२०८१ चैत्र १९

आर्थिक

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच?

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच?

अर्थतन्त्र, आर्थिक, देश
नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।  बुधबार तोलामा एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।  बुधबार छापावाल सुन प्रतितोला एक लाख एक हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। ...
के व्यवसायीले भनेजस्तो आर्थिक गतिविधिमा मन्दी आइसकेको हो?

के व्यवसायीले भनेजस्तो आर्थिक गतिविधिमा मन्दी आइसकेको हो?

अर्थतन्त्र, आर्थिक
उद्योगी व्यवसायीहरूले आर्थिक गतिविधि सुस्ताएको र मन्दी छाएको बताइरहँदा राष्ट्र बैंक यो कुरा पत्याइरहेको छैन। केही समयअघि व्यवसायीहरूले भनेजसरी आर्थिक गतिविधिमा सुस्ति आए-नआएको भन्ने विषयमा अध्ययन भइरहेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका थिए। राष्ट्र बैंकले आन्तरिक भनेको यो अध्ययनको निश्कर्षमा आर्थिक गतिविधिमा सुस्तता नआएको दाबी छ। 'अहिले हाम्रो अध्ययनले मानिसहरूले एकअर्कासँग गर्ने कारोबारमा वृद्धि भइरहेको देखिएको छ,' राष्ट्र बैंकका भुक्तानी विभाग प्रमुख तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले भने, 'त्यसैले आर्थिक गतिविधिमा खासै मन्दी आइनसकेको हाम्रो विश्लेषण छ।' २०७६ साल मंसिरबाट राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट कार्यान्वयनमा ल्याएको हो। राष्ट्र बैंकले अहिलेको अध्ययनमा यही तथ्यांकलाई हेरेको बताएको छ। वास्तविक समयमै भएको कारोबारको फर्छ्य...

समानुपातिकमा केही पार्टीको मत वृद्धि अस्वाभाविक : केपी ओली

आर्थिक
एमाले अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको समानुपातिकको मतवृद्धि अस्वाभाविक भएको बताएका छन् । एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य भएको हुनसक्ने ओलीको आशंका छ ।  ‘समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ।’ ओलीले  जिल्ला जिल्लामा मतगणनामा रहेका कार्यकर्तालाई चनाखो बन्न आग्रह गरेक छन् । ‘साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु’, ओलीले भनेका छन् । ओली...
कलंकीमा बससेवाको अत्याधुनिक प्यासेन्जर लाउञ्ज सञ्चालनमा

कलंकीमा बससेवाको अत्याधुनिक प्यासेन्जर लाउञ्ज सञ्चालनमा

अर्थतन्त्र, आर्थिक
नेपालमा अनलाइनमार्फत बस टिकटिङ सेवा प्रदान गर्दै आएको बस सेवा डटकमले कलंकी स्थित् ढुंगे अड्डामा अत्याधुनिक किसिमको प्यासेन्जर लाउञ्ज (यात्रु प्रतिक्षालय) सञ्चालनमा ल्याएको छ। हवाइ यात्रुलाई प्यासेञ्जर लाउञ्जको सुविधा भएपनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु लक्षित नेपालमै पहिलो पटक यस किसिमको लाउञ्ज निर्माण गरिएको हो। यात्रुहरुलाई आफू जाने बस कुर्न कुनै किसिमको झञ्झट नहोस् भन्ने उद्देश्यले बस सेवाले लाउञ्ज सञ्चालनमा ल्याएको बताइएको छ। उक्त लाउञ्जको शुक्रबार चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गरेका हुन्। कम्पनीका अनुसार लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, निःशुल्क खानेपानी र चिया तथा कफी खाने व्यवस्था मिलाइएकोे छ।  उक्त लाउञ्जको बससेवाबाट टिकट काटेका यात्रु मात्रै नभएर अन्य सबै यात्रुले समेत प्रयोग गर्न सक्नेछन्।  लाउञ...
तीन महिनामा ७०५ वटा विद्युतीय गाडी आयात

तीन महिनामा ७०५ वटा विद्युतीय गाडी आयात

अर्थतन्त्र, आर्थिक
१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन-असोज)मा ७०५ वटा विद्युतीय सवारी आयात भएको छ । भदौसम्म यस्तो संख्या ४१४ थियो । सरकारले विदेशी विनमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु आर्थिक वर्ष २०७९/८० मा विद्युतीय चार पांग्रे सवारीको आयात उच्च दरमा बढेको छ । सरकारले यो वर्ष महँगा मूल्यका विद्युतीय सवारीको भन्सार दर बढाएको छ । तर, पेट्रोल सवारीको आयात रोकिएका बेला विद्युतीय सवारीको आयात भने करिब तीन गुणाले बढेको छ । तीन महिनामा २ अर्ब ५० लाख रुपैयाँ मूल्यको इलेक्टि्रक गाडी आयात भएको छ । यस्तो आयातबाट सरकारले ६२ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । तीन महिनामा १ अर्ब ९१ करोड मूल्य बराबरको १०० किलोवाटसम्मका ६८६ वटा विद्युतीय सवारी नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । त्यसैगरी १०० देखि २०० किलोवाटसम्मका ...
जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन

जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन

अर्थतन्त्र, आर्थिक, नेपाली ब्रान्ड
नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले घटस्थापनाको दिन थप ३ शोरुमको उद्घाटन गरेको छ ।  लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्रकुमार अधिकारीको प्रमुख अतिथ्यमा परासीको बर्दाघाटमा फुटप्रिन्ट अटो हब प्रा.ली, बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख अतिथ्यमा काठमाडौंको कपनमा यु आर मोटर्स एन्टरप्राइज प्रा.ली, र उद्योग बाणिज्य संघ घोराहीका अध्यक्ष टंक बुढाथोकीको प्रमुख अतिथ्यमा दाङ्गको घोराहीमा नेबेल  ट्रेडिङ्ग गरि ३ शोरुम एकै दिन उद्घाटन गरिएको हो ।  जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।   ...
भारत: केरलामा ४० करोड रुपैयाँको चिट्ठा जितेका व्यक्ति सहयोग माग्नेहरूबाट ‘दिक्क’

भारत: केरलामा ४० करोड रुपैयाँको चिट्ठा जितेका व्यक्ति सहयोग माग्नेहरूबाट ‘दिक्क’

आर्थिक
एक जना भारतीय चिट्ठा विजेताले आफूलाई अभूतपूर्व रूपमा आर्थिक सहयोगको अनुरोध आएकाले चिट्ठा जितेकोमा पश्चात्ताप भइरहेको बताएका छन्। दक्षिण राज्य केरलाका अटो चालक अनुपले २५ करोड भारु अर्थात् नेपाली करिब ४० करोड रुपैयाँको चिट्ठा सेप्टेम्बरको सुरुमा जितेका थिए। तर त्यसको एक हप्तापछि उनले एउटा भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो परिवार र आफूलाई दुख नदिन नचिनेका मानिसहरूलाई अनुरोध गरे। "मैले नजितेको भए हुन्थ्यो," उनले भने, "बरु तृतीय पुरस्कार शायद राम्रो हुन्थ्यो।" अनुपले उक्त भिडिओमा व्यापक रूपमा सर्वसाधारणको ध्यान आफूमा परिरहेकाले त्यसबाट जोगिन बसाइँ सर्ने योजना बनाएको बताएका छन्। उक्त चिट्ठा जितेपछि उनी राष्ट्रिय खबरहरूमा छाएका थिए। त्यो राज्यको इतिहासमा सबैभन्दा ठूलो धनराशिको चिट्ठा थियो। अनुप के भन्छन्? उनले १७ सेप्टेम्बरमा टिकट खरिद गरेका थिए। त...
अमेरिकी डलर कसरी यति शक्तिशाली बन्यो, यसको प्रभाव कहाँकहाँ पर्छ

अमेरिकी डलर कसरी यति शक्तिशाली बन्यो, यसको प्रभाव कहाँकहाँ पर्छ

अर्थतन्त्र, आर्थिक
विश्वका प्रमुख मुद्राहरूसँग तुलना गर्दा अमेरिकी डलर दुई दशकयताकै शक्तिशाली स्थानमा पुगेको छ। यसको अर्थ डलर खरिद गर्नु अझ महँगो बनेको छ र डलर दिँदा पहिलाको भन्दा बढी पाउन्ड, युरो र येन आउने भएको छ। यसले विश्वभरिको व्यापार र आन्तरिक कारोबारलाई असर पार्नेछ। डलर कति बलियो बनेको छ? अमेरिकी डलरको सामर्थ्य युरो, पाउन्ड र येनसहित छ प्रमुख मुद्रासँग तुलना गर्ने द डलर इन्डेक्स (डीएक्सवाई) सन् २०२२ मा १५ प्रतिशतले बढेको छ। एक दिनारको मूल्य रु ४०० भन्दा बढी, डलर र पाउन्डभन्दा किन महँगोनेपालको विदेशी मुद्रा आर्जनका प्रमुख स्रोत के के हुन्? यो मापनका आधारमा डलर २० वर्षयताकै उच्च बिन्दुमा छ। डलर किन यति बलियो भएको हो? अमेरिकी केन्द्रीय ब्याङ्कले यो वर्ष बढ्दो मूल्यवृद्धिसँग जुध्न पटकपटक ब्याजदर वृद्धि गरिरहेको छ। त्यसले कर्जा लिन झन् महँगो पारेको छ। यस...
यसकारण नेपालको भविष्य हो ‘ग्रिन हाइड्रोजन’

यसकारण नेपालको भविष्य हो ‘ग्रिन हाइड्रोजन’

अर्थतन्त्र, आर्थिक, विचार, विचार
अहिले विश्वभर नै ‘ग्रिन (हरित) हाइड्रोजन’ को चर्चा छ । यो हाइड्रोजन मात्रै हैन, वातावरणलाई असर नपार्ने हरित ऊर्जाको प्रयोग गरेर उत्पादन हुने ‘ग्रिन हाइड्रोजन’ हो । सोलार र जलविद्युतबाट निकालिएको विद्युत् प्रयोग गरेर उत्पादन गरिने हाइड्रोजन सबै हिसावले फलदायी र महत्वपूर्ण हुन्छ । पानीबाट हाइड्रोजन निकाल्न बिजुली चाहिन्छ । हाइड्रोजन र अक्सिजन मिलेर पानी बनेको हुन्छ । हाइड्रोजन निकाल्न पानीलाई ‘ब्रेक डाउन’ गर्नुपर्छ । इलेक्ट्रोलाइसिस विधिबाट पानी (एचटूओ) हाइड्रोजन र अक्सिजनलाई छुट्याउने गरिन्छ । यसपछि यी दुवै अलग–अलग निस्कन्छन् । यसरी निकालिएको हाइड्रोजन विभिन्न ठाउँमा प्रयोग हुन्छ । हाइड्रोजनबाटै चल्ने विभिन्न ठूला–ठूला गाडी पनि बन्न थालेका छन् । पानी जहाजमा पनि हाइड्रोजन प्रयोग हुन थालेको छ । भारी सवारी साधन पनि यसबाटै चलाउन थालिएको छ । रेल र विमानहरुमा पनि यसको प्र...
बैंकिङ्ग क्षेत्रमा बढेका पाइला  : Veteran Banker, Financial Expert & Writer Sudarshan Adhikari

बैंकिङ्ग क्षेत्रमा बढेका पाइला : Veteran Banker, Financial Expert & Writer Sudarshan Adhikari

SYM Poetry Competition 2077, आर्थिक, विचार, विचार
पचास वर्ष अघि बीस वर्ष उमेर नपुग्दै आजको दिन ( २०२९ असोज ५ गते ) देशको केन्द्रीय बैंक " नेपाल राष्ट्र बैंक " को सेवामा खुला प्रतिस्पर्धाको माध्यमबाट जोडिएको थिए । शिक्षाको महत्त्व : बिरगंज स्थित ठाकुर राम कलेजमा आइ एस्सि पढ्दा पढ्दै जागिर त शुरु गरे तर पढाइलाई निरन्तरता नदिएको कारण बढुवामा निकै पछाडी परेको थिएँ । पछि प्राइभेट परिक्षार्थिको रूपमा प्रमाणपत्र तह र स्नातक गरि १४ वर्ष पछि मात्र प्रधान सहायक पदमा बढुवा हुन सकेको थिएँ । काममा दिनुपर्ने ध्यान : त्यस भन्दा अघि जागीर खाएको एक वर्ष नगुग्दै भारु सटही काउन्टरमा काम गर्दा आफ्नै असावधानीवश करिब रु ६ हजार जति नगद कम भै सोधभर्ना तिर्नु पर्दा केही आर्थिक संकट परेको तितो अनुभव व्यहोर्नुपरेको थियो । वृत्ति विकासको खोजी: जिल्ला स्थित शाखा कार्यालयमा काम गर्दा अपेक्षित वृती विकास नहुने देखेर २०४५ साल तिर केन...