सहिदको शालिक बाट जनआन्दोलनको माग
१७ माघ, पोखरा । २०६२/०६३ को जनआन्दोलनको रापताप बढ्दै थियो । २६ चैतको बिहान पोखरा पृथ्वीनारायण क्याम्पस बगरदेखि राजनीतिक दल र विद्यार्थीको र्याली महेन्द्रपुलतिर आउँदै थियो । महेन्द्रपुल आइपुग्दा आन्दोलनमा ठूलो संख्या मिसिइसकेको थियो ।महेन्द्रपुल चोकमै नेपाल टेलिकमको छतमा नेपाली सेना बसिरहेको थियो । सेनाले आन्दोलनलाई अगाडि बढ्न नदिएपछि आक्रोशित भीडबाट टेलिकमतिर ढुंगा हान्यो । सेनाले गोली चलायो । काभ्रे, उग्रचण्डीका भीमसेन दाहाल भुइँमा भुक्लुक्क ढले ।Advertisementदाहाल दोस्रो जनआन्दोलनमा ज्यान गुमाउने पहिलो सहिद बने । महेन्द्रपुल चोकनेर उनै दाहालको शालिक बनाइएको छ ।शनिबार दोस्रो जनआन्दोलनका प्रथम सहिद तिनै भीमसेनको शालिकअघि उभिएर कवि, लेखक तथा नागरिकले तेस्रो जनआन्दोलनको आहृवान गरेका छन् ।प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओ...