यमनका विकट गाउँमा शल्यक्रिया गर्दै डाक्टर केसी
यमन पुगेका डाक्टर केसी।
चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसी हिजोआज मध्यपूर्वको मुलुक यमनमा छन्।
नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा केसी यमनको दुर्गम ठाउँमा स्वास्थ्य सेवा दिइरहेका छन्।
यमन अरेबियन मुलुकहरूको सबैभन्दा गरिब देश हो। त्यहाँ वर्षौंदेखि गृहयुद्ध छ।
विगत डेढ महिनादेखि यमनका विकट ठाउँमा रहेर अर्थोपेडिक सेवामा रहेको डाक्टर केसीले बताएका छन्।
आफूले दुई वर्षदेखि यमन जाने योजना बनाइरहेको उनले उल्लेख गरेका छन्।
‘यहाँ इतिहासको सबैभन्दा नराम्रो संकट देखा परेको छ, यहाँको दुर्गम भेगमा म स्वेच्छिक रूपमा अर्थोपेडिक सेवा दिइरहेको छ,’ केसीले आफ्ना सहयोगी डा. जीवन क्षत्रीलाई इमेलमा लेखेका छन्।
नेपालमा कोभिड संक्रमणको दोस्रो लहरले महामारीको रूप लिएको थाहा पाउँदा आफू निकै दु:खी भएको केसीले इमेलमा लेखेका छन्।
‘यो सुनेपछि म नेपाल फर...