
फेसबुकको विज्ञापन बिक्रीमा पहिलोपटक गिरावट
१२ साउन, काठमाडौं । फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप लगायतका सोसल मिडिया प्लाटफर्मको स्वामित्ववाला मातृ कम्पनी मेटाले इतिहासमै पहिलोपटक विज्ञापनबाट हुने आम्दानीमा गिरावट बेहोरेको छ ।
सन् २०२२ को मे देखि जुलाई सम्मको त्रैमासिक अवधिमा मेटाको विज्ञापन बिक्रिबाट हुने आम्दानीमा गतवर्षको सोही अवधिको तुलनामा गिरावट आएको हो । मेटाको विज्ञापन बिक्रिमा भएको गिरावट इतिहासमै पहिलोपटक भएको बताइएको छ ।
यो त्रैमासिक अवधिमा मेटाको कूल आम्दानीमा १ प्रतिशत गिरावट आएर २८ अर्ब ८० करोड डलर कायम भएको छ ।
जुन महिनामा औषतमा हरेक दिन १ अर्ब ९७ करोड मानिसले फेसबुक लगइन गरेका छन् । मार्च महिनामा यो संख्या १ अर्ब ९६ करोड थियो ।
त्यस्तै मेटा कम्पनीका कुनै एउटा एप प्रयोग गर्ने दैनिक प्रयोगकर्ताको संख्या जुन महिनामा २ अर्ब ८८ करोड पुगेको रिपोर्टमा उल्लेख छ । मार्च महिनामा यो संख्या २ अर्...