नारायणगढ मुग्लिन सडकखण्डमा भासिएको सडक मर्मत सुरु
२६ माघ, चितवन । सडक विस्तार सकिएको केही महिनामा नै विभिन्न ठाँउमा भासिएको नारायणगढ मुग्लिन सडकखण्डमा मर्मतको काम सुरु भएको छ ।
सडकखण्डको १७ किलो, २५ किलो र २६ किलोमा सडक भासिएको थियो । सबैभन्दा बढी भासिएर क्षति भएको १७ किलोमा त्रिशूली नदीको किनारबाट नै पाइलिङ प्रविधिका आधारमा उठाएर सडक मर्मत गर्न लागिएको हो ।
Advertisement
नदी किनारभन्दा केही माथि १३ मिटर गहिरो ८० सेन्टिमिटर गोलाइमा डण्डी र क्रंक्रिट हालेर भासिएको भाग मर्मत गर्न लागिएको हो । यो ठाँउमा २५ मिटर भागमा ‘पायल मेथड’का आधारमा काम हुने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।
भासिएको ठाँउको तल काम गर्न सहज होस् भनेर सडक किनारामा स्टीलको बार लगाउने काम थालिएको छ ।
यहाँ ९ मिटर फराकिलो सडकको आधाभन्दा बढी भाग भासिएको थियो । भित्ता काटेर सवारी सञ्चालन भैरहेको छ ।
भासिएको स्थानमा ८२...