भगवान रामका फरक-फरक रामकहानी
पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले अयोध्या नेपालमा पर्छ र भगवान राम नेपालका हुन् भन्दै आएका छन्। योसँगै नेपाल-भारतका हिन्दुमाझ अयोध्या र रामबारे चर्चा बढेको छ।
तर रामका कथा नेपाल-भारत र हिन्दु धर्ममा मात्र सीमित छैन। थाइल्यान्ड, कम्बोडिया, इन्डोनेसिया लगायत दक्षिण पूर्वी एसियामा पनि रामकथा निकै लोकप्रिय छन्। कथाको केन्द्रमा राम मुख्य पात्र भए पनि देश, संस्कृति र समय अनुसार रामकथामा पनि केही भिन्नता र विविधता छन्।
नेपाल-भारतका हिन्दुमाझ तुलसीदासकृत रामायण लोकप्रिय छ। जैनधर्ममा विमलासूरी लिखित रामकथा (जसलाई पद्मचरिता या पद्मपुराण पनि भनिन्छ) लोकप्रिय छ भने बौद्धमा 'दशरथ-जातक'का नाममा।
समग्रमा तीनवटै रामकथा मिल्दाजुल्दा छन्। त्यसमा पनि जैन र हिन्दु रामकथा बढी नै मिल्छन्। बौद्ध रामकथा भने अलिक फरक छ।
हिन्दुहरूले रामलाई भगवान विष्णुका अवतार मान्छन्। रा...