका नरोत्तम बैद्य रिट लिएर सर्वोच्च पुगेका हुन् । Advertisement उक्त रिट सर्वोच्चमा दर्ता भने भइसकेको छैन । कांग्रेस महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि सुरु हुँदैछ । १४ औं महाधिवेशन अन्तर्गत भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ । प्रदेश सांसदले बैद्यले कोरोनाको जोखिम कायमै रहेकाले महाधिवेशन रोक्न आफूले रिट दायर गरेको अनलाइनखबरसँग बताए । ‘कोभिडको महामारी कायमै छ । कोरोना कारण महाधिवेशन केहि समय पर सारौं, कोभिडको जोखिम कम भएपछि महाधिवेशन गर्दा सकारात्मक सन्देश जाला भन्ने मेरो भनाइ हो,’ उनले भने, ‘कांग्रेसको महाधिवे...
काठमाडौं महानगरमा आउँदो हप्तादेखि विद्यालय खोल्ने तयारी

काठमाडौं महानगरमा आउँदो हप्तादेखि विद्यालय खोल्ने तयारी

देश, शिक्षा, समाचार
१७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी हप्तादेखि विद्यालय खोल्ने तयारी गरेको छ । स्मार्ट–लकडाउन कार्यविधि अनुसार काठमाडौंको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको हो । Advertisement महानगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले शिक्षा समितिका पदाधिकारीसँग छलफल गरेर आउने हप्तादेखि खोल्ने तयारी भइरहेको बताए । ‘प्रशासन कार्यलयले स्थानीयले विद्यालय खोल्न सक्ने भनेको छ । त्यसैले शिक्षा समितिका पदाधिकारीसँग बसेर छलफल गरिरहेका छौं । आगामी हप्तादेखि खोल्ने गरी प्रयास गरिरहेका छौं ।’ जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको आदेशमा भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्ने भए स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन...
उपत्यकामा विद्यालय खोल्न प्रशासन लचिलो

उपत्यकामा विद्यालय खोल्न प्रशासन लचिलो

देश, शिक्षा, समाचार
१६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका प्रशासन कार्यालय विद्यालय खुलाउन लचिलो बनेका छन् । प्रशासनले जारी गरेको आदेशमा स्थानीय तहले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न सकिने व्यवस्था राखिएको छ । Advertisement काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ । तर विद्यालय सञ्चालन गर्नुपर्ने भए ‘स्मार्ट लकडाउन’ को प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीससीएमसी) सँग समन्वय गर्नुपर्ने छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि विद्यालय सञ्चालन गरिसकेको छ । प्रजिअ पराजुलीका अनुसार बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुने गरी अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भीडभाड ग...
गैँडाको आक्रमणबाट महिलाको मृत्यु

गैँडाको आक्रमणबाट महिलाको मृत्यु

देश, समाचार, सामाजिक
पश्चिम चितवनको जगतपुरमा गैँडाको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ की ३८ वर्षीया सम्झना दराई रहेको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ ।  Advertisement कार्यालयका अनुसार स्थानीय हरियाली सामुदायिक वनमा घाँस काट्न गएकी दराईलाई आज दिउँसो २ः३० बजे गैँडाले आक्रमण गरेको थियो ।  गैँडाको आक्रमणबाट गम्भीर घाइते दराईको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनको दिउँसो ३ः २५ बजे मृत्यु भएको हो । साभार: रातोपाटी ...
नेपालमा एक सातापछि कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल सुरु गरिँदै

नेपालमा एक सातापछि कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल सुरु गरिँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपालले चिनियाँ कम्पनी वालभ्याक्सले निर्माण गरेको एमआरएनए खोपको क्लिनिकल परीक्षण एक सातापछि सुरु गरिने भएको छ । देउराली जनता फर्मास्युटिकल्सले बिपी कोइराला इस्टलभेन्स साइन्सेज धरानबाट क्लिनिकल ट्रायल सरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए । Advertisement  गएको बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपालमा चीनको एमआरएनए खोपलाई क्लिनिकल परीक्षण गर्न अनुमति दिएको थियो । विश्व स्वास्थ्य संगठनले मान्यता नदिइकन चीनको कम्पनी वालभ्याक्सको एमआरएनए निर्माण गरेको खोप नेपालमा क्लिनिकल ट्रायलका लागि परीक्षण सुरु गर्न लागिएको हो । एमआरएनए खोपले शरीरको कोषलाई निश्चित प्रकारको जीवाणुसँग लड्न रोग प्रतिरोधात्मक क्षमता विकासका लागि सहयोग गर्ने खोप विज्ञहरुले बताउँदै आएका छन् ।  साभार: रातोपाटी ...
कर्णालीका तीन सांसदले नेकपा समाजवादी पक्षमा सनाखत गर्ने

कर्णालीका तीन सांसदले नेकपा समाजवादी पक्षमा सनाखत गर्ने

देश, राजनीति, समाचार
कर्णाली प्रदेशका तीन जना सांसद नेकपा (एकीकृत समाजवादीमा) खुलेका छन् ।   प्रदेशसभा सदस्य देवी ओली (रुकुमपश्चिम),  मुगुका चन्द्रबहादुर शाही र  जुम्लाका पदमबहादुर रोकाया नेकपा समाजवादीमा खुलेका हुन् । Advertisement उनीहरुले  बुधबार (आज) नै निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने बताएका छन्।    समग्र प्रदेशमा एमालेको विभाजन भएपछि  नेकपा एकीकृत समाजवादी कमजोर देखिएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद देवी ओली र चन्द्रबहादुर शाही केन्द्रीय समितिमा समेत रहेका छन् । प्रदेशमा एमालेको २० सदस्यीय संसदीय दलमा विवाद हुँदा नेपाल पक्षका ९ सांसद रहेका थिए ।  जसमध्ये मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत दिँदा फ्लोर क्रस गरेपछि प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा, नन्दसिंह बुढालाई कारबाही ...
नेपालले भारतलाई हराएका ती दुई अवसर

नेपालले भारतलाई हराएका ती दुई अवसर

खेलकुद, देश, समाचार
नेपाल र भारतको राष्ट्रिय टोली अहिलेसम्म १९ पटक एकअर्काविरुद्ध भिडेका छन् । र, भारत १३ पटक विजयी भएको छ । त्यसैगरी चार खेल बराबरीमा टुंगिएका छन् । नेपालले जितेको दुई पटकमात्रै हो । तर ती दुबै जित निकै शानदार छन् ।  ढाकामा मणि चम्किदा १९९३ मा दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको फाइनलमा नेपाल र भारत भिडेका थिए । यस संस्करणको साफमा अन्तिम दिनसम्म नेपालको राष्ट्रिय धुन रंगशालामा बजेको थिएन । किनकी, स्वर्ण जित्ने टोलीको मात्रै राष्ट्रिय धुन बज्ने प्रावधान थियो र नेपालले अन्तिम दिनसम्म कुनै खेलमा स्वर्ण जितेन ।  Advertisement अन्तिम दिन फुटबलतर्फको फाइनल खेल थियो । यस खेलमा  भारतले पहिलो हाफमै अग्रता बनायो । त्यसपछि उमेश प्रधानले गोल गर्दै नेपाललाई बराबरीमा फर्काए । तर, भारतका आइएम विजयले अन्त्यतिर गोल गरेपछि नेपालको खेल जित्ने आशा निराशामा परिणत भ...
आफ्नै शरीरमा आगो लगाएर महिलाद्वारा आत्महत्या

आफ्नै शरीरमा आगो लगाएर महिलाद्वारा आत्महत्या

देश, समाचार, सामाजिक, स्वास्थ्य
ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एकजना महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् । सिद्धिचरण नगरपालिका ७ टोड्केकी ४० बर्षिया मीनाकुमारी श्रेष्ठले शरीरमा आगो लगाएर आत्महत्या गरेकी हुन् । घरबाट करिब १ किलोमिटर टाढा रहेको टोड्के सामुदायीक बनपाखोमा सोमबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।   Advertisement ती महिलाले डिजेल शरीरमा खन्याएर आगो लगाएर आत्महत्या गरेको खुलेको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । महिलाले आत्महत्या गरेको स्थान छेवैमा डिजेल प्रयोग गरिएको बोटल तथा सानो झोला समेत फेला परेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए । घटनापछि प्रहरीले शवको मुचुल्का उठाई शवलाई सोमबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जना...
दिगो विकास लक्ष्य हासिल गर्न कानुन संशोधनका लागि सरकारलाई निर्देशन

दिगो विकास लक्ष्य हासिल गर्न कानुन संशोधनका लागि सरकारलाई निर्देशन

देश, राजनीति, समाचार
 दिगो विकास लक्ष्य हाँसिल गर्न छुट्टै विशेष कानुन ल्याउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । संघीय संसद राष्ट्रिय सभा अन्र्तगतको दिगो विकास विकास तथा सुशासन समितिले  विद्यमान कानुनहरूलाई दिगो विकास लक्ष्य अनुरुप संशोधन गर्न सरकारलाई सुझाव दिएको छ । Advertisement दिगो लक्ष्य कार्यान्वयन गर्न राज्यले गरेका प्रतिवद्धता पुरा गर्न बाधक बनेका कानुनको पहिचान गरी तिनको संशोधन र परिमार्जन सहित राज्यले घोषणा गरेका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको खाका वनाउन नेपाल सरकारलाई निर्देशन दिएको हो । मंगलबार सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरुले अधिकांश कानुनहरु संघीय संरचनामा लैजानका लागि पञ्चायती कानुनमा आनुसांगिक मिलाउने मात्रै भएको भन्दै विद्यमान कानुनलाई दिगो विकासको लक्ष्यबाट अध्ययन गर्नुपर्ने आवश्यकता औल्याएका हुन् । उनीहरुले दिगो विकास लक्ष्य हासिल...
फेरि विभाजनको बाटोतिर विवेकशील साझा : रवीन्द्र मिश्र विरुद्ध मिलनको काउन्टर !

फेरि विभाजनको बाटोतिर विवेकशील साझा : रवीन्द्र मिश्र विरुद्ध मिलनको काउन्टर !

देश, राजनीति, समाचार
 विवेकशील साझा पार्टीमा फेरि विवाद बढेको छ । खासगरी पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच बढेको विवादले पार्टी पुनः विभाजनको संघारमा धकेलिएको छ ।   अध्यक्ष मिश्रले केही पहिले सार्वजनिक गरेको दस्तावेज पछि दुई पक्षबीच चलेको विवादका कारण बैठक समेत अलग–अलग आह्वान गरिएको छ । Advertisement अध्यक्ष मिश्रले मंगलबार आगामी भदौ १७ गते बिहीबार साढे १२ बजे केन्द्रीय समितिको बैठक बोलाएलगत्तै संयोजक पाण्डेले पनि सोही दिन ११ बजेलाई समानान्तर बैठक बोलाएका छन् । ‘अध्यक्षले सहमतिका आधारमा बैठक बोलाउने प्रयास गर्नुभएको थियो तर सहमति नभएपछि पार्टीलाई डेडलकबाट बचाउन बिहीबारलाई बैठक बोलाउनुभएको हो’, अध्यक्ष मिश्र पक्षीय विवेकशील साझा पार्टीका सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख प्रकाशचन्द्र परियारले रातोपाटीसँग भने, ‘केन्द्रीय सदस्यहरुले बैठकको माग ग...