जग्गाको लागतबाहेक ९० करोड लगानीमा यस्तो बन्दैछ ‘आभाष कोलोनी’
सिडी इन्नोभेटिभ डिजाइन एन्ड कन्स्ट्रक्सनले काठमाडौं, टोखा–२ पञ्चेटारमा कोलोनी बनाउने भएको छ।
करिब ४५ रोपनी क्षेत्रफलमा फैलिने 'आभाष' कोलोनीमा ८० देखि ९० वटा घरहरू बन्ने छन्। कोलोनी निर्माणमा जमिनबाहेक ९० करोड रूपैयाँ लगानी लाग्ने अनुमान कम्पनीको छ।
कम्पनीले अहिले जग्गा सम्याउने काम सकिसकेको छ। पुस दोस्रो सातादेखि निर्माण सुरू गरिने कम्पनीका अध्यक्ष दीपक कुँवरले जानकारी दिए।
कुँवरका अनुसार साढे दुईदेखि तीन वर्षमा कोलोनी निर्माण सम्पन्न हुनेछ। कोलोनीमा बन्ने एउटा घरको मूल्य तीन करोड ५० लाख रूपैयाँ तोकिएको छ।
सुरूआती चरणमा बुकिङ गर्ने बीस जना ग्राहकले यो मूल्यमा ५० लाख रूपैयाँ छुट पाउने कुँवरले जानकारी दिए। तर ती ग्राहकले आठ महिनाभित्र पूरा पैसा तिरिसक्नु पर्नेछ।
'छुट दिँदा हामीलाई खासै फाइदा छैन। अहिले बैंकले घरजग्गा कर्जामा कडाइ गरेको हुँदा निर्माणमा सहज ...