२०८१ पुष २६

राजनीति

यी हुन् प्रतिनिधिसभाका १० समिति सभापतिका लागि ११ उमेदवार

यी हुन् प्रतिनिधिसभाका १० समिति सभापतिका लागि ११ उमेदवार

राजनीति
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत विषयगत समिति सभापतिका लागि उमेदवारी दर्ता कार्य सम्पन्न भएको छ । संसद् सचिवालयले दिएको जानकारीअनुसार १० विषयगत समितिमा ११ जनाले उमेदवारी दर्ता गराएका छन् । उद्योग वाणिज्य तथा श्रम उपभोक्ता हित समितिमा दुईजनाबाहेक अन्य सबै समितिमा एकजनाको मात्र उमेदवारी परेको छ । यो समितिमा गठबन्धनका तर्फबाट जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले फरक फरक उमेदवारी दर्ता गराएका छन् । यीबाहेक अन्य समितिमा भने दलहरुको एकल उमेदवारी परेको छ । उद्योग समिति सभापतिमा जनमत पार्टीबाट अब्दुल खानको उमेदवारी परेको छ । यस्तै, समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुलीले उमेदवारी दर्ता गराएका छन् । स्वास्थ तथा शिक्षा समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीले उमेदवारी दर्ता गराएको छ । पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहाद...
माओवादीको आईसीटी फोरम गठन

माओवादीको आईसीटी फोरम गठन

राजनीति
काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले आईसीटी फोरम गठन गरेको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा रिमोट थिचेर आईसीटी फोरमको विधान खोलेर उद्घाटन गरेका हुन् । उनले पछिल्लो समय त्याग, सर्मपणभन्दा पनि हल्लाकै भरमा संगठन बनाउने टे«न्ड देखिएको भन्दौ त्यसलाई ‘क्रस’ गर्न आईसीटी फोरमको आवश्यकता परेको बताए । सकारात्मक काममार्फत पार्टीलाई जनतामा स्थापित गरिने उनको भनाइ छ । “अहिलेको युग सूचना–प्रविधिको युगको रूपमा स्थापित भएको छ । यसको महत्त्व कति छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । विज्ञान र प्रविधिको महत्त्व बुझेर त्यसलाई महत्त्व दिएका राजनीतिक दल सफल हुने र नदिए असफल हुने देखिएको छ । त्यसैले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयानुसार आईसीटी फोरमको गठन गर्ने निर्णय गरिएको छ,...
कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादी केन्द्रकी सुवेदीको उमेदवारी

कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादी केन्द्रकी सुवेदीको उमेदवारी

राजनीति
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत रहेको कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)ले उमेदवारी दर्ता गराएको छ । पार्टीको तर्फबाट बिमला सुवेदीले सभापतिको उमेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा पार्टी सांसद तथा समिति सदस्य पूर्णबहादुर घर्ती तथा समर्थकहरुमा नेपाली कांग्रेसका रमेश लेखक, नेकपा (एमाले)का महेश बर्तौला र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहेका छन् । ...
अधिकार माग्दा सामाजिक सद्भाव बिग्रियो नभनौँ : सांसद सुनार

अधिकार माग्दा सामाजिक सद्भाव बिग्रियो नभनौँ : सांसद सुनार

राजनीति
काठमाडौं । राष्ट्रियसभा सांसद भुवनबहादुर सुनारले अधिकारको खोजी गर्दा सामाजिक सद्भाव बिग्रियो भन्न नमिल्ने बताएका छन् । आइतबार राष्ट्रियसभा बैठकमा उनले अधिकारको माग गर्नेलाई सामाजिक सद्भाव बिगार्ने काम गरेको भनेर गलत अर्थ लगाउन नहुनेमा जोड दिए । सबै जाति र समुदाय मिलेर देश बनाउनुपर्ने भन्दै उनले जातीय विभेद खडा गर्न नहुने बताए । “अधिकार चाहियो भन्दा सामाजिक सद्भाव बिग्रियो भनेर गलत अर्थ लगाउने प्रयास भइरहेको छ । त्यसो नभई हामीले यसमा गल्ती गरेका रहेछौँ भनेर करेक्सन गर्न लाग्नुपर्ने हो,” उनले भने, “हामी सबै एक भएर देश बनाउनुपर्छ । देश विकसित बनाउनुपर्छ भन्ने भावना हामीमा पैदा होस् भन्ने कामना गर्दछु । अहिलेको समयमा पनि साना र ठूलो भनेर भेदभाव गर्नु हुन्न ।” सांसद सुनारले निजामती सेवामा जनसंख्याका आधारमा उत्पीडित समुदायको प्रतिनिधित्व हुनुपर्ने दोहोर्‍याए । ...
कांग्रेसको रूपान्तरण अभियान टोलीले गराए चार विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

कांग्रेसको रूपान्तरण अभियान टोलीले गराए चार विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको रूपान्तरण अभियान टोलीले बालुवाटारमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटघाट गरेको छ । ललितानिवास प्रकरण, कोसीमा गठबन्धनले विश्वासको मत लिँदा संविधान मिचेको, भुटानी शरणार्थी प्रकरण र सुन प्रकरणमा संलग्नहरूलाई कारबाहीको माग गर्दै अभियानले प्रधानमन्त्रीलाई भेटेको हो । अभियान्ता तथा केन्द्रीय सदस्य मधु आचार्यका अनुसार भेटमा सरकार बनाउँदा गठबन्धन भए पनि अपराधी छुटाउने विषयमा गठबन्धन नगर्न आग्रह गरिएको जानकारी दिए । बिहान साढे ७ बजे बालुवाटार पुगेर आफूहरूले चार विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए । “सरकार बनाउन गठबन्धन गरेपनि अपराधी छुटाउन गठबन्धन नगर्नुहोला । महरा बाउछोराको नाम मुछिएपछि सुन छानबिनमा असर गर्छ कि भन्ने जनमानसमा छ भनेर हामीले भन्यौं,” उनले भने, “प्रधानमन्त्रीले हामीलाई आश्वासन दिनुभएको छ । हामीले ...
रास्वपाले गणेश पराजुलीलाई उद्योग समिति सभापतिको उमेदवार बनाउने

रास्वपाले गणेश पराजुलीलाई उद्योग समिति सभापतिको उमेदवार बनाउने

राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि उमेदवारी दिने भएको छ । प्रतिनिधिसभाअन्तर्गतको सो समिति सभापतिका लागि सांसद गणेश पराजुलीलाई उमेदवार बनाइने सचेतक निशा डाँगीले जानकारी दिइन् । पराजुली काठमाडौं क्षेत्र नम्बर–७ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । ...
संसदीय समितिमा यी हुन् कांग्रेसका प्रस्तावित सभापति : आरजुलाई कृषि 

संसदीय समितिमा यी हुन् कांग्रेसका प्रस्तावित सभापति : आरजुलाई कृषि 

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले आफूले पाएका चार संसदीय समितिका सभापतिको प्रस्तावित नाम तयार पारेको छ । सभापति शेरबहादुर देउवापत्नी समेत रहेकी सांसद आरजु राणालाई कृषि, सहकारी तथा प्राकृतिको स्रोत समिति, केन्द्रीय सदस्य एवं सांसद रामहरि खतिवडालाई राज्य व्यवस्था तथा सुशासन समिति, सहमहामन्त्री समेत रहेका सांसद जीवन परियारलाई संसदीय सुनुवाइ समिति र सांसद सन्तोष चालिसेलाई अर्थ समितिको सभापति बनाउने प्रस्ताव गरिएको छ । “अझै प्रस्तावित नाममा छलफल जारी रहेकाले टुंगो लागिसकेको छैन,” एक नेताले भने । ...
जसपाले राजकिशोर यादवलाई उमेदवार बनाउने

जसपाले राजकिशोर यादवलाई उमेदवार बनाउने

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय समितिको सभापतिको उमेदवार टुंगो लगाएको छ । सत्ता गठबन्धनको भागबण्डामा जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति पाएको थियो । जसपाका प्रमुख सचेतक प्रदीप यादवका अनुसार राजकिशोर यादवलाई उमेदवार बनाइनेछ । प्रतिनिधिसभाको समिति सभापतिको उमेदवारी मनोनयन आज हुँदै छ । ...
संसदीय समितिमा यी हुन कांग्रेसका प्रस्तावित सभापति : आरजुलाई कृषि, रामहरिलाई राज्य व्यवस्था

संसदीय समितिमा यी हुन कांग्रेसका प्रस्तावित सभापति : आरजुलाई कृषि, रामहरिलाई राज्य व्यवस्था

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले आफूले पाएका चार समितिका सभापतिको प्रस्तावित नाम तयार पारेको छ । सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी सांसद आरजु राणालाई कृषि, सहकारी तथा प्राकृतिको स्रोत समिति, केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडालाई राज्य व्यवस्था तथा सुशासन समिति, सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियारलाई संसदीय सुनुवाइ समिति र काठमाडौं–३ बाट निर्वाचित सांसद सन्तोष चालिसेलाई अर्थ समितिको सभापति बनाउने प्रस्ताव कांग्रेसमा छ । “अझै प्रस्तावित नाममा छलफल जारी रहेकाले टुंगो लागिसकेको छैन,” एक नेताले भने । ...
एकीकृत समाजवादीले भानुभक्तलाई समिति सभापति बनाउने

एकीकृत समाजवादीले भानुभक्तलाई समिति सभापति बनाउने

राजनीति
काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले समिति सभापतिको उमेदवार टुंगो लगाएको छ । गठबन्धन भागबण्डामा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति पाएको एकीकृत समाजवादीले समितिको उमेदवार टुंगो लगाएको हो । प्रमुख सचेतक मेटमणि चौधरीका अनुसार भानुभक्त जोशीलाई उमेदवार बनाइनेछ । जोशी गत मंसिर ४ को निर्वाचनमा बझाङबाट निर्वाचित भएका थिए । ...