
प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्कार
रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गर्नुभयो । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उहाँ जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आउनुभएको हो ।
आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान शिक्षकको रुपमा नियुक्त गर्नुभएको थियो । जिल्ला सदरमुकाम बेनीदेखि पैदल हिँडेर दुई दिनमा विद्यालय पुग्नुभएका आलमले सुरुआतका दिनमा अग्ला पहाड र दुर्गम बस्तीको बसाईलाई बिट मार्ने सोच बनाउनुभयो । तर विद्यालयमा अध्यापन गर्दै जाँदा उहाँले तीन दशक एउटै विद्यालयमा बिताउनुभयो ।
आलमले पढाउन थाल्नुभएपछि २०५१ सालदेखि कक्षा ९ को पठनपाठन सुरु गरेर उक्त विद्यालयलाई माविमा स्तरवृद्धि गरिएको थियो । विसं २०५७ देखि विद्यालयमा उहाँले प्र...