२०८१ पुष ७

राजनीति

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : मन्त्रिपरिषद् पुनर्गठन हुन्न, ढुक्कले काम गर्नुस्

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : मन्त्रिपरिषद् पुनर्गठन हुन्न, ढुक्कले काम गर्नुस्

देश, राजनीति, समाचार
Credit: OnlineKhabar १९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने संकेत गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको बताए । ‘हल्लाको पछि नलाग्नुस्, पुनगर्ठन हुँदैन’ उनले मन्त्रीहरुलाई भनेका छन्, ‘ढक्कसँग आफ्नो जिम्मावारी पूरा गर्न लाग्नुस् ।’ Advertisement प्रधानमन्त्री ओलीले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गरेपनि सिंगो मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत गरेको बालुवाटार स्रोतले जनाएको छ । सत्तारुढ नेकपाको विवाद समाधानबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाएको छ । त्यसलगतै नेकपामा मन्त्रिपरिषद् पुनर्गठनको बहस चर्किएको छ । ...
स्थायी कमिटीको बैठकअघि नै मन्त्री हेरफेर गर्ने तयारी

स्थायी कमिटीको बैठकअघि नै मन्त्री हेरफेर गर्ने तयारी

देश, राजनीति, समाचार
Credit: OnlineKhabar १९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साताभित्रै आफ्नो क्याबिनेटका मन्त्रीहरु हेरफेर गर्ने भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदलले सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रीहरु हेरफेर गर्न सकिने बाटो खोलिदिएको छ । दुई अध्यक्ष केपी ओली र प्रचण्डले अन्य नेतासँगको पनि परामर्शमा स्थायी कमिटीको बैठक अगाडि नै मन्त्रिपरिषद पुनर्गठन गर्न सक्ने एक सचिवालय सदस्यले अनलाइनखबरलाई बताए । ती नेताका अनुसार आउँदो साताभित्रै प्रधानमन्त्री ओलीले मन्त्रीहरु फेरबदल गर्ने छन् । स्थायी कमिटीको बैठक कोरोनाका कारण त्यो भन्दा पछि बस्न सक्छ । नेकपा कार्यदलले असोजको अन्तिममा केन्द्रीय कमिटीको बैठक बोलाएर महाधिवेशनको तयारी गर्नुपर्ने प्रस्ताव गरेको छ । बहालवालालाई नहटाई तीनभन्दा बढी मन्त्री थप्न नसकिने विहीबार साँझ बालुवाटारमा बसे...
समयमै मल आपूर्ति नगर्ने कम्पनीलाई कारवाहीको तयारी

समयमै मल आपूर्ति नगर्ने कम्पनीलाई कारवाहीको तयारी

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । रासायनिक मलको हाहाकार गराउने दुई ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीलाई सरकारले कारवाही गर्ने भएको छ । ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपल कम्पनीले आयातको जिम्मेवारी लिएर पनि समयमै मल ल्याउन नसकेको हो । युरिया मल नपाएका कारण धान उत्पादनमा असर पर्ने चिन्ताले किसान छट्पटाइरहेका छन् । यी दुई कम्पनीले समयमा मल नल्याएका कारण मुख्य सिजनमै देशभर मलको हाहाकार भएको हो । सम्झौता अनुसार यी दुई कम्पनीले भदौ २१ गतेसम्म मल ल्याइसक्नु पर्ने हो । उक्त अवधिसम्म मल ल्याउने सम्भावनासमेत नरहेको देखिएकाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडले ती कम्पनीलाई कारवाही गर्ने तयारी थालेको छ । कृषि सामग्री कम्पनी लि. स्रोतले भन्यो, ‘भदौ २१ गतेसम्म पर्खिने हो, ...
भत्ता मात्रै होइन, सुरक्षाकर्मीको तलब पनि रोकियो

भत्ता मात्रै होइन, सुरक्षाकर्मीको तलब पनि रोकियो

राजनीति, समाचार
Credit: OnlineKhabar १८ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले सरकारद्वारा घोषित भत्ता नपाएको चर्चा चलिरहेका बेला एक महिनादेखि तलब पनि रोकिएको छ । महालेखा नियन्त्रकको कार्यालयले विकास गरेको नयाँ सफ्टवेयरमा डाटा इन्ट्री भइनसकेको कारण देखाउँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तलब रोकिएको हो । एक सुरक्षा निकायका अधिकृतका अनुसार सुरक्षाकर्मीले भदौ महिना सकिन लाग्दा अहिलेसम्म साउनको तलब पाएका छैनन् । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल र सशस्त्र प्रहरी बलका डीआईजी राजु अर्यालले तलब आउन ढिलाइ भएको स्वीकारे । पौडेल र अर्याल दुवैले डाटा इन्ट्री गर्ने व्यक्तिले तालिम लिइरहेकाले ढिलो भएको अनलाइनखबरलाई बताए । नेपाल प्रहरीका एक उच्च अधिकृतले भने तलब आउने बेलामा मात्रै डाटा इन्ट्री गर्नु नै गलत भए...
बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने भएका छन् । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने बैठकलाई जानकारी गराएका छन् ।   बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको बताए । यसअघि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने कि गौतमलाई भन्नेमा पार्टीभित्र अन्योलता देखिएको थियो ।  प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहेपनि अर्का अध्यक्ष प्रचण्डलगायतले गौतमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । गौतमले पनि अहिले प्रतिनिधिसभा सदस्य बन्न अनुकल अवस्था नरहेकाले आफू राष्ट्रियसभामा जान तयार रहेको बता...
सहमतिमा मात्र राष्ट्रियसभा जाने अर्थमन्त्री खतिवडाको सन्देश

सहमतिमा मात्र राष्ट्रियसभा जाने अर्थमन्त्री खतिवडाको सन्देश

देश, राजनीति, समाचार
Credit: CLICKMANDU काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा अबको दुईदिन भित्रमा राष्ट्रियसभाको सदस्य नभएमा उनको मन्त्री पद स्वत जाने छ । फागुन २१ गते उनले दोस्रो कार्यकालका लागि अर्थमन्त्री पदमा सपथ लिएका थिए । प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थ सहित संचार मन्त्रालयको समेत जिम्मेवारी दिएका छन् । नेकपाको सचिवालय बैठकले फागुनदेखि रिक्त भएको पदमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई लग्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले सो निर्णय आफूले नमान्ने त्यो बेला बताएका थिए । अहिलेसम्म प्रधानमन्त्रीले राष्ट्रपति समक्ष राष्ट्रियसभामा कसैको नाम सिफारिस गरेका छैनन् । बुधबार प्रधानमन्त्री ओली तथा नेकपा अध्यक्षको बीचमा प्रधानमन्त्रीले आफूलाई अर्थमन्त्रीमा खतिवडा चाहिने बताएका थिए । प्रचण्डले पार्टीले निर्णय गर्नुपर्ने जवाफ दिए ।फागुनदेखि अहि...
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, अब यी क्षेत्र खुल्ने

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, अब यी क्षेत्र खुल्ने

देश, राजनीति, समाचार
साभार: सेतोपाटी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि थप गरिएको छ। साबिकको निषेधाज्ञा निर्णयलाई निरन्तरता दिँदै सात दिन समय थपिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। उनका अनुसार निषेधाज्ञा २४ गते राति १२ बजेसम्म कायम रहन्छ। बुधबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो। प्रजिअ दाहालका अनुसार यसपालि अत्यावश्यक वस्तु तथा सेवालाई खुकुलो पारिएको छ। जसअनुसार अब खाद्यान्न, तरकारी, फलफूललगायतका पसललाई बिहान ११ बजेसम्म खोल्न दिइने छ। यसअघि बिहान ९ बजेसम्म मात्र दिइएको थियो। यस्तै, निर्माणसामग्री सम्बन्धी सबै पसललाई दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको दाहालले बताए। यस्तै, प्रशासनले निर्माण सामग्री ढुवानी गर्ने सबै साधनहरूलाई काठमाडौं प्रवेश गर्न दिने निर्णय ...
समाजसेवी थापाको पहलमा एसिड आक्रमणमा परेका रामराजाका लागि सरकारको जागिर

समाजसेवी थापाको पहलमा एसिड आक्रमणमा परेका रामराजाका लागि सरकारको जागिर

देश, राजनीति, समाचार, सामाजिक
Credit: Nagarik Khabar काठमाडौं । आफ्नै श्रीमतीको एसिड आक्रमणमा परेका रामराजा थापालाई सरकारले जागिर दिने भएको छ । एक वर्षअघि एसिड आक्रमणमा परेका थापालाई महान्यायाधिवक्ताको कार्यालयले रोजगारीको अवसर दिएको हो । समाजसेवी उज्वलविक्रम थापाको विशेष पहलमा रामराजालाई महान्यायाधिवक्ताको कार्यालयले रोजगारीको अवसर दिएको हो । कान्तिपुर टेलिभिजनको एक अन्तर्वार्ता हेरेपछि महान्यायाधिवक्ता अग्नि खरेलले समाजसेवी थापाका साथमा एसिड आक्रमणमा परेका राजाराम थापा र मुस्कान खातुनलाई आज भेटेका थिए । भेटका क्रममा एसिड आक्रमणमा परेका राजारामका लागि रोजगारी दिने महान्यायाधिवक्ता खरेलले बताएका थिए । अहिले तत्कालका लागि कार्यालय सहयोगीका रुपमा रामराजाले नियुक्ति पाउने छन् । उनी सवारी चालक भएकाले छ महिनापछि सवारी चालककै नियुक्ति पाउने महान्यायाधिवक्ता खरेलले बताएको अभियन्ता थापाले बताए । Ad...
वैदेशिक रोजगारीमा गएकाहरूको घरमा इन्टरनेट जोडिदिने श्रममन्त्रीको योजना

वैदेशिक रोजगारीमा गएकाहरूको घरमा इन्टरनेट जोडिदिने श्रममन्त्रीको योजना

राजनीति, समाचार
Credit: CLICKMANDU काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएकाहरुको घरमा इन्टरनेट जडान गरिदिने कार्ययोजना अगाडि सारेको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको घरमा इन्टरनेटको सुविधा जडान गरी श्रमिकलाई निजको परिवारसँग इन्टरनेटको माध्यमबाट निरन्तर सम्पर्क राख्नका लागि कार्ययोजना अगाडि सारेको हो । चालु आव २०७७/७८ का लागि मन्त्रालयले लिएको लक्ष्य तथा कार्यक्रमको आयोजना सार्वजनिक गर्दै मन्त्री रामेश्वरराय यादवले उक्त जानकारी दिएका हुन् । विदेशमा गएका मानिसमा विभिन्न सामाजिक समस्या देखा परेका कारण त्यसलाई न्यूनिकरणको लागि कम्तीमा पनि निरन्तर रुपमा सम्पर्क कायम होस् भन्ने उद्देश्यका साथ इन्टरनेटको सुविधा उपलब्ध गराउने मन्त्रालयका प्रवक्ता भरतमणी पाण्डेले जानकारी दिए । उनका अनुसार यसका लागि दातृ निकायहरू, स्थानीय सरकार र प्रदेश सरकारसमक...
वामदेवले भने- राष्ट्रिय सभा सांसद हुन तयार छु

वामदेवले भने- राष्ट्रिय सभा सांसद हुन तयार छु

देश, राजनीति, समाचार
साभार: सेतोपाटी नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभाका सांसद बन्न तयार रहेको निकटस्थहरूसँग बताएका छन्। पार्टीले यसअघि गरेको निर्णय कार्यान्वयन हुन्छ की हुँदैन भन्ने पर्खाइमा आफू रहेकोसमेत उनले बताएका छन्। 'उहाँले म राष्ट्रिय सभाका लागि तयार छु भन्नुभएको छ। राष्ट्रिय सभामा लाने हो भने पार्टीको निर्णयलाई सम्मान गर्न तयार छु समेत भन्नुभएको छ,' गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले सेतोपाटीसँग भने,'दलीय व्यवस्थामा प्रधानमन्त्रीको विशेष अधिकार भन्ने हुँदैन। प्रधानमन्त्री र मन्त्रीहरू दलको अधिनस्थ हुने हो। प्रधानमन्त्री दलकै नेता हुन्छ। पार्टी निर्णय कार्यान्वयन हुनपर्छ म त्यसको लागि तयार छु भनेर उहाँले भन्नुभएको छ।' Advertisement गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस...