
स्पेनिस कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह
बार्सिलोना। स्पेनका लागि नेपाली राजदूत डा शर्मिला पराजुली ढकालले स्पेनिस कम्पनीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छिन्।
नेपालमा खास गरी जलविद्युत तथा हरित हाइड्रोजन जस्ता पुन: नवीकरणीय ऊर्जामा लगानी गर्न राजदूत पराजुलीले आग्रह गरेकी हुन्।
स्पेनका व्यापार संगठनहरुको स्पेनिस महासंघकी (CEO) अध्यक्ष मार्ता ब्ल्यांकोसँग बुधबार राजधानी म्याड्रिडमा भेटघाट गर्दै राजदूत पराजुलीले नेपालमा लगानी गर्न जोड दिइन् । उक्त अवसरमा अध्यक्ष ब्ल्यांकोले स्पेनी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने प्रतिवद्धता व्यक्त गरिन्। सो अवसरमा नेपालमा मल तथा कृषि जन्य उत्पादनहरुको सम्बन्धमा आपसी सहयोगका सम्भावनाहरु बारे पनि छलफल भएको थियो।
सन् १९७७ मा स्थापना भएको उक्त महासंघमा स्पेनका सबै क्षेत्रका गरी २० लाख कम्पनीहरू र ४५ सय भन्दा बढी तल्लोतहका संघहरू जोडिएका छन्। महासंघले स्पेनी य...