पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारको स्थायित्वमा असर गर्दैन : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हालै विकसित राजनीतिक घटनाक्रमले प्रदेश सरकारको स्थायित्वमा कुनै असर नपर्ने बताएका छन् । बिहीबार प्रेस संगठन नेपालका सुदूरपश्चिम प्रदेश समिति र कैलाली जिल्लाका पदाधिकारीहरूसँगको भेटमा मुख्यमन्त्री भट्टले पछिल्लो राजनीतिक घटनाक्रमसँग जोडेर सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन हुने भ्रम फैलाउने काम भइरहेको आरोप लगाए । उनले पछिल्लो राजनीतिक परिवर्तनले सुदूरपश्चिम प्रदेश सरकारलाई कुनै असर नगर्ने प्रस्ट पारे ।
नेकपा एमालेको अन्तरपार्टी संघर्षले नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई असर नपर्ने उनको भनाइ थियो । उनले विगतका कमजोरीहरूलाई सच्याउँदै प्रदेश सरकार अगाडि बढेको बताए । मुख्यमन्त्री भट्टले विकास विरोधी तत्वहरुले प्रदेश सरकारविरुद्ध विभिन्न प्रपञ्च रचेको भए पनि त्यसलाई चिर्दै आफू अगाडि बढिरहेको बताए । प्रदे...