प्रयोगशालाको लापरवाहीले कोरोना बिमा भुक्तानीमा समस्या : स्वास्थ्य मन्त्रालय
११ फागुन, काठमाडौं । सरकारले कोभिड-१९ परीक्षण गर्ने प्रयोगशालाको लापरबाहीले कोरोना बिमा गरेका संक्रमितले रकम पाउन नसकेको दावी गरेको छ ।
प्रयोगशालाहरुले कोरोना परीक्षणको नतिजा नेशनल टेस्टिङ गाइडलाइनले तोकेको ढाँचामा २४ घण्टाभित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा पठाउनुपर्नेमा नपठाएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विवरण सही ढंगले नपठाउँदा बिमा दावी प्रमाणीकरणमा समस्या भएको मन्त्रालयका सहायक प्रवक्ता डा. समीरमणि अधिकारीले बताएका छन् ।
Advertisement
कोरोना बिमा रकम दावी गर्ने व्यक्ति संक्रमित भएका हुन् कि होइनन् भनी प्रमाणीकरण गर्न बिमा समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि सम्मिलित एक टोली गठन गरिएको छ । उक्त टोलीले कोरोना बिमा दावी गरेका विमितहरुको विवरण ...